Daily Archives: 07/02/2010

लक्की गुरुङ्गको भात खुलाईं भव्यताका साथ सम्पन्न

जय आले (कुवेत)

आमा पबित्रा गुरुङ्ग र बाबु खोप गुरुङ्गको तेस्रो सन्तानको रुपमा जन्मेका सुन्दर नावालक लक्की गुरुङ्गको भात खुलाईं “अन्न पास्नी” अर्थात अङ्ग्रेजिमा राईस फिडिङ्ग कार्यक्रम भव्यताका साथ ०६ फेब्रुअरीको दिन, कुवेतको फाहाहिलस्थित रोयाल मुघ्लाई ईण्डियन रेष्टुरेन्टमा सम्पन्न भएको छ । दिनको ३ बजे देखी शुरु भई रातको १० बजे सम्म चलेको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका कुवेतवासी नेपालीहरु देखी लिएर NRNA कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, तमू समाज कुवेतका पदाधिकारीहरु र पत्रकारहरुको समेत व्यापक उपस्थिती रहेको थियो । Continue reading

देशदेखी बिदेशसम्म नेपालीको पिडा “छोटो टिप्पणी”

नबराज पन्थी (कुवेत)        

देशको राजनैतिक परिस्थिती, त्यही राजनीति गर्ने नेता भनाउँदाहरुले सिकाएको फोहोरी खेल ! त्यसैबाट फैलिएको बढ्दो हत्याहिंसा जस्ले जे गरे पनि हुने सँस्कृतिको बिकासले नेपाली जनतालाई आफ्नो कुटो कोदलो गरेर आफ्नै झुपडिमा परिवारको साथ रमाउन समेत छैन । गलत कुराको खण्डन र  सहि कुराको तारिफ गर्नु पनि पाईंदैन केहि बोल्यो कि त कुटिनु पो पर्ने होकी, मर्नु पर्ने पो होकी भन्ने डरै डर र त्रासले सहि र सत्य कुरामा पनि बोल्नलाई पछि हट्नु परेको छ ।

बिहान घरबाट हिंडेको मान्छे बेलुका घर फर्किने होकी होईन परिवारलाई त्रास मात्र । यस्तो स्थितीको श्रीजना गराउने हाम्रै देशका नेताजी भनाउँदाहरु हुन भन्न म पछि पर्दिन ।  Continue reading

बुद्ध कहाँको ?

बिमल लामिछाने (कुवेत)

सिद्दार्थ गौतम अर्थात भगवान गौतम बुद्दको यो नागरिकता पत्र त बिशेष गरी भारतलाई र कोरियाको विश्व बिद्यालयलाई नपच्ला है.. के गर्नु बिश्व प्रख्यात सगरमाथालाई त भारतले आफ्नो भनिसक्यो, अब के के भन्दै जाने हो हेर्न बाँकी नै छ ।

रहस्यमय बर्मुडा त्रिकोण र कुवेतका तरुनीहरु

बिमल लामिछाने (कुवेत)

हजारौं बर्ष पुरानो मानविय बिकास क्रम सँगै समुन्द्र र यस सँग सम्बन्धित बिषयहरु सधैं मानविय चासोको बिषय बनिरहेको कुराहरु हामिलाई प्राप्त बिभिन्न स्रोतहरुले जानकारी गराईरहेको हुन्छ । केहि कुराहरु सधैं-सधैंको लागी रहस्यमय हुने गरेको बारेमा आजसम्म पनि मानविय अनुसन्धानको बिषय बनेको बर्मुडा त्रिकोणको बारेमा जो कोहीले पनि पूर्व अनुमान लगाउन कठिन छ । त्यस रहस्यमय क्षेत्रको बारेमा अध्यायन गर्ने जो कोही पनि हालसम्म सफलता नजिक पुग्न सकेको छैन । एटलान्टीक महासागरको फ्लोरिडा, बाहामास, क्यबा र सेन्ट जुआट टापुको बीचको भागमा बनेको त्रिकोणीय समुन्द्री सतहले दिने गरेका रहस्यमय उपजको बारेमा मानविय अनुसन्धानले स्पष्टता पाउन नसकेको बर्षौ भैसकेको छ । Continue reading

चर्चामा आईरहने मन्त्रीहरु बिद्या र सुजाता

नबराज पन्थी (कुबेत)

नेपाली राजनीतिमा हिजो आज चर्चाको शिखरमा छन नयाँ नेपालका यि दुई मन्त्री “उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला र रक्षामन्त्री बिद्या भण्डारी” दुबै जना संबिधान सभाको चुनाव हारेका हुन । चुनाव हारे पनि २२ दलको समिकरणमा शक्तिशाली मन्त्रालय हत्याउन सफल भएका थिए । माधव नेपाल नेत्रित्वको सरकारमा सबैको केन्द्र बिन्दुमा पनि यि दुई मन्त्रिहरु पर्दै आएका छन । बेला बेलामा उनिहरुले दिने अभिब्यक्तिले सिङ्गो नेपाली राजनीतिलाई तताउने गरेकोछ । Continue reading