जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजनामा प्रत्येक वर्ष संचालन हुँदै आईरहेको एम. बी. बम्जन मेमोरियल गोल्ड कप फूटबल टुर्नामेन्ट यस बर्ष पनि ०५ फेब्रुअरी २०१० शुक्रवारको दिन, अम्घारा कुवेतको फूटबल मैदानमा एक भव्य समारोहबीच उद्घाटन भई अत्यान्तै मैत्रिपूर्ण भावबाट प्रथम चरणको खेल सम्पन्न भएको छ ।
क्लवका सचिव ईन्द्र प्रसाद भूषालले संचालन गर्नु भएको उक्त उद्घाटन समारोहको क्लव अध्यक्ष किरण पौड्यालको सभापतित्व र नेपाली दूतावास कुवेतका दित्तिय सचिव श्री पुष्प राज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो भनें अन्य अतिथी दिर्घामा नेपाली दूतावास कुवेतका कर्मचारी भुवन पौडेल, कपका स्थापक / NRNA कुवेतका अध्यक्ष एवं क्लवका वरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ्ग र वहाँकी धर्मपत्नी फुलमाया तामाङ्ग, क्लवका वरिष्ट सल्लाहाकार बाल कुमार गुरुङ्ग, नेपाल कुवेत डट कमका प्रतिनिधि एवं NRNA कुवेतका सचिव सुजन के. सि., पत्रकार एवं प्रवासी युवा सँघका अध्यक्ष अर्जुन बस्नेत, मगर सँघ एवं नयाँ नेपाल क्लव कुवेतका अध्यक्ष दिल बहादुर पुन र नयाँ नेपाल क्लवकै उपाध्यक्ष फुरमान लामा आसिन हुनु हुन्थ्यो ।
उक्त समारोहमा माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टका संयोजक / माउण्ट एभरेष्ट क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरीले स्वागत मन्तव्य दिंदै, कपका स्थापक राजेन्द्र तामाङ्गले एक औपचारिक समारोहका बीच मिति १८ डिसेम्बर २००९ का दिन यस क्लबलाई उक्त गोल्ड कप हस्तान्तरण गर्नु भए पश्चात कपको नाम एम. बि. बमजन मेमोरियल गोल्ड कपबाट “माउण्ट एभरेष्ट एम. बी. बमजन गोल्ड कप“ मा रुपान्तरण गरिएको व्यहोरा जानकारी गराउनु भयो ।
यसैगरी मन्तव्य दिनेहरुमा राजेन्द्र तामाङ्ग, बाल कुमार गुरुङ्ग, दिल बहादुर पुन र नेपाली दूतावास कुवेतका दित्तिय सचिव पुष्प राज भट्टराई हुनु हुन्थ्यो । मन्तव्यको क्रममा श्री तामाङ्गले स्थापना कालदेखी नै एम. बि. बमजन मेमोरियल गोल्ड कपको संचालनमा अनेकन उतार चढावहरु सँग सम्झौता गरेरै भएपनी टुर्नामेण्ट सफल पार्दै आउनुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको ठुलो योगदान रहेको छ भन्दै क्लव कार्यसमितिलाई बिशेष धन्यवाद ज्ञापन गर्नु भयो भनें नेपाली दूतावास कुवेतका दित्तिय सचिव श्री भट्टराईले नेपाली-नेपाली बीच एकता भयो भनें कुनै पनि काम सफल हुन समस्या नहुने र यस टुर्नामेण्टलाई सफल पार्नुमा पनि सबै नेपाली खेलाडी, आयोजक समुह र खेलप्रेमी दर्शकहरु बीच एकता र मैत्रिपूर्ण भावना रहनु नितान्त आवश्यक भएको कुरा अवगत गराउनु भयो ।
खेलको नतिजा:
०५ फेब्रुअरी २०१० मा भएको प्रथम चरणको खेलमा सुनौलो बिहानी (KPTC) टिमको बिरुद्द अल वेल नुसिफ र अलघानिम टिमको बिरुद्द स्विडिशले खेलेका थिए । जसको पहिलो खेलमा सुनौलो बिहानी (KPTC) ले अल वेल नुसिफलाई १ को बिरुद्द २ गोल गरेको छ भनें यस गोल्ड कप टुर्नामेण्टमा ३ बर्ष सम्म लगातार बिजयी भई कपनै आफ्नो पक्षमा पार्दै एक ईतिहाँस रच्न सफल अलघानिम टिमले स्विडिशलाई ० को बिरुद्द ३ गोल गर्न सफल भएको छ । गत वर्षको टुर्नामेण्टमा अलघानिम बिजेता र स्विडिश उपबिजेता रहेका थिए । तर हर साल नकआउटको आधारमा खेलाईने यस टुर्नामेण्ट यस साल पनि नकआउटकै आधारमा खेलाएकोले गत वर्षको उपबिजेता स्विडिश टिमलाई अलघानिमले शुरुमै नकआउट गर्दै आफ्नो पक्ष बलियो पारी सकेको देखिएको छ ।
यस टुर्नामेण्टको दोस्रो चरणको खेल अम्घारा फूटबल मैदानमै १२ फेब्रुअरी २०१० को दिन खेलाईने छ । जसमा पहिलो खेल बिग थ्री को बिरुद्द अल अमाना र दोस्रो खेल ट्रस्टको बिरुद्द जासिमले खेल्ने छन ।
०५ फेब्रुअरी २०१० को टुर्नामेण्ट अवधिका फोटोहरु :-
































































धन्यवाद अल्घानिम कम्पनी को सबै साथी हरुलाई,आफ्नो घर गाउँ लाई बिर्श्एर रातदिन काम प्रती निरन्तरता दिदै आफ्नो पहिचान गराउन सफल हुनु भएको र आशा छ अब आउने खेल हरुमा पनि यसरी नै नाम राखन सफल होस्,thanks everyone Alghanim friends keepit up.
दु:खको साथ भन्नु पर्दा हाम्रा कुवैत को पत्र कर साथीहरुले भात खयको जाड रक्सी पियको फोटोहरु मत्त्र चाँडो भन्दा चाँडो अपदेट गर्नु हुन्छ। तरा अतिरम्रो शान्तापुर्ना र रोमन्चक भयको फुटबल को भने ऐले सममा पनि फोटो छैन साइत खाना नभरा होला होईन? धन्यवाद.