Daily Archives: 04/02/2010

नेपाली दूतावास कुवेतद्वारा रेसु खड्गीको उद्वार

शिवराम पौडेल, कुवेत

कुवेतवासी नेपालीहरुको २०औं वर्ष देखिको व्यग्रतापूर्वक प्रतिक्षा पश्चात खुशीको कुरा सुन्नमा आएको छ । कुवेतको बिदेश मन्त्रालय साथै कुवेतका लागि नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको लिखित पत्रको सहायताबाट रेसु खड्गीलाई फेब्रुअरी ०१ तारिखको दिन स्पोन्सरबाट मुक्त गराई, स्पोन्सरले हवाई टिकट दिन समेत नमानेको अवस्थामा नेपाली एजेन्ट मार्फत नै टिकट दिलाउने व्यवस्था मिलाईएको थियो । Continue reading

आज विश्व क्यान्सर दिवस

मनोज काफ्ले ”कुवेत”
 
आज  विश्व क्यान्सर दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । प्राप्त समाचार अनुसार  ‘समयमै उपचार गराए क्यान्सर निको हुनसक्छ’ भन्ने मूल नाराका साथ विश्वरभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदैछ । यस  दिवसको अवसरमा क्यान्सर सोसाइटि नेपालले मुलुकभर विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ । नेपाल अर्बुद रोग निवारण केन्द्रले राजधानीमा फलफुल वितरण, प्रभातफेरि, अन्तर्क्रियालगायत कार्यक्रम आयोजना गरेको छ । Continue reading

न्यू योर्कमा नेपाली CPAको ट्याक्स र एकाउन्टिङ सेवा शाखाको उदघाटन

न्यू योर्क- नेपाली CPA (Certified Public Accountant) बिराज रिजालको न्यू योर्क शहर कुइन्सस्थित ट्याक्स र एकाउन्टिङ सम्बन्धी कम्पनी TaxRaja Associates को रिच्मोन्ड हिल्स, न्यू योर्कमा अर्को नयाँ शाखाको सन्चालन शुरु भएको छ। उक्त शाखाको उदघाटन न्यु योर्क District-25 का Assemblyman Mr Rory Lanceman ले गर्नु भएको थियो। उहाँ आफ्नो कार्यालयबाट आबस्यक पर्ने सहयोग गर्ने प्रतिबद्दता जनाउँदै त्यस क्षेत्रका जनसमुदायको सहयोगका लागि यसको आबस्यकता रहेको बताउनु भयो। Continue reading

कर्मचारी निकाल्ने अस्पताललाई ६५ लाख तिर्न आदेश

पाँच सय रुपैयाँ तलव वृद्धि गर्नुपर्ने माग अस्वीकार गर्दै उल्टै त्यस्तो माग राख्ने कर्मचारी निष्काशन गरेको विराटनगरको लाइफगार्ड अस्पताल प्रालिलाई श्रम अदालतले ६५ लाख रुपैयाँ तिर्न आदेश गरेको छ। तलव बढाउने निहुँमा कर्मचारी र व्यवस्थापकबीच ठाकठुक परेपछि अस्पतालले २९ जेठ ०६५ मा सात जना नर्सिङ कर्मचारीलाई जागिरबाट हटाएको थिए। Continue reading

नयाँ नेपालमा आफ्नै मनोमानी “छोटो चर्चा”

नवराज पन्थी (कुवेत)

नयाँ नेपालमा हाम्रो नेताजीहरुले मन्च पाउन साथ आवेशमा आईहाल्छन, भिड देखेपछी त रगत तताई हाल्छन । अनी दाँया-बाँया सोंच्दैन भाषण गर्न थालिहाल्छन् । यो कुनै अनौठो कुरो होइन तर बोल्छन एकतिर काम गर्छन् अर्कोतिर । यसो गर्दा देशको स्थिती कहाँ पुग्दैछ सत्ताको लुछातानाले पत्तै पाएका छैनन । शान्ति सुरक्षा, बिकाश निर्माण र नेपाली जनताको भलो हुने काम गर्ने र सोंच्ने फुर्सद नै नभएपनी तलब र भत्ता पाकिरहेको छ काम किन गर्नु पर्‍यो । Continue reading

संविधानसभा सचिवालयबाटै कानुनको उल्लंघन, योग्यता नपुगेका कर्मचारीको धमाधम बढुवा

संसद् सचिवालयले कर्मचारीहरूको कार्यक्षमताका आधारमा हुने ९फाइल० बढुवामा ऐनको शैक्षिक योग्यतासम्बन्धी प्रावधान मिच्दै आएको छ। संसद् सचिवालय ऐनको दफा २८ मा “बढुवाका लागि उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणीमुनिको पदका लागि तोकिएबमोजिमको शैक्षिक योग्यता हुनुपर्ने” व्यवस्था छ। तर, संसद् सचिवालयले ऐनको त्यो प्रावधानलाई बेवास्ता गरी एक तहमुनिको पदका लागि न्यूनतम योग्यता नपुगेको कर्मचारीलाई समेत माथिल्लो तहमा बढुवा गर्ने गरेको छ। Continue reading