Posted on 28/02/2010 by जय आले
गिरधारी ‘विरही’ रिजाल कसैलाई वनभोज भनेको के हो भनि सोध्यो भने सीधा उत्तर आउँन सक्छ कि घरदेखि बाहिर वनजंगलको छेउछाउमा गरिइने भोजको कार्यक्रम भनेर तर सीधा रुपमा त्यो अर्थ लगाइए पनि यो शब्दको अर्थ त्यत्तिमै मात्र सीमित हुदैन होला शायद । घरदेखि टाढा कुनै अपरिचित स्थान जुन रमणीय एकान्त मनमोहक प्राकृतिक रुपले सुन्दर र खुल्ला [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 28/02/2010 by जय आले
नेपालबाट आउनुभएका कलाकारहरु इशा आले, देवी घर्ति र जगदिश समालका साथमा साउदी अरबको रियाद र दमाम क्षेत्रका स्थानीय कलाकारहरु समेतको संयुक्त प्रस्तुती रहेको नेपाली सांस्कृतिक कार्यक्रम २६ फेब्रुअरी राति ८ बजे दमाममा सुसम्पन्न भएको छ |
Filed under: समाचार | Leave a Comment »
Posted on 28/02/2010 by जय आले
भारतीय नागरिकसंग बिबाह बन्धनमा बाँधिएकी एक जमानाकी चल्ती नायीका बिपना थापा तीन महिनाको नवजात छोरालाई साथमा लिएर काठमाण्डौ आई पुगेकी छन् । सुत्केरी बस्न माइती आएकी बिपनाले संचारकर्मीसाग भनिन- ‘म त बेबी केयरमै ब्यस्त छु ।’
Filed under: समाचार | Leave a Comment »
Posted on 27/02/2010 by भूपाल राना
Posted on 27/02/2010 by कुवेतनेपाल डट कम
जय आले / शिव पौडेल, कुवेत २६ फेब्रुअरी २०१०, शुक्रवारको दिन, अम्घारा कुवेतको फूटबल मैदानमा माउण्ट एभरेष्ट एम. बि. बमजन अन्तर नेपाली गोल्ड कप फूटबल टुर्नामेण्टको फाइनल चरणको खेल अत्यान्तै भव्यताका साथ सम्पन्न भएको छ । फाईनल चरणसम्म आउन सफल टिमहरु द्वय अलघानिम सेक्युरिटी ग्रुप र अल-अमाना सेक्युरिटी ग्रुपबीच निकै प्रतिश्पर्धात्मक एवं रोचक खेल भएको थियो [...]
Filed under: समाचार | 10 Comments »
Posted on 25/02/2010 by बिक्रम थापा
पोखरा तथा आसपासमा पन्छी जन्य वस्तुमा दखिएको बर्डफ्लु नियन्त्रणमा आएको छ। गत माघ २० गते पोखराको घारीपाटनमा बर्डफ्लु देखिएको २२ दिनपछि रोग नियन्त्रणमा आएको पशु कार्यालय कास्कीले बुधबार चिकेन फेस्टिबल आयोजाना गरी जानकारी दिएको हो। सहभागीहरूलाई कुखुराका विभिन्न परिकार तथा अण्डा खुवाएर अब पन्छीजन्य वस्तुको उपयोग गर्दा कुनै हानि नहुने सन्देश दिनका लागि चिकेन फेस्टिबल [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 25/02/2010 by बिक्रम थापा
महानगरीय प्रहरी आयुक्त मदन खड्काले देशभर विशेष सुरक्षा योजना लागू भएको ६ महिनाअवधिमा उपत्यकाको सुरक्षा मजबुत भएको दाबी गर्नुभएको छ। पछिल्लो समयमा राजधानीमा हत्या, लुटपाट, चोरीको घटना बढ्दै गएको अवस्थामा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त खड्काले यस्तो दाबी गर्नुभएको हो।
Filed under: समाचार | Leave a Comment »
Posted on 25/02/2010 by बिक्रम थापा
आयोजक नेपाल पेप्सी विश्वकप क्रिकेट डिभिजन-५ को शीर्ष स्थानमा उक्लेको छ । त्रिवि मैदानमा बुधबार नेपाल फिजीमाथि १ सय ९३ रनको सानदार जित दर्ता गरेपछि अंक-तालिकामा ८ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । निरन्तर चौथो जितले पनि नेपाल डिभिजन-४ मा उक्लन सकेको छैन।इन्जिनियरिङ कलेजमा सिंगापुरले प्रतियोगिताको अर्को अपराजित टोली अमेरिकामाथि सनसनीपूर्ण जित दर्ता गरेपछि नेपाल छनोटबाट वञ्चित [...]
Filed under: समाचार | 1 Comment »
Posted on 25/02/2010 by जय आले
अमेरिकी राष्ट्रपति बराक ओबामाले नेपालको वर्तमान सरकारबारे चासो देखाएका छन्। अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माको ओहदाको प्रमाणपत्र ग्रहण कार्यक्रममा बिहीबार ओवामाले वर्तमान सरकारबारे सोधेका थिए। उनले नेपाल-अमेरिका सम्वन्धको मुख्य आधार प्रजान्तप्रतिको प्रतिवद्धता भएको बताए। उनले केही महिनाअघि राष्ट्रसंघको वार्षिक साधारण सभाका अवसरमा प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेको र नेपालले शान्ति सेना मार्फत दिएको योगदानको [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 24/02/2010 by शिव पौडेल
ग्वालियर फागुन १२ भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाउने पहिलो खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाबिरुद्ध ग्वालियरमा भएको खेलमा उनले १ सय ४७ वलमा अविजित २ सय रन बनाएका हुन् । टेष्ट र वान डेमा सर्वाधिक सतक र कुल रनको कीर्तिमान पनि सचिनको नाममा रहेको छ । सचिन अघि एक दिवसीय खेलका [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 24/02/2010 by जय आले
पवित्रा सुनार, तीन महिनाअघि साउदी पुगेकी बाराकी ४५ वर्षीया अरुणा खातुन (नाम परिवर्तन) शारीरिक र मानसिक सन्तुलन गुमाएर फर्केकी छन्। उनको शरीरको तल्लो भाग नचल्ने, दुवै खुट्टा भाँचिएको र शरीरको पछिल्लो भागमा गहिरो चोट लागेको छ। उनी हिँडडुल गर्न नसक्ने र सही कुरा बोल्न नसक्ने अवस्थामा छिन्। उनी साउदीकै चिकित्सकको सहयोगमा सोमबार नेपाल फर्केकी [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 24/02/2010 by बिक्रम थापा
संविधान निर्माणको समयसीमा साँघुरिंदै जाँदा एकीकृत माओवादी, एमाले र नेपाली काँग्रेस तीनै दलका केन्द्रीय समितिका बैठक बसेका छन् तर ती दलका बैठकहरूमा संविधान निर्माणका विषयले प्राथमिकता भने पाउन सकेनन्। संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादी बैठक पार्टीको केन्द्रीय समिति र पोलिटब्युरोमा क-कसलाई लैजाने भन्ने पदीय भागवण्डामा अल्झिएको छ। पार्टीको १ सय ३७ सदस्यीय केन्द्रीय समितिलाई [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 24/02/2010 by जय आले
नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकको शान्ती सुरक्षाको लागि युथफोर्स र वाइसिएल दुवै विघटन गर्नुपर्ने बताएका छन् । युवा दस्ता दर्ताको पक्षमा आफू नरहेको बताउँदै उनले युवालाई आक्रमक शैलीमा भन्दा पनि विकासका लागि लगाउनु पर्ने तर्क सारेका छन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 24/02/2010 by शिव पौडेल
सङ्घीयताको बिरोध र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलबार सिंहदरबार धर्ना तथा घेराउ गरेको छ । सिंहदरबारमा धर्ना दिने क्रममा प्रहरीसँग भएको झडपमा राप्रपा नेपालका उपाध्यक्षसहित करिब ५० नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा पार्टी उपाध्यक्ष किशोरी महतो, युवा मोर्चाका उपाध्यक्ष किशोर गुरुङ, सभासद चन्द्रबहदुर गुरुङलगायत छन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 24/02/2010 by शिव पौडेल
पर्वतको दुर्लुङमा आज दिउसो एक युवाले गोली चलाउदा दुई युवा घाइते भएका छन । पर्वतको बनौ ६ का महेन्द्र फकामी पुनले इटालियन पेस्तोलबाट दुर्लुङ गाबिस वडा नं. १ स्थित भुजेलथानमा गोली हान्दा दुर्लुङ-३ का लक्ष्मण बस्याल र रमेश सार्की घाइते भएका हुन । उनीहरुलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएपनि लक्ष्मण बस्यालको उपचार हुन [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 23/02/2010 by बिक्रम थापा
दुइटै हात छैनन् उनका । तर पढाइमा उनी हात हुनेहरू भन्दा कम्ती छैनन् । पढाइमा तेज छन् । उनको हयान्डराइटिङ (हस्तलेखन) पनि सुन्दर छ। तर, खुट्टाले लेख्ने भएकाले उनका सन्दर्भमा ‘यान्डराइटिङ’ भन्दा ‘लेगराइटिङ’ भन्नु उपयुक्त होला। लेख्नेमात्रै होइन उनी कम्प्युटरसमेत खुट्टाले नै चलाउँछन् । उनी अर्थात् उत्सव खड्गी ।
Filed under: समाचार | Leave a Comment »
Posted on 23/02/2010 by जय आले
फागुन १२ , आइसीसी विश्व क्रिकेट लिग डिभिजन-५ मा नेपालले लगातार तेस्रो शानदार विजय हासिल गरेको छ। मंगलबार सैनिक महाविद्यालय भक्तपुरमा बहरानविरुद्ध नेपालले ८ विकेटको शानदार विजय हात पारेको छ। ४७ ओभरको खेलमा नेपालले १ सय १५ रनको लक्ष्य २२.५ ओभरमै पूरा गर्यो। ७१ रन बनाएका पारस खड्का म्यान अफ द म्याच भए।
Filed under: समाचार | Leave a Comment »
Posted on 23/02/2010 by शिव पौडेल
आफ्नतहरुलाई विदेश बोलाउन चाहानुहुन्छ भने छिट्टै राहदानी लिनुहोला। राहदानी बनाउन ढिलाइ नगर्नुहोस् । किनभने परराष्ट्र मन्त्रालयले निकट भविष्यमै विदेश जान चाहने सर्वसाधारणलाई मार्च ३१ भित्र राहदानी लिइसक्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को बाध्यकारी प्रावधानअनुरूप अपि्रल १ देखि संसारभर मेसिन रिडेवल राहदानी (एमआरपी) लागू हुँदैछ ।
Filed under: समाचार | 1 Comment »
Posted on 23/02/2010 by शिव पौडेल
प्रेमविवाह गर्न नपाएको झोकमा महोत्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। एकजारा गाविस वडा नं.९ बस्ने राजेन्द्र यादवकी १६ वर्षीया छोरी सुनैनाकुमारीले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। लामो समयदेखि स्थानीय अखिलेस यादवसँग प्रेमसम्बन्धमा रहेकी उनलाई परिवारले इच्छाविपरीत अर्कै ठाउँमा विवाह गर्न लागेकाले गएराति आफू सुत्ने कोठामा पासो लगाई आत्महत्या गरेकी मृतककी आमाले बताइन्। [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 23/02/2010 by शिव पौडेल
पेप्सी विश्व क्रिकेट लिग डिभिजन-५ को फाइनलमा प्रवेश पाउने बलियो सम्भावना बोकेको नेपालले आज बहराइनसँग खेल्दैछ। नेपालले पहिलो दुई खेलमा जर्सी र सिंगापुरलाई पराजित गरी डिभिजन-४ मा उक्लने सम्भावना बलियो बनाएको नेपालले मंगलबार बहराइनसँग भक्तपुरको वीरेन्द्र सैनिक स्कुल मैदान र बुधबार फिजीसँग त्रिवि मैदान कीर्तिपुरमा खेल्नेछ। सहभागी ६ टोलीमा यी दुईलाई कमजोर मानिएको छ।
Filed under: समाचार | Leave a Comment »