Monthly Archives: January 2010

सभाध्यक्ष नेम्बाङसँग नेताहरुको भेट

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग नेकपा (एमाले) का संसदीय दलका नेता झलनाथ खनाल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एकीकृत नेकपा (माओवादी) संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले बिहीबार भेट गर्नुभयो । Continue reading

१९५० को सन्धी परिमार्जन गर्न भारत तयार

भारतिय राजदुत राकेश सुदले सन् १९५० को शान्ति तथा मैत्रि सन्धी परिमार्जन गर्न तयार रहेको कुरा भारतले धेरै पटक दोहोर्‍याएको तर नेपाली पक्षले नै आवश्यक तयारी गर्न नसकेकाले त्यसतर्फकेही प्रगति नभएको आरोप लगाउनु भएको छ । Continue reading

पोखरामा तीन पर्यटक बेपत्ता

 पोखरा घुम्न आएका तीन विदेशी पर्यटक पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा अवलोकनका क्रममा बुधबार साँझदेखि बेपत्ता भएका छन् ।पोखरा उपमहानगरपालिका वडा नम्बर १७, छोरेपाटनस्थित गुप्तेश्वर गुफा अवलोकनका लागि आएका एक भारतीय र दुई कोरियन पर्यटक गुफाभित्र छिरेपछि बेपत्ता भएका प्रहरीले जनाएको छ । Continue reading

इन्डोनेसियाको महावाणिज्य दूतमा चन्द्र ढकाल नियुक्त

नेपालका लागि इन्डोनेसियाको अवैतनिक महावाणिज्य दूतमा चन्द्रप्रसाद ढकाललाई नियुक्त गर्ने प्रस्तावलाई नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्डोनेसिया सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेपछि ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्य दूत बनेका हुन् । Continue reading

सेनाका दुई सहायकरथीको बढुवा

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका सहायकरथी नरबहादुर कडेँल र नरेन्द्रबहादुर रावललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। जंगीअड्डाले दुई महिनाअघि नै कडेललाई पश्चिम पृतना पोखरा र रावललाई पूर्वी पृतना इटहरीमा निमित्त प्रमुखको कार्यभार दिएर पठाएको थियो । Continue reading

नेपाल भारत नाका अनिश्चित कालका लागि बन्द

माओवादीले राष्ट्रिय स्वाधीनताको आन्दोलन भन्दै टाँसेको पोस्टरमा भारतको अशोक स्तम्भ र झण्डा भएको बुटले नेपालका सीमा मिचिएका क्षेत्रमा कुल्चँदै गरेको यही पोस्टर देखेर भारतीय औधि रिसाएका छन् । उनीहरुले हिजो दिनभर जोगबनी नाकामा माओवादी र प्रचण्डविरोधी नारा लगाउँदै अनिश्चित कालका लागि नाका बन्द गरेका छन् । Continue reading

मदन भण्डारीको हत्यामा माओवादीको संलग्नताः खतिवडा

इश्वर तामाङ -  उदयपुर

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्यामा भारत संलग्न रहेको दावी गरिरहेकै समयमा एमालेका केन्द्रीय सदस्य जगनाथ खतिवडाले भने नेता भण्डारीको हत्यामा अप्रत्यक्ष रुपमा माओवादीको संलग्नता रहेको आरोप लगाउनु भएको छ । Continue reading

प्रचण्डको कोइरालालाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचारबाजी मात्रै

एकीकृत नेकपा माओवादीका अध्यक्षले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अनावश्यक प्रचारवाजी मात्र भएको माओवादी र कांग्रेसका नेताहरुले दावी गरेका छन् । एमालेले भने संयन्त्रको नाममा षडयन्त्र भएको टिप्पणी गरेको छ । Continue reading

आखिर छुट्टिने नै भए जोली र पिट

हलिउडका सर्वाधिक हट जोडीको रुपमा रहेका एन्जेलिना जोली र ब्राड पिट अन्त्यमा अलग अलग हुनको लागी राजी भएको एक बेलायती पत्रिकाले जनाएको छ । धेरै पहिला देखी नै उनीहरु बिचको सम्बन्ध राम्रो नरहेको र छुट्टिन चाहेको समाचारमा आईरहेको भए पनी त्यो कुरा जोली र पिटले अस्विकार गर्दै आएका थिए । समाचार एजेन्सीहरुका अनुसार यि दुईले अब अलग बस्ने फैसला गरीसकेका छन र छिटै नै यो कुराको घोषणा गर्दै छन । Continue reading

भोलीदेखि दैनिक ११ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ । यसअघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नदी र जलाशयमा पानीको बहाव घट्दै गएकोले विद्युत उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले लोडसेडिङको अवधि थप दुई घण्टा बढाएको हो । Continue reading

विदेशिनेको संख्या बढ्यो

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढेको छ । बैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म विदेशिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२७ प्रतिशतले बढेको हो । Continue reading

शासकीय स्वरुप निर्धारण समितिको अवधारणापत्रमाथि छलफल जारी, दलहरूबीच फरक मत

संविधानसभाको बैठकमा मंगलबार तेस्रोदिन पनि राज्यको शासकीय स्वरुप निर्धारण समितिको अवधारणापत्रमाथिको छलफल जारी छ । एकीकृत नेकपा माओवादी सम्बद्ध सभासदहरूले मुलुकमा शक्तिशाली एव् कार्यकारिणी अधिकारसहितको राष्ट्रपतिको व्यवस्था हुनुपर्ने पक्षमा रहेका छन् भने नेपाली काङ्ग्रेसका सभासदहरूले Continue reading

तुलसीपुर बसपार्कमा बम

दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा रोकिराखेको बस मुनी आज बिहान एउटा प्रेसर कुकर बम फेला परेको छ । ना २ ख ५४०३ नम्बरको बस मुनी फेला बम फेला परेको हो । बमसहित नेपाल माक्र्सवादी गणतान्त्रिक गुप्तचर युवा टाइगर समूह नामको पर्चा र प्रेस विज्ञप्ति पनि भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभएको छ । Continue reading

स्याङ्जा जिल्लामा बत्तीमुनि अँध्यारो

स्याङ्जा जिल्लामा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आए पनि जिल्लावासीले भने लोडसेडिङको मार खप्दैआएका छन् ।   हाल स्याङ्जाको आँधीखोला जलविद्युत् आयोजना गल्याङबाट ५.१ मेगावाट उत्पादन हुँदै आएको छ । तर, सो आयोजनाबाट उत्पादित विद्युत् जिल्लामा एकवाट पनि वितरण गरिएको छैन । Continue reading

बुहारीद्वारा सासुको हत्या

कैलालीको उदासीपुर गाविस-५ दम्मारी गाउँमा बोक्सी लगाई बिरामी बनाएको आरोपमा एक महिलाले आफ्नै सासुको हत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त गाउँकी २१ वर्षीया शान्ति चौधरीले आफ्नी ६५ वर्षीया सासु बन्दीयादेवी चौधरीको फरुवा र हसिया प्रहार गरी हत्या गरेकी हुन् । Continue reading