Daily Archives: 31/01/2010

सबै समस्याको समाधान संविधानबाटै खोजः राष्ट्रपति

राष्ट्रपति डाक्टर रामवरण यादवले सबै समस्याको समाधान संविधानबाट खोज्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “सर्वोपरी संस्था संविधानसभा हो, त्यसैले सबै समस्याको समाधान त्यहाँबाटै खोजिनुपर्छ ।” नयाँ बन्ने संविधानले सम्पूर्ण जनतालाई सार्वभौम बनाउने भन्दै समृद्ध नयाँ नेपाल निर्माणका लागि सबैले राष्ट्रिय सहमतिको बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो । Continue reading

नेपाल ल्याउँदै गरिएको एक ट्रक विस्फोटक पटनामा पक्राउ

मनोज मगर-

राजस्थानको मओलपुरबाट वीरगन्ज आउँदै गरेको विस्फोटक पदार्थसहितको जेएच १० सी ४३८३ नम्बरको ट्रकलाई बिहार प्रहरीले बिहीबार पक्राउ गरेको हो ।विस्फोटक डेटोनेटर भरेर नेपाल ल्याउँदै गरिएको ट्रक भारतको पटनामा समातिएको छ । ट्रकचालक र उनका सहयोगी पक्राउ परे पनि विस्फोटक कसले ल्याउन लागेको हो भन्ने खुलेको छैन ।  Continue reading

अनेरास्ववियू र अखिल क्रान्तीकारीवीच झडप

चितवनको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान रामपुरमा अनेरास्ववियू र अखिल क्रान्तीकारीवीच आइतबार झडप भएको छ । झडपमा परि ४ जना अनेरास्ववियूका कार्यकर्ता घाइते भएका छन् । पुरानो घटनाको बिषयलाई लिएर अनेरास्बबीयु र अनेरास्वबियु क्रान्किारीबीच झडप भएको हो । Continue reading

माओवादीमा जानभन्दा स्वतन्त्र बस्छु – वामदेव गौतम

माओवादीनिकट भनेर पार्टी भित्रै चर्को आलोचना खेपिरहेका एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेकै नेताहरूले आफूलाई जबर्जस्त माओवादीमा धकेल्न खोजेको बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रै बिद्रोह  गरी माओवादीमा आउन आग्रह गरेको भोलिपल्ट Continue reading

स्वस्थानी ब्रतालुहरु कठोर तपस्यागरी स्नान गर्दै

शनिबार शुक्ल पूर्णिमाको दिन स्वस्थानी साङ्गेको दिन भक्तपुर स्थित माधव नारायणको ब्रतालुहरु कठोर तपस्यागरी स्नान गर्दै । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याहृन कालमा महादेवको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ ।

चितवनमा बस र एम्बुलेन्स जुध्दा २ को मृत्यु

एम्बुलेन्स र यात्रुबाहक बस चितवनको भरतपुरमा जुध्दा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । घाईते मध्ये ३ को अबस्था चिन्ताजनक छ । Continue reading

५७ औं विश्व कुष्ठरोग दिवस आज

कुष्ठरोगप्रतिको सामाजिक धारणा, परिवर्तन गर्ने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ आज ५७ औं विश्व कुष्ठरोग दिवस नेपालमा विविध कार्यक्रम गरी मनाईंदैछ । सरकारले यही माघ १० गते कुष्ठरोग निवारणको घोषणा गरेको थियो । Continue reading

मेरो जून सिर्फ तिमी र म

सुषमा मानन्धर  (अनुभूति)

माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ ।

जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो आ–आफ्नो । देखे सुनेका त्यही भोगाइलाई कतिले गीत बनाई गाएका छन्, कतिले कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ, कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महशुश गर्न सक्नु अर्को कुरा । Continue reading