माउण्ट एभरेष्ट एम. बि. बम्जन टुर्नामेण्टको टाईसिट र केही जानकारी

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजनामा संचालन हुँदै आईरहेको “एम. बी. बम्जन गोल्ड कप”, यस कपका स्थापक श्री राजेन्द्र तामाङ्गले एक औपचारिक समारोहका बीच मिति १८ डिसेम्बर २००९ का दिन यस क्लबलाई हस्तान्तरण गर्नु भए पश्चात यो कपको नाम “माउण्ट एभरेष्ट एम. बी. बम्जन गोल्ड कप” मा रुपान्तरण  गरिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं । प्रत्येक बर्ष संचालन हुने यस प्रतियोगिता यस बर्ष पनि पूर्व घोषित कार्यक्रमानुसार नै ५ फेब्रुअरी २०१० का दिनदेखि अम्घाराको फूटबल मैदानमा ८ टीमको सहभागिता बीच बिहानको ९.०० बजे शुरु हुन गई रहेको हुँदा सम्पूर्ण खेलप्रेमी दाजुभाई, दिदीबहिनी तथा सर्वसाधारणहरुमा जानकारी गराउन चाहन्छौं । प्रत्येक शुक्रबार दुई म्याच नक्आउटको आधारमा खेलाइने यस प्रतियोगिताको फाईनल खेल भनें २६ फेब्रुअरी २०१० का दिन हुनेछ । थप तथा बिस्तृत जानकारीको लागि तल राखिएको टाईसिटमा डबल क्लिक गरी हेर्नु हुन समेत अनुरोध गरिन्छ ।

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत

One Response to माउण्ट एभरेष्ट एम. बि. बम्जन टुर्नामेण्टको टाईसिट र केही जानकारी

  1. Thx Mount Everest Club, we r very happy

    Bimal

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s