Daily Archives: 30/01/2010

अफ्ठारो छ नयाँ संविधान तोकिएकै समयमा बन्न

गणतन्त्र नेपालको नयाँ संबिधान जारी हुने दिन जती-जती नजिकै गएको छ उती-उती राजनीतिक पाटिहरुको दुरी टाढिंदै गएकोछ । यस्तो अवस्थामा के नेपालको संबिधान तोकिएकै समय जेष्ठ १४ २०६७ मा जारी होला ? सबैलाई शंका-उपशंका पैदा गरेकोछ । रक्षामन्त्री बिधा भण्डारीले सेना समायोजन् सम्बन्धि दिने अभिब्यक्ती, उपप्रधानमन्त्री सुजाता कोइरालाले कहिले संघियता जानु अघी जतमत संग्रह गर्नु पर्ने कुरा, Continue reading

एमाले नेता माओवादी कार्यकर्ताहरुद्वारा पिस्तोलसहित पक्राउ

सिताराम बराल (काठमाण्डौ)

माओवावादीको सशस्त्र राजनीतिको विरोध गर्दै आएको सत्तारुढ नेकपा (एमाले) का एक केन्द्रीय नेतालाई एकिकृत नेकपा माओवादी कार्यकर्ताहरुले पिस्तोल सहित समातेका छन् । एमालेका केन्द्रीय सदस्य केशव देवकोटा सिन्धुलीमा पिस्तोलसहित माओवादीको पन्जामा परेका हुन् । पिस्तोल सहित पक्राउ परेका उनीसहित ५ जनालाई माओवादीले ३ घण्टा नियन्त्रणमा लिइ मुक्त गरेका थिए । Continue reading

कुवेतमा काली गण्डकी बचत समुहको आयोजनामा भलिवल खेल सम्पन्न

शिवराम पौडेल (कुवेत)

कुवेतको मङ्गाफ भलिवल मैदानमा २९ फेब्रुअरी २०१०, शुक्रवारको दिन हालै कुवेतमा संगठित संस्था काली गण्डकी बचत समुहको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । कुवेतस्थित बिभिन्न कम्पनिहरुमा कार्यरत ८ नेपाली टिमहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा: नयाँ नेपाल A र B, एस.डि.एफ.सि. A र B, अल्घानिम, नेशनल खराफी, के.पि.टि.सि. र आयोजक समुह “काली गण्डकी” रहेका थिए । Continue reading

माउण्ट एभरेष्ट एम. बि. बम्जन टुर्नामेण्टको टाईसिट र केही जानकारी

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजनामा संचालन हुँदै आईरहेको “एम. बी. बम्जन गोल्ड कप”, यस कपका स्थापक श्री राजेन्द्र तामाङ्गले एक औपचारिक समारोहका बीच मिति १८ डिसेम्बर २००९ का दिन यस क्लबलाई हस्तान्तरण गर्नु भए पश्चात यो कपको नाम “माउण्ट एभरेष्ट एम. बी. बम्जन गोल्ड कप” मा रुपान्तरण  गरिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं । प्रत्येक बर्ष संचालन हुने यस प्रतियोगिता यस बर्ष पनि पूर्व घोषित कार्यक्रमानुसार नै ५ फेब्रुअरी २०१० का दिनदेखि अम्घाराको फूटबल मैदानमा ८ टीमको सहभागिता बीच बिहानको ९.०० बजे शुरु हुन गई रहेको हुँदा सम्पूर्ण खेलप्रेमी दाजुभाई, दिदीबहिनी तथा सर्वसाधारणहरुमा जानकारी गराउन चाहन्छौं । Continue reading

भारतद्वारा नेपाली सीमा अतिक्रमणमा चीनको चासो

टपेन्द्र कार्की

लिम्पियाधुरामा नेपाली सेना खटाउनुपर्ने / चीनले नेपाललाई अत्याधुनिक हतियार दिने / भारतको एयरमार्सल प्रस्ताव कानुनविपरीत,

 विवादित कालापानी क्षेत्रमा आफ्नो दाबी कायम राख्न नेपाल सरकारलाई सुझाव दिँदै चीनले त्यसमा आफ्नो  परमाणु सहयोग रहने आश्वासन दिएको छ । माओवादीले राष्ट्रिय स्वाधीनताका नाममा भारतीय पक्षबाट नेपालीभूमि अतिक्रमणविरुद्ध आन्दोलन गरिरहेका बेला अर्को छिमेकी चीनको यस्तो धारणा आएको हो । Continue reading

जापनले नेपाललाई ३५ करोड ७९ लाख नेपाली रुपैयाँ सहयोग गर्ने

जापन सरकारले सोलार इलेक्ट्रीसिटी जेनेरशन सिस्टमका लागि नेपाललाई ३५ करोड ७९ लाख नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा अर्थसचिव रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापनी राजदूत बद्सुओ मिजुनोले उक्त सहयोग सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो । Continue reading