बिमल लामीछाने (कुवेत)
कुवेतमा नेपाली राजदूतावास स्थापनार्थ लागि परेका समस्त नेपाली बर्गहरुले स्थापना सँगै आगमित राजदूतको नाममा बिभिन्न प्रायोजित भजन गर्दै हिंड्ने गरेको जो कोही पनि कुवेतवासी सामान्य श्रमजिबि मजदुर नेपालीहरुको सामुन्ने स्पष्ट छ । हुन त नेपालको परम्परागत् राजनैतिक वातावरणका भुक्त भोगी भएर होला, त्यही किसिमको संस्कारको बिकासमा लागि रहेको भेटिन्छन् । सार्वजनिक स्थान तथा टेलीफोनका फ्री कलहरुमा घण्टौ सम्म बैचारीक महत्व बिनाका भजनमा समर्पित हुनेहरुको झुण्डले बिकास गरेको बिचारलाई बिना पद्दती नयाँ नेपाली राजदूतका भावी योजना र कार्यक्रम भनेर सुनाउन लागि पर्नेहरु अनि त्यही बिषयलाई अती महत्वका साथ झुण्डहरुमा वितरण गर्ने शैलीले भोलीको नयाँ नेपाली राजदूतावासले सामान्य श्रमजिबि मजदुरको लागि भई परि आउने कार्य गर्न नसकेको अवस्थामा कस्तो किसिमको बैचारीक द्वन्द स्थापना गर्छ ? पश्न जटील छ ! सम्भावब्य ओंठे जवाफको लागि सदैव तयार नेपाली राजनैतिक शैलीको बिकार बिदेशमा रहँदा पनि नेपाली पनको यो नै उत्तम परिचय हुन सक्छ । रैती र रङ्कहरुको दुनियाँ ।
तर पनि विगतको जय होस् को शैली भन्दा केहि माथी उठेर एकाध महिना देखी राजदूतको वरिपरी घुमिरहेको वर्ग देख्दा आम श्रमजिबि मजदुरहरुको मनमा परिस्कारित राजनीतिको गन्ध आईरहेको छ । वर्ग बिषेशहरु जानकारी नभएर हुन वा भ्रमको खेती गर्नमै स्वाद आउने भएर हो मानिसहरुलाई रनभुल्ल पार्नुलाई क्रिकेटको रन लिए झैं आनन्द मानिरहेका छन । अन्तर्राष्ट्रिय अनुभवमा कुवेतको लागी इण्डोनेसियाले आफ्ना घरेलु कामदारहरु पठाउन ईच्छुक नहुनु र श्रीलंकाले आफ्नो बिसौं वर्षको कुवेत सँगको कूटनैतीक सम्बन्ध हुँदाहुँदै पनि घरेलु कामदारको बारेमा कुनै ठोस् कदम चाल्न नसक्नु जस्ता उदाहरणहरुबाट नेपाली वर्ग समाजका कुवेतवासीहरु पनि अनभिज्ञ होलान जस्तो लाग्दैन । अर्थात असंगठित क्षेत्र हुँदै अदक्ष कामदारहरु दलालको बिभिन्न तह र तप्का हुँदै आई पुग्ने कामदारको हक-हितका लागि राजदूतावासबाट गरिने भनिएका अनी राखिएका अकल्पनिय आशाहरु भनेको हुटिट्याउँ र बादलको कथा नहोला भनेर किमार्थ भन्न सकिंदैन ।
समस्या भनेको कुनै युवती अथवा युवा किन असंगठित रुपमा कुवेत या खाडीका कुनै राष्ट्रमा आउँछन भन्ने होईन । न त भारतीय बाटो प्रयोग गरेको ले नै समस्या बढेको भन्ने हो । नेपालबाट खाडीका राष्ट्रसम्म पुग्ने जुन च्यानल नेपालका गाउँ, शहर देखी दिल्ली हुँदै खाडीको कुवेतसम्म फैलिएको छ, त्यो च्यानललाई तोडेर नयाँ बाटो स्थापना गर्नु भनेको चानेचुने कुरो होईन । देशको बिकराल आर्थिक चुनौती अनि घर परिवारका समस्याको सामना गर्न घर छाडेका युवतीहरु जो अती न्युन तथा आर्थिक दुरावस्थाको कारण यहाँसम्म आउनु पर्ने वाध्यताको बारेमा पनि अध्ययन हुनु जरुरी छ । यिनै परिवाध्यताका कारण आफ्ना सामाजिक मान्यताहरुलाई बिर्सनु परेको बारेमा कुनै वर्गलाई चियो चर्चा गर्ने फुर्सद कुवेतवासी नेपालीलाई शायदै होला ।
नव धनाढ्य दलालको चक्रव्यूहमा परेको इजरायलमा जाने नेपाली घरेलु कामदारको कथा अथवा लाखौंको कारोबार अनी वर्षौंको बेतुकका झन्झटिला अभ्यास भन्दा मात्र दुई के. डि. (रू. पाँच सय मात्र) खर्चमा कुवेतसम्म आईपुगेकी कुनै एक नेपाली घरेलु कामदारको सपनाहरु कसरी लुछाचुंडी हुन्छन, शायद यस कुराको प्रतक्ष्य जानकारी तिनै नेपाली युवतीबाट नै स्पष्ट हुन्छ ।
काठमाण्डौ लगायतका शहरी ईलाकामा नव-अहियासी वर्गका लागि भनेर दसौं हजार युवतीहरुको कारोबार केबल यौन पेसा कै लागि हुने गरेको तथ्यांकको बारेमा सबैलाई जानकारी नै होला । देशको राजधानी मै हुने गरेका तमासाको लागि निरिह नेपाल सरकारका प्रतिनिधिले कुवेतमा आएर झुण्डहरुको बिचमा बाँडेका सपनाहरुको बिकुल बजाउनु भनेको केवल बेमौसमी बाजामा राग दिनु मात्र हो । अझ महत्वपूर्ण कुरा त के भनें कुवेतको विधमान कानूनको अधिनियममा कुनै पनि घरेलु कामदारहरु श्रम कानून अन्तर्गत पर्दैनन् ।
धन्यवाद ।
बिमल लामीछाने
संपर्क : ६६५२९७३७














































this is really true. i will support from my side.You are 100% correct.
we need to teach the lesson those are running without reality.
good job!!!keep it up…..