Daily Archives: 20/01/2010

नेपाली दूतावास कुवेतको प्रेस विज्ञप्ती

Press Release

Kuwait is in need of many semi-skilled and skilled workers to cater its growing needs. Nepal could highly benefit from this situation. We have a large number of semi-skilled and skilled professionals looking for better opportunities and we can make the employers in Kuwait feel that Nepal is also a storehouse of many young, talented, dedicated, honest and hard-working people who are in much demand in other developed countries as well. Continue reading

भारतीय स्थलसेनाका अध्यक्ष दीपक कपुर काठमाडौंमा

भारतीय स्थल सेनाध्यक्ष जनरल दीपक कपुर नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेका छन् ।  शान्ति प्रक्रिया सुरु भएयता नेपाल भ्रमण गर्ने उनी भारतका पहिलो सेनाध्यक्ष हुन् । भारतीय वायु सेनाको विशेष विमानबाट ६ सदस्यीय टोलीसहित काठमाडौं आएका कपुरले मंगलबार आफ्ना समकक्षी छत्रमानसिंह गुरुङसँग भेटवार्ता गरे । Continue reading

लाले, सरस्वती पुजा र पुरी

-कमलकुमार

हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा कर्रा खोलाले झण्डै स्कुल नै लगेको रहेछ । स्कुलको चौर भनेको खोलाको बगर थियो । Continue reading

विधवाको मोल ५० हजार नतोक

माधव नेपाल सरकारले विधवा विवाहलाई प्रोत्साहन गर्ने नाममा दिने भनेको ५० हजार रुपैयाँ सहयोगको व्यवस्था सुरुदेखि नै विवादमा परेको थियो। एकल महिलाहरुले आन्दोलनै चलाए यसविरुद्ध। एक जनाले सर्वोच्च अदालतमा मुद्दै ठोकिन्। त्यही मुद्दाको फैसला गर्दै सर्वोच्चले हिजो फैसला गरिदियो- त्यसरी पैसा दिने काम नगर्नू, नगराउनू। Continue reading

राष्ट्रिय साहित्य सम्मेलन हुने

भेरी साहित्य समाज राप्ती साहित्य परिषद तथा मध्यपश्चिमााचल साहित्य परिषदको संयुक्त आयोजनामा राष्ट्रिय साहित्य सम्मेलन तथा मध्यपश्चिम साहित्य महोत्सव-२०६६ हुने भएको छ । आगामी चैत्र २० देखि २२ गतेसम्म नेपालगाजमा उक्त साहित्य महोत्सव हुने जानकारी आयोजकले हालै संयुक्त पत्रकार सम्मेलन गरी दिएका हुन् । Continue reading

सुर्खेतमा अनौठो बच्चा जन्मियो

सुर्खेतमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छिन् । सुर्खेतको मैनतडा गाविस वडा न १ कि २८ वर्षीया पद्मा विकले अनौंठो बच्चालाई जन्म दिएकी हो । विकले मैनतडास्थित उपस्वास्थ्य चौकिमा हिजो दिउँसो आँखा, कान र ओठ नभएको शिशुलाई जन्म दिनु भएको छ । बच्चाको तौल साढे २ किलो रहेको बताईएको छ । Continue reading

अभिषप्त योजनाहरुका भजन मण्डलीहरु

बिमल लामीछाने (कुवेत)

कुवेतमा नेपाली राजदूतावास स्थापनार्थ लागि परेका समस्त नेपाली बर्गहरुले स्थापना सँगै आगमित राजदूतको नाममा बिभिन्न प्रायोजित भजन गर्दै हिंड्ने गरेको जो कोही पनि कुवेतवासी सामान्य श्रमजिबि मजदुर नेपालीहरुको सामुन्ने स्पष्ट छ । हुन त नेपालको परम्परागत् राजनैतिक वातावरणका भुक्त भोगी भएर होला, त्यही किसिमको संस्कारको बिकासमा लागि रहेको भेटिन्छन् । सार्वजनिक स्थान तथा टेलीफोनका फ्री कलहरुमा घण्टौ सम्म बैचारीक महत्व बिनाका भजनमा समर्पित हुनेहरुको झुण्डले बिकास गरेको बिचारलाई बिना पद्दती नयाँ नेपाली राजदूतका भावी योजना र कार्यक्रम भनेर सुनाउन लागि पर्नेहरु अनि त्यही बिषयलाई अती महत्वका साथ झुण्डहरुमा वितरण गर्ने शैलीले भोलीको नयाँ नेपाली राजदूतावासले सामान्य श्रमजिबि मजदुरको लागि भई परि आउने कार्य गर्न नसकेको अवस्थामा कस्तो किसिमको बैचारीक द्वन्द स्थापना गर्छ ? Continue reading