राजदूतबाट सार्वजनिक जानकारी

जय आले (कुवेत)
 
कुवेतवासी नेपालीहरुको बिसौं वर्ष देखिको व्यग्रतापूर्वक प्रतिक्षा पश्चात कुवेतमा नेपाली दूतावास स्थापनाको लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै, कुवेतका लागि प्रथम नेपाली राजदूत नियुक्त भई महामहिम श्री मधुवन प्रसाद पौडेलको कुवेत आगमन भएको पनि आज महिना दिन कटिसकेको छ । यस महिना दिनको अन्तरालमा राजदूत ज्यूबाट के-कस्ता कूटनैतीक पहलहरु भई रहेका होलान जो कुवेतमा पेशारत नेपालीहरुको हितमा कार्यान्वयन हुन सकोस भन्ने कौतुहलता अहिले सार्वजनिक रुपमै जागिसकेको र एउटा चासोको बिषय समेत बन्न पुगेको छ ।

यिनै सवालहरुलाई मध्यनजर गर्दै महामहिम राजदूत ज्यूले आफुले चालेका र दूतावासको काम शुरु भए पछी चाल्ने कूटनैतीक कदमको बारेमा हामीलाई संपर्क गरी केही जानकारी गराउनु भएको छ । र मिडिया मार्फत नै आफ्नो कूटनैतीक पहललाई सार्वजनिक गरी दिनु हुन सुझाव समेत दिनु भएकोले हामीले जस्ताको तस्तै वहाँका लिखित शब्दहरुलाई बुँदागत तवरमा तल राखी दिएका छौं ।

१) भविष्यमा नेपाली कामदारहरुलाई नियुक्ती गर्दा प्रयोग हुने गरी एक खाका तयार पारेको छु । जसले कुनै पनि घरेलु वा अन्य कम्पनिमा काम गर्ने नेपाली कामदारहरुको तथ्यांक राख्न र नयाँ कामदारहरुको पूर्ण विवरण तयार पार्न मद्दत पुर्‍याउने छ । साथै यसले मेनपावर एजेन्सिहरुलाई कानूनी तवरले कार्य गर्न प्रेरित गर्दै अवैध तवरले कार्य गर्नेलाई नियन्त्रण समेत गर्नेछ ।
 
२) कुनै पनि स्पोन्सर या एजेन्सिहरुले नेपाली कामदारहरुलाई कुवेत भित्र्याउनु पूर्व, दूतावासले तयार पारेको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिने छ । जसले गर्दा दूतावासलाई नेपाली कामदारहरुको बारेमा सम्पूर्ण जानकारी मिल्नेछ । जस्तै: काम गर्ने ठेगाना, स्पोन्सरको विवरण, तलब भत्ता र अन्य सुविधा इत्यादी । र कामदारहरु कुवेत आईसके पश्चात एजेण्टले दूतावासमा ल्याई रजिष्टर गराउनु पर्ने छ । शायद यि विवरणहरु तयार पार्न शुरुका दिनहरुमा कठिनाई हुने भएता पनि यसले हाम्रा कामदारहरुलाई आवश्यक परेको खण्डमा निकै सहयोग पुर्‍याउने छ ।
 
३) नेपाल सरकार मार्फत भारतीय सरकारलाई तुरुन्त लागु हुने गरी, भारतका बिभिन्न विमान स्थलबाट नेपाली घरेलु कामदारहरुलाई भ्रमण गर्न निषेध गराउने निर्देशनको लागि अनुरोध गरेको छु । र नेपाल सरकारले पनि यस सम्बन्धमा आफ्नो प्रकृया चालु गरी सकेको छ ।
 
४) आगामी दिनहरुमा विधिवत रुपमा कुनै पनि एजेन्सी या स्पोन्सरहरुले नै कामदारहरुको दोहोरो यात्राको खर्च बेहोर्नु पर्ने व्यावधान हुनेछ । जसले गर्दा हाम्रा कामदारहरुलाई कम आर्थिक बोझ पर्नुका साथै नेपालबाट आवश्यक श्रम स्विकृती प्राप्त गरे पश्चात नेपालबाटै सिधै आफ्नो गन्तव्य मुलुकमा रोजगारिको लागि प्रस्थान गर्न सक्ने छन ।

14 Responses to राजदूतबाट सार्वजनिक जानकारी

  1. Jhamak Tamang (Kavreli)

    This is very good news.

    My heartfelt Thanks to His Excellency The First Ambassador of Nepal to Kuwait Mr. Madhuban Pudel Jii for his great starting in favour of expatriate Nepalese. Wel-done and God bless you.

  2. Homnath Giri

    a thaha paiyo

  3. Thank you Jay Jee for update,

  4. Dear sir,

    Lot of thanks from my core of heart for implement the new rules for the pvt. workers cum domestic works.

  5. jiban RAI

    OH Verry good news jay sir thanks kuwait nepal .com lie

  6. manish tamu

    oh nepali haru ko khushi ko khbar ha ha ha

  7. Thanks jay da

  8. subhachintak

    jay dai abasye pani dhanyebad ko patra hunuhuncha. dhanyebad ko patra yo karan ki copy pest ko saskriti maulaudai gareko bela ma tapai le aafnu maulik dinu bhayo.ho hami sampurna kuwait basi nepali yesta taja ani aafna maulaik news ko pratikshya ma har pal rahanchau.
    JAY DAI 3 MURI DHANYEBAD HAJUR LAI.

  9. news lekhne mitra huru lai dherai dhanybad chha
    1kura kuwait ma bhage ka bare ma ta kehi pani chaso chaina?tnx

  10. if hami kuwait basi le mahamahi rajdut le pahal gareka kuraharu bhabissema lagu bhayema abasye pani hami kuwait basiharu le lucky nai mannu parchha.god bless you .
    thanks…….

  11. Jay jee, appreciated job. thams up. please keep updating this types of news here.

  12. Thank you all Gentleman. Thanx a lot.

  13. IT’S VERRY GOOD NEWS.I WISH TO THEM

  14. IT’S VERRY GOOD NEWS.I WISH MORE SUCCESS IN FUTURE ……………………………….

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s