बिमल लामिछाने (कुवेत-६६५२९७३७)
सयको हाराहारीमा हातमा पुष्प गुच्छा सहित सुकिला र हसिला अनुहारका मानिसहरुको झूण्डले कुबेतस्थित बिमानस्थलको भीआईपी गेटमै पुगेर स्वागत अभिवादन गरिरहँदा महामहिम महोदयको अनुहारमा निस्केको गजबको चमक सहितको फोटोहरुले कुबेतका श्रमजिबी कामदारको मनलाई पनि निकै खुसी बनाई रहयो, उपेक्षीत श्रमजिबी अप्रवासीहरुले दशकौंको अबैतनिक आशापछि नेपाल सरकारका आधिकारीक प्रतिनिधिले कुबेतमा स्थान पाउनुलाई समग्र कुबेत लगायतका खाडी राष्ट्रमा नेपालीहरुको लागी शतप्रयासको थालनीको रुपमा मानिएको छ ।
बिषेशत: यस क्षेत्रका अन्य देशहरु ईराक, बहराईन देखि अजरबैजान, तुर्कीमिनिस्तान, ईरान र अफगानिस्तान लगायतका देशको लागी अमेरीकि सेनालेसम्म पनि आधार बनाएको कुबेतलाई नेपाल सरकारको आधिकारीक प्रतिनिधिले ढिलै भएपनि स्थान पाउनुलाई स्बागत योग्य कदम मान्न सकिन्छ । अबको लागी कुबेत आसपासको क्षेत्र पनि यस कुटनैतीक आधार क्षेत्र भित्र नेपाल सरकारको आधिकारीक निर्णयले समेट्ला आशा गरौं । सम्भवत नयाँ आधार क्षेत्र स्थापनाको लागी गरिने ब्यापक प्रयासको लागी स्वयम महामहिम ज्यू पनि अनभिज्ञ रहनु होला जस्तो लाग्दैन । बिगतमा युएईमा रहँदाको प्रशस्त अनुभबहरुले पक्कै पनि प्रयासहरु कति सबल र सफल अनि सार्थक भए खाडी लगायतका भेगमा रहेका नेपालीहरुको बिचमा जानकारी कै बिषय हुन सक्छ ।
लाखौ श्रमजिबि नेपालीहरुको आधुनिक गन्तब्य बनेको खाडीका प्रत्येक राष्ट्रमा सामान्य नेपाली कामदारले राख्ने अपेक्षा उनिहरुको कुटनैतीक मिशनसम्म कुन तह र तप्का हुँदै अथवा कुन किसिमको हुनेछ । स्थापित भैसकेका साउदी, कतार तथा युएईका दूताबासहरुले सामान्य कामदारको लागी के कस्तो योगदानहरु दिईरहेका छन र कुन चरणमा श्रमजिबि कामदारको लागी हकहितको कुरा अगाडी बढाईरहेका छन । दुताबासको स्थापना सँगै मौलाएका आशाहरुमा तुषारापात हुन जाने अवस्थामा कुनै पनि एक नेपाली नपरोस् भनेर चालिने हरेक कदमहरु निष्पक्ष, सहज र सुलभ बनाउन चालिने आगामी कदमहरु सँगै अपेक्षाकृत अनुहारको क्रन्दनलाई राजदूताबास प्रतिनिधिको सरकारी जबाफले सम्भबत सन्तुष्ट पार्न सक्ला या नसक्ला, बिगत देखि साउदी अरेबिया तथा कतार लगायतका मुलुकमा नेपाली राजदूताबासले दिने गरेका ओठे जबाफ अथबा सामान्य पहल कदमीका सफलताले ति सबै बिषयको मुल्याङकन गरेर आजको आबश्यकतामा ध्यान दिनको लागी महामहिम महोदयको मनमा श्रमजिबी नेपालीको प्रतीनिधि बनिरहने अभिलाषाले निरन्तरता पाओस ।
हुनत भौतीक पुर्वाधार र जनशक्ती तथा आर्थोक खाकाको बारेमा नेपाल सरकारका निरिह राजदूताबासहरुको बारेमा पनि नसुनिएको भने होईन । बास्तबिकतामा युरोपको कुनै सम्पन्न देशमा अबस्थित दूताबासको तुलनामा पक्कै पनि खाडी राष्ट्रमा भएका दूताबासका काम, कर्तब्य तथा कार्यशैली फरक बाताबरणमा कोरिएका हुन सक्छन । एकातिर निरिह श्रमजिबि कामदारका चुनौती र समस्याहरुको बारेमा छन भने अर्कोतिर अतीकम बिकसीत राष्ट्रको प्रतिनिधिको हैसियतले कुबेत जस्तो समुन्नत राष्ट्रबाट पाउन सक्ने योजना र अनुदानको बारेमा पनि कूटनैतीक प्रयासलाई सफल बनाउन दोहोरो भूमिकामा राजदूताबास प्रतिनिधिले योग्य साबित गराउन स्थापित कदमहरुलाई चुनौतीको रुपमा स्विकार्नु भएकोमा स-सम्मान धन्यबाद ।
हालको अवस्थामा चालिस हजारको हाराहारीमा रहेका नेपाली श्रमजिबी कामदारको दायरालाई बढाएर दुई लाख सम्म बनाउन सकिने कुरामा कुबेतको श्रम बजार सम्बन्धी एक अध्यायनले देखाउँछ । यस बिषयमा पनि दूताबास पक्षले कुबेतका सरकारी तथा गैर-सरकारी क्षेत्रसँग समन्वय गरी नेपालको श्रमीक बजारलाई फराकिलो बनाउन पहल गर्न सक्ने छ । मुख्यत: सबै तह र समुहमा चर्चाको बिषय बनेको कुबेतका घरेलु कामदारको बिषयमा पनि राजदूताबास पक्षले कुन गती र स्पष्टताको आधारमा नीति तथा योजना ल्याउने हो आशाका नजरहरु दूताबासका गतीविधी सँगै छर्लङ्ग हुने नै छन । अझ बिदेशको बन्द कोठा तथा जेल भित्रका चित्कार सहितका स्बागतहरु महामहिम महोदयको कान सम्म कुन गतीमा पुगेर ठोकिने हुन, अनि ति कठोर जन्जालहरुबाट ति निर्दोष आँखाहरुले खुल्ला आकाशमा वैतरणि गरेर नेपाल सम्म पुग्न पाउने बाताबरण कुन मितिमा आएर पुरा हुने हो, मन भाबुक बनाउने जो कोही नेपाली पनि यो बारेमा सोंचिरहँदा नमिठो पिडाले सधैं आलिङ्गन गरिरहन्छ ।
जदौ,














































yo lekh ta dherai purano hoina ra sir haru………..
basi bhahyan ra???????