Daily Archives: 17/01/2010

विभिन्न दुर्घटनाहरूमा सातजनाको मृत्यु, ५८ घाइते

शुक्रबार बिहान झापामा भएको सवारी दुर्घटनामा चारजनाले ज्यान गुमाएको २४ घन्टा नबित्दै पुर्वाञ्चलका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा थप ६ जनाले ज्यान गुमाएका छन् । घटनामा चार दर्जन घाइते भएका छन् । पुर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा शुक्रबार राति भएको दुर्घटनामा परी मर्नेको संख्या तीन पुगेको छ । थप ६ जनाको अवस्था चिन्ताजनक छ । Continue reading

राजदूतबाट सार्वजनिक जानकारी

जय आले (कुवेत)
 
कुवेतवासी नेपालीहरुको बिसौं वर्ष देखिको व्यग्रतापूर्वक प्रतिक्षा पश्चात कुवेतमा नेपाली दूतावास स्थापनाको लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै, कुवेतका लागि प्रथम नेपाली राजदूत नियुक्त भई महामहिम श्री मधुवन प्रसाद पौडेलको कुवेत आगमन भएको पनि आज महिना दिन कटिसकेको छ । यस महिना दिनको अन्तरालमा राजदूत ज्यूबाट के-कस्ता कूटनैतीक पहलहरु भई रहेका होलान जो कुवेतमा पेशारत नेपालीहरुको हितमा कार्यान्वयन हुन सकोस भन्ने कौतुहलता अहिले सार्वजनिक रुपमै जागिसकेको र एउटा चासोको बिषय समेत बन्न पुगेको छ । Continue reading

नेपाल-भारत बीच सम्झौतामा हस्ताक्षर

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र भारतीय विदेशमन्त्री एसएम कृष्णाबीच तराइ क्षेत्रमा हुलाकी सडक बिस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार साँझ कोइराला र कृष्णाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । त्यसैगरी त्यही समारोहमा भारतीय राजदूत राकेश सुद र कार्यवाहक Continue reading

जेल सुरक्षार्थ खटिएका २० प्रहरी निलम्बनमा

कपिलवस्तु, माघ २-  सरकारले कपिलवस्तुका २० प्रहरीलाई निलम्बन गरेको छ । गए राति कपिलवस्तु कारागारबाट ८ कैदी सुरुङ खनेर भागेपछि उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले यो कदम चालेको हो । सइ मनबहादुर थापाको कमाण्डमा रहेको कारागार सुरक्षा टोलीले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । Continue reading

साउदी अरबमा नेपालीहरुको साझा संयन्त्र बन्ने

राम श्रेष्ठ (साउदी अरब)

साउदी अरबमा कृयाशिल नेपालीहरुका बिभिन्न संघ-संस्थाहरु समाजसेवी ब्यवसायी तथा बुद्धिजीवीहरुको १५ जनवरी २०१० मा दमाममा आयोजित एक बिशेष अन्तरकृया कार्यक्रममा प्रबासी नेपालीहरुका बिभिन्न साझा समस्याहरुको पहिचान गर्दै ती समस्या समाधानार्थ सामुहिक र एकिकृत रुपमा पहल गर्न उपस्थित सबैको सर्बसम्मतिमा एक “साझा संयन्त्र” को निर्माण गर्ने निर्णय गरिएको छ । Continue reading

बैदेशिक कल्याणकारी कोष श्रमिक कोष होईन, मन्त्री भर्मणकोष हो

पूर्ण बिक पहाडी / राजेन्द्र खत्री (साउदी अरब)

केहि बर्ष यता साउदी अरबमा रोजगारको लागी आएका नेपालीको बास कहाँ भन्दा प्राय आज भोली सबैले जेलभित्र रहेको अनुभव गर्दछन । हुन पनी साउदी अरबको जेल सबै भन्दा भेरै नेपाली रहेको यहाँको सरकारी निकायको दावी छ साउदी अरबमा हाल जम्मा ५ लाख नेपाली रहेको तथ्याङ्क भए पनी कति छन भन्ने अझै नेपाल सरकार स्पष्ट हुन सकेको छैन प्राय भारत हुदै साउदी अरब आउने हुदा साउदी अरबमा नेपालीको संख्या खासै यकिन हुन सकेको छैन । Continue reading

छरपष्ट योजनाहरु र जेल भित्रका चित्कारहरु

बिमल लामिछाने (कुवेत-६६५२९७३७) 

सयको हाराहारीमा हातमा पुष्प गुच्छा सहित सुकिला र हसिला अनुहारका मानिसहरुको झूण्डले कुबेतस्थित बिमानस्थलको भीआईपी गेटमै पुगेर स्वागत अभिवादन गरिरहँदा महामहिम महोदयको अनुहारमा निस्केको गजबको चमक सहितको फोटोहरुले कुबेतका श्रमजिबी कामदारको मनलाई पनि निकै खुसी बनाई रहयो, उपेक्षीत श्रमजिबी अप्रवासीहरुले दशकौंको अबैतनिक आशापछि नेपाल सरकारका आधिकारीक प्रतिनिधिले कुबेतमा स्थान पाउनुलाई समग्र कुबेत लगायतका खाडी राष्ट्रमा नेपालीहरुको लागी शतप्रयासको थालनीको रुपमा मानिएको छ । Continue reading

सताब्दी कै लामो सूर्यग्रहणको दृश्य देखियो

सताब्दी कै सबैभन्दा लामो सूर्यग्रहणको दृश्य १४ जनवरीमा काठमाडौँमा यसरी देखिएको थियो । यो खण्डग्रास सूर्यग्रहण अफ्रिका र एसियामा देखिएको थियो । नेपालमा ३ घण्टा १८ मिनेट ग्रहण लागेको देखिएको थियो । काठमाडौंबाट सूर्यको ५९ प्रतिशत भाग ढाकिएको देखिएको थियो । यति लामो ग्रहण अब एक हजार वर्षपछि मात्र लाग्नेछ । भन्ने वैज्ञानिक हरुको भनाइ छ ।

प्रचण्डको हातमा फुटबल

राजधानीमा शनिबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मजदुर सहिद स्मृति कप फुटबलको उदघाटन गर्नुभएको छ । उदघाटन पश्चात पहिलो फुटबल प्रतियोगिता आदर्श युथ क्लब कास्की (निलो जर्सी) र सहिद क्लब (रातो जर्सी)बीच प्रतिस्पर्धा भएको छ ।

पर्दा र क्याबिन हटाइने कर्मचारीलाई परिचयपत्र र पोशाक अनिवार्य

होटल तथा रेष्टुरेण्ट व्यवसायलाई मर्यादित बनाईने,

बुटवल २ माघ, होटल तथा रेष्टुरेण्ट व्यवसायलाई अनुशासित र मर्यादित बनाउदै प्रहरी र व्यवसायी बीचको सम्बन्ध सुमधुर बनाउने कुरामा जोड दिएको छ । बुटवल र आसपासका क्षेत्रमा साचालित होटल तथा रेष्टुरेण्ट व्यवसायीभित्र बढ्दै गएको विभिन्न खाले विकृतिलाई नियन्त्रण गर्दै अनुशासित र मर्यादित व्यवसाय बनाउन स्वयं व्यवसायीहरुले आवाज उठाएका थिए । Continue reading

शान्ति सम्झौता विपरीत हतियार भित्रियो

 विस्तृत शान्ति सम्झौता विपरीत नेपाली सेनाले हतियार भित्रयाएको छ । सेनाले शुक्रबार राती १ बजे सुनौली नाका हुँदै नेपाल भित्रयाएको एकीकृत नेकपा माओवादीले जनाएको छ । पार्टीले शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो । Continue reading