होटलकी केटी (यौन मनोवाद)


-रवि भट्ट, विगतका क्षण सम्झदा आगतमा दु:खद पिडाले कोपरिरहन्छ । निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । जन्मदिने आफ्नो वुवाले समेत उनीमाथी जगन्नयिन्ता दायित्व ननिभाएको कारणले जलविरेबाट विस्थापित जीवन विताउनु परेको कटु यथार्थता, म समक्ष पोख्दै रोएकी थिईन । उनका आर्तनादबाट म द्रविभूत हुन पुगें ।

उनलाई सहानुभूतिका शव्दहरु व्यक्त गर्दै सुख-दु:खमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दै हामी एउटै होटलमा काम गर्दै आयौं । मैले मनमनै सोंच्ने गर्थे, त्यति राम्री किशोरी यदि उनको आमाको देहवसान नभईदिएको भए आज उनी एक रेष्टुरेन्टमा वेट्रेस काम गर्नु पर्ने थिएन । उनको आमा बुबाले एक इज्जतदार कुलीन परिवारमा आँगन पोलेर अन्माएर पठाईदिने थिए होलान् । नौमति बाजा संगसंगै विछोडका क्षणलाई विरहमा अलाप्दै जाने थिईन होली । उनी प्रत्येक रक्स्याहा र मतालहरुको अश्लील र यौन पिपासुहरुको यौनतृष्णा मेटाईदिए वापत उनको कुमारीत्वको अस्मिताको मूल्य दिने जस्ता अपाच्य दुष्वचन र दुव्र्यवहार सुन्नु पर्ने थिएन । होटलमा काम गर्दाका क्षणमा सुन्न र भोग्नु परेका यस्ता क्षणलाई सकिनसकी शमन गरेर बाँच्नु पर्दाको वाध्यता देख्दा उनी पारिवारिक मानसिक यातनाले कति पिडित रहिछन भन्ने वास्तविकता मैले सहजै अड्कल काटेको थिएं ।

पारिवारीक तथा मानसिक आक्रमणले आक्रान्तित अपरिपक्व उमेरकी निलम गम्भीर मुद्रामा नै रहेको बढि पाउँथें । बनावटी हाँसो लिएर ग्राहकका सामु उपस्थित हुनु उनको बाध्यता थियो । उनको चढदै गएको पुष्पित र पल्लवित बैंशले उनमा निखार ल्याउँदै गरेको मैले स्पष्टता पाईरहेको थिऐं । वैंशले परिष्कृत गराएको उनको लालित्यवान कौमार्यताले मलाई उकुसमुकुस बनाएर चिमोट्ने र निमोठने गरिरहयो । उनको मध्यम कद विस्फारित लोचन र म प्रति प्रस्तुत हुने मृदुमुस्कान सहितको भद्र चन्चलताले म उनीसंग नजानिदो किसिमले आकर्षित हुन थालिसकेको थिएं । मेरो मनमा उकुसमुकुस भएर मडारिरहेको मनको कुटुरो उनी समक्ष राख्ने जमर्को गरें र आफ्नो मनको उद्वेगलाई पस्किदिएं । मेरो वैवाहिक प्रस्तावले उनमा भुचाल पैदा भएको सहजै अनुमान गरिरहेको थिएं । मेरो प्रस्तावले उनी अवोध वालिका झैं बेसरी रोएकी थिईन त्यसक्षण ।

म शसंकित भएं र आशंकाको वादल मडारिन थाल्यो मेरो मनमा । यदि यो कुरा रेष्टुरेष्टको मालिकले थाहा पाएमा मैले सोंचेको सुखद प्रणय र विवाह बन्धनमा बाँधिने दिवा स्वप्न स्खलित र विखण्डित भै कामबाट समेत निकालिनु पर्ने जस्ता कल्पनाले अतिग्रस्त बनायो । रोदनको साम्यता पश्चात उनैले भनेकी थिईन ‘मेरो कारणबाट तपाई किन समाजबाट उपेक्षित हुन चाहनुहुन्छ हामी होटलमा काम गर्ने केटी त मदिराको मातले उन्मुक्त भएका जँड्याहाको बैंशको उन्माद विसाउने चौतारी हौं । क्षणिक उत्तेजनाको फोहर फाल्ने कन्टेनर हौं । संकीर्ण सोंच भएको जमातमा मैले त उपेक्षा सहन सक्ने क्षमता बटुलिसकेकी छु । तपाई किन यो समाजले कलंकितको उपमाले विभूषित गरिएकी केटीसंग विवाह गर्न चाहनहुन्छ ? आफ्नो घरबाट त अपहेलित र तिरस्कृत भएर बाँच्नु परेको मेरो नारकीय कहालिलाग्दो खाटा बसिसकेको घाउ तपाईको घरमा गएर एक होटलमा काम गरेकी केटीसंग विवाह गरेको वास्तविकता थाहा पाईसकेपछि त्यो तिरस्कार र अपमान म शमन गर्न सक्दिन विन्ति छ मेरो कारणबाट कलंकित भएको तपाईलाई देख्न चाहन्न ।’ मैले उनलाई शान्त्वना तथा ढाडस दिने क्रममा भनें ‘तिमी मेरो लागि निष्कलंकित तथा सदावहार बग्ने गंगा जस्तै छ्यौ । पारिवारिक प्रतिरोधको बाबजुद पनि म तिम्रो साथ छोडन सक्दिन ।’

समय अनवरत सुलुलु चिप्लँदै अनवरतता दिँदै गयो । हामीले मन्दिरमा गई भगवानलाई साक्षी राखी श्रीमान श्रीमतीमा परिणत भएको स्वघोषणा गर्यौ । उनको सिउँदो सजाउँदा उनको निर्दोष लोभलाग्दा आँखा आँशुमय भएको थियो । निलम त्यसक्षण मलाई गम्लङ्ग अँगालो मारेर बेसरी रोएकी थिईन र भनेकी थिईन ‘म जीवनमा धेरै रोएं, नुनमय आँशु धेरै पिएं, आजबाट मलाई कहिल्यै पनि रुवाउने छैन भनेर कसम खानुहोस ल’ भनेर बचनबद्धता गराएकी थिईन । जव मैले निलमलाई आफ्नो घरमा लिएर गएं र एकै रेष्टुरेष्टमा काम गर्ने केटीसंग विहे गरेको जानकारी गराएं तत्पश्चात घरमा गृह कलह प्रारम्भ हुन थाल्यो । मैले सम्झाउने हरेक प्रयास गरें तर बुवा आमाको असहमतिका कारण म निर्लज्जताकासाथ घर छोडनु पर्ने भयो । बुबा आमाको भनाई अनुसार कि त मैले घर छोडनुपर्ने, कि त निलम । संगसंगै मर्ने संगसंगै बाँच्ने कसम खाएर बैवाहिक बन्धनमा बाँधिएको प्रतिज्ञालाई मैले भुसुक्क बिर्सिएर निलमलाई परित्याग गरेंर धोखादिन चाहिन र पुन म काठमाण्डौ नै फर्किए । हामी काठमाण्डौ फर्किएर रेष्टुरेष्टमै काम गर्न थाल्यौं ।

निलम गर्भवती भएको कुरा एकदिन मलाई लाजमान्दै बताईन । ममा एक बाबु बन्ने गर्वले निलमलाई आफ्नो बाहुपासमा बाँधी अनवरत चुम्वनकासाथ मायाँका न्यौछावरहरु बर्षाइरहें । दिनानुदिन महिनाहरु जति पार हुदै गइरहेको थियो, म मा भय र उत्सुकता पनि निलमको पेटभित्र बढदै गएको नवजातसंगै बढदै गईरहेको थियो । कामगर्ने सिलसिलामा दिनहु बढदै गएको उनको पेटले कामगर्न उनलाई अप्ठ्यारो पार्दै गईरहेको थियो । मैले निलमलाई यथाशक्य आरामको जरुरत छ काम छोडिदेऊ भनि आग्रह गरें । उनले असहमति प्रकट गर्दै अरु एक महिना काम गर्ने र संकलित टिप्स र तलवले दुई चार महिना बसेर खानलाई अरु सुविधा हुने जिकिर गरिन । म आँफूपनि न्यून तलव पाउने कारिन्दा भएको कारणले चुपचाप मौनता साँधेर सहमति जनाएं । टिप्सको प्रलोभनमा उनी ग्राहकसंग नजिकिएर बातचित गर्ने तथा ग्राहकरुले उनलाई जिस्काउँदा तथा उनको कपाल र पिठ्यु सहलाउँदा पनि विरोध नगरिकन बस्ने कृयाकलापले मलाई ईष्र्या जागृत हुन थाल्यो । एकाएक उनमा आएको आकस्मिक परिवर्तित स्वभावले म भित्रभित्रै आन्दोलित हुन थालें । गर्भाबस्थामा मैले उनलाई बढी मायाँ दिनुको अलवा उनको भावनालाई नबुझी खनिईरहें । त्यो त उनको वाध्यता र कला थियो ग्राहकसंग बक्सिस प्राप्तिको लागि गरिएको एक अभिनय थियो ।

पुरुष र पति हुनुको अभिमानले मेरा उदारबादी सोचहरु निस्तेज र क्षीण हुदै जान थाल्यो । म गालिमा मात्र सिमित रहिन । उनको गालामा अक्कल झुक्कल थप्पड हान्न पनि पोख्त हुँदै गएको थिएं । ममताले हातका औंलाहरु दौडने लोभलाग्दो बावियो जस्तो लामो कपाललाई जगल्टाका संज्ञा दिँदै भुतल्न सक्ने ‘बहादुर’ पनि बन्दै गएको थिएं । उनको पेट दिनानुदिन जति बढदै जाँदै थियो हाम्रो वैमनस्यताको विष लहरो पनि बढदै र झाङ्गिदै गईरहेको थियो । मेरो ज्यादतिले निलमको सहनसिलताको सिमा नाघेपछि रुदै भनेकी थिईन- तपाईलाई भन्दा खेरी मैले सर्वस्व त्यागी तपाई प्रति समर्पित भएं, विवाह गर्न राजि भएं, अहिले दोजीया भएको अवस्थामा तपाईको मायाँ र सहयोग पाउनु कता हो कता अझ मलाई पिट्ने र नानाथरी लान्छना लगाई तुच्छ व्यवहार गर्नुहुन्छ । आफ्नो घरको अंश खान पाउने जन्मशिद्ध अधिकारलाई त लिन नसक्ने लाछिले कस्तो मायाँ दिएर यो पेटभित्रको बच्चालाई र मलाई पाल्न सक्नुहुन्छ ? मलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस । म तपाईको दासी होईन । यिनै अन्तिम वाक्यले मलाई नराम्रो झट्का पुर्यायो । फलस्वरुप सुमधुरता र निकटता हुँदै जानुपर्नेमा उनी र ममा कटुता र दुरताको दरार गहिरिंदै गयो । हामी एउटै घरको छतमुनि बस्न नसक्ने अवस्थामा पुग्यौं । परिणामतः हामीहरुको मौखिक डिभोस्र भयो र म निलमलाई काठमाण्डौंमा नै छोडी आफ्नो घरतर्फ हानिएं गर्हौ कदम लिएर ।

चार वर्ष पश्चात मलाई निलमको भन्दा पनि हाम्रो प्रेमको प्रतिफल स्वरुप जन्मिएको बच्चा के भयो होला, छोरा भयो कि छोरी भयो होला, कस्ले न्वारान गरे होलान ? यावत कुराहरुले झक्झक्याईरह्यो । अवोध जन्मजातको सम्झनाले गर्दा निलमको सहनशिलताप्रति तारिफ गर्दै सहानुभूति जागृत हुन थाल्यो । होटलमा काम गर्ने केटी न ठहरिईस स्वभावलाई परिवर्तन गर्न कहाँ चाहन्छेस र यि तुच्छ शव्द त्यसवेला कसरी चिप्लिए, ग्लानिबोध हुन थाल्यो । आवेशमा मैले गरेको गल्तिले मलाई भत्भति पोल्न थाल्यो र आत्मनिर्णय गरें । बुबाको देहवसान भैसकेको र आमाले मेरो रोजाईलाई अस्विकार गर्न सक्नुहुन्न भन्ने सोंचेर म निलमलाई लिन काठमाण्डौ नै आएं । निलमले त्यो होटल पहिल्यै नै छोडिसकेको र उनी सरेको स्थान तथा घरको ठेगाना लिएर म सोध्दै, खोज्दै पुगें । कम्पित मेरा कदम सकिनसकि घिसार्दै मनमा अनेकौ तर्कना खेलाउँदै म अघि बढदै गएं । ओहो मैले त निलम र हामी द्धयवीचको निशानीको संरक्षण र दायित्व निभाउनु पर्छ नै । नत्र त्यो अवोध वालिकाको श्रापित पीडा अनन्तसम्म भोग्नुपर्छ । विगतका क्षणमा आलिङ्गनमा बाँधिएर प्रेमप्रलाप विनियम गरेको सम्झँदा मेरो चक्षु श्रावित हुन थाल्यो ।

नयाँ वानेश्वरको व्यवस्थित रुपमा खोलिएको हार लाएर थापिएका तरकारी पसलका पंक्तिबद्ध लाममा मेरो आँखाहरु चहार्न थाल्यो । अनायास मेरो र निलमको आँखा एक हुन पुग्यो त्यहाँ । मेरो चेहरामा गाम्भिर्य भावमुद्रा सिर्जित भएको महसुस भएको थियो भने उनमा एक दृढ आत्मविश्वास । मेरो आँखा एक्कासि छोरी खोज्नलाई हतारिन थाल्यो र सोध्न पुगिहालें ‘छोरी खोई त निलम’ म उत्तरको प्रतिक्षामा व्यग्र भएर बसें, उनीले मेरो प्रश्नको वेवास्ता गर्दै ग्राहकहरुलाई तरकारी जोखेर दिने र पैसा लिने सिलसिलामा व्यस्त रहिन ममा पुनः प्रश्न गर्ने साहस झन विलय हुन पुग्यो । अलि पर वच्चाहरुको वालक्रिडामा निमग्न खेलिरहेको हुलमा आँखा हानियो । म बाल्यकालको बालगीतमा रमाईरहेका बालबालिकाहरुको थुप्रोतर्फ्र गएं । यिनै बालगीत त मैले बाल्यकालको क्षणमा कति मुखबाट ओकलें होला । आफ्नो शैसवकालको वाल्यस्मृतिले मलाई झन रोउँ रोउँ बनाई रहेको थियो ।

सबै साथी संगीहरुको हस्तवन्धनको विच घेरामा बन्धित नयाँ चेहरामा अतिकति अपनत्व पाएं । शुक्ल पूर्णिमाको जुनजस्ती वाटुलो मोहडा निलमको जस्तै सुन्दर गोरोवर्ण गुच्चाजस्ता गोलागोला आँखा पुतलीजस्तै फर्याकफुरुक गर्दै बालसुलभता र बालचन्चलता प्रस्तुत गर्दै बालक्रिडाको आनन्ददायी कृयाकलापमा खेलिरहेकी नै मेरी छोरी हो भन्ने अड्कल काटेर बोलाएं । उनी निर्भयताका साथ मेरो सामु ठिङ्ग उभिईन । मैले प्रश्न राखें ‘तिम्रो नाम के हो नानुमायाँ ।’ तिम्रो नाम कसले राखिदिएको नि किन मायाँ नै राखेको नि मम्मीले, हाम्रो बुबा हुनुहुन्न रे अनि बुबाको मायाँ पनि मम्मीले नै दिने गर्नु भएकोले मेरो नाम मायाँ राखेको नि ।’ छोरीको गम्भीर उत्तरले म झनझन गलित हुन थालेको महशुस भईरहेको थियो । आफ्नो पैताला मुनिको भू-तल भासिंदै गएको भान भईरहेको थियो म आफूलाई सम्हादै छोरीलाई शिरदेखि पाउसम्म नियाली रहें । काठमाण्डौंको चिसो ठिही ठाउँठाउँमा कुँयेत्रो लागेर फाटेका महिला जामा खालि खुट्टा घाँटी र हातका पाखुरामा जमेर स्पष्ट देखिएको मयलको काँठ देख्दा म आफूलाई धिक्कारीरहें । निलम र छोरीलाई निरिह वेसहारा वनाएर कारुणिक मानसिक तथा आर्थिक दारिद्रयतामा बाँच्न बाध्य बनाउने पापी मै हुँ । भनेर भित्रभित्रै भक्कानिएर रोईरहें । अपराधवोधले मेरो ओठ थरथराई रहेको थियो ।

के थाहा विचरीलाई यस्ता प्रश्न गर्ने र सामान्य वादविवादको कारणले उस्को मम्मीलाई गर्भावस्थामा एक्लै छाडिजाने एक स्वार्थी वावु हो भनेर । अन्यमनस्क भावले उनले मलाई नियालेर सोधेकी थिईन ‘तपाई कहुको अँकल हो’ मेरो सामर्थ्य रहेन । धैर्यताको बाँध टुट्यो र अनायास साउनको वर्षे झरी झैं मेरो आँखाबाट आँशुहरु बर्सिरह्यो । म निरुत्तर तथा किँकर्तव्यविमुढ भएर उभिईरहें । हामी बाबु छोरीको विचमा निलम आईपुगिन र चार/चार वर्षसम्म विताएको संघर्षमय व्यथाको तिक्तता सबै पोख्न थालिन । आज तपाई यहि होटलमा काम गर्ने केटीलाई नै भेटन आएर खाटा बसिसकेको घाउ कोट्याउन आउनु भयो होईन, के त्यति अक्ष्यम्य अपराध गरेकी थिएं र यति ठूलो सजायको भागी बनाउनु भयो, यतिका वर्ष तपाईको सहयोग र मायाँ विना मैले कसरी के खाएं होला, छोरीलाई के ख्वाएर लगाउन दिएं होला, कहिल्यै सम्झना आयो तपाईलाई ?

कति कठोर हुन सक्दो रहेछ होईन पुरुष हृदय तपाईको आँखा अगाडी पवित्र हुन नसकेकी होटलकी केटी यतिका वर्षसम्म हामी एउटै भूगोलको दूई पाटो भएर अलग जिवन व्यतित गरी वस्दा तपाईको ईष्र्यालु र शंकालु संकीर्ण सोचाईमा कति परपूरुषले वर्वाद पारे होलान कतिले लुछे र थिचे होलान, तपाई कल्पना गर्न सक्नुहुन्छ म आफु पवित्र छु पतिव्रता छु र एक पत्निले निर्वाह गर्नुपर्ने सत्यताको सिमारेखा उलँघन नगरी तपाई विनाको एक्लो जिवन पनि तपाईले कोर्नु भएको सिउँदोको गोरेटोमा तपाईकै नाम जपी सिन्दुर लगाएर बाँचिरहेकी छु भन्ने कटु यथार्थतालाई पत्याउन सक्नुहुन्छ, मलाई अपनाउन सक्नुहुन्छ ? यदी छोरीको मात्र मायाले भेटन आउनु भएको भए विन्ति छ अवदेखि कष्ट नगर्नुस् । यो छोरी र म माथि दायित्व निभाउन नसक्ने व्यक्ति पिता र पति हुन सक्दैन । विजदान गरेर एक निरीह नारीलाई गर्भिणी बनाई लत्याएर जानेलाई म पिता र पति मान्न तयार छैन । उनी आफ्ना चार वर्षसम्म भोगेका भयावह सर्वकालरात्रिका निरस र पट्यार लाग्दा भोगाई मुख र आँखाबाट संगसंगै पोखिरहिन । मैले गरेको गल्तीलाई माफ देउ अव आइन्दा यस्तो हुने छैन । तिमी मसंग अव यति नै बेला घर जानुपर्छ हो निलम तिमी अव यति नै बेला म संग घर जानु पर्छ । अपरिपक्व विचलित मेरो शंकालु मनले विगतका २६ वर्ष अघिका घटनाले मलाई आजपनि झस्काईरहन्छ । आज पनि झस्काईरहन्छ ।

Posted by: Jay Ale                      Collection: Saugat Subedi

About these ads

31 responses to “होटलकी केटी (यौन मनोवाद)

  1. yo hotel ki keti sirsak paderamalai yesto lakcha ki
    keti harule pani kehi garnu vanda pahila sochnu parcha vabaisya ko abarema ani ketale pani ketiharuko vabisyamathi khelwad garnu hudaina aas dekhara nirash banaunu hudaina

  2. kapil le bhane jashtai ma pani yo kurama sahamati din6u. malai yo katha dherai ramro lageko karanle ma yashto ramro katha lekhne sarhi thank u ra well don bhanna chanchu.

  3. i lick a this story your just only sem rating a long time a riter

  4. katha padhe sari dukhalagyo .sachhi purus haru dekhawatimaya gar6an .jaba manislai dukha par6 ani barbat banayera 6odera jan6an .kathi nilam ji tapai kahahunuhun6 malaita tapai sang bhetnapo manlagyo .

  5. this is truly happen to Nepali women. Thanx for writing this article publishing in this media. its touch my hearn.

  6. thankyou for give information about love and married life

  7. haaaaaaaa malai ta padnai man lagena lamo rahechha

  8. Katti lamo ghatna…. suru ma satya katha pachhi ta upanyas lepadhe jasto po lagyo !! Bichai ma tungyaera sutnu gae,,,,,,,,,, !!

  9. story is really heart touching…

  10. REALLY STORY IS HEART TOUCHING

  11. yo story pddat aakha bat aasu nhi aayo

  12. yesto story lekhnu vayako ma thanks,

  13. yes aandho samaj ra bigrindai gayeako yuwa yuwati lai bato dekhaunea tapaiko yo sanu prayas ko lagi hajurlai dherai dherai dhanyabaad

  14. कथाको टिप्पणी गर्नु भन्दा पैला कथाको गहिराइ र तेस्मा भएको मार्मिक पक्ष केलाउनु आवश्यक हुन्छ। होटलकी केटी शीर्शकमा लेखिएको यो मनोवाद अत्यन्त हृदयश्पर्शी छ भन्दा अत्युक्ति नहोला, यस्मा नारी हृदय र पुरुष हृदय को तुलना गरिएकोछ र जुन यथार्थ पनि छ। परिस्थितीले नीलम लाई होटेल मा काम गर्नु पर्ने बाध्यता गराये पनि उनिभित्र भएको स्रीशुलभता र मामाता छदैथियो। तर पुरुष ले बुझ्न नसक्दा त्यो उनी त्यागिये पनि आफूभीत्रको नरित्वको सम्रक्षण गरिन र बच्चिलाई सुन्दर भविश्य दिनलाई शब्जी ब्यापार गरिन! तर हठात आएको त्यो कठोर पुरुषलाई म भएको भये त्यति सजिलै माफि दिन्नथे तर बिशाल हृदयकी खानि नीलम ले मफिगरिन! धन्य छौ नीलम! यो ह्रिदयश्पर्शी कथा पडेर मेरो मन अघाएको छैन, म फेरि पड्दै छु “प्रवासी”

  15. katha ramro sanga office ma basera, pade…katha fittikai man parena…malai Naramro kura kahilei pani ramro lagdaina…
    Sabai dukha pida, bedana chitkar le variyoko arkako katha padera ramro lagyo vanne ma paridina….Its too bad story…

  16. katha sabai pade..Malai yo katha fittikai man parena…kina vane Sabai pida byatha bedana, chitkar…malai arkako pida bedana padera ramro lagyo vanne bani nai 6ina…Its too bad story……Kasari Ekdam Ramro katha vanum>???>?>

  17. yo katha ma ta purus lay jay pane garna hunay mahela chay lachar bhayera basnay purus bena ta jebhan ta nachalnay jastyo kura bhayo ta hame naree lay pane swabalambee bhayera bachna sakcho kaya

  18. आफ्नु परिवार देखी टाढा रहनु पर्ने प्रदेशी जीवन को यो एक पिडा हो यस माथि पनि अस्वस्थ,शारीरिक पिडा…
    जेहोस् मलाई हामी नेपालीमा एउटा यो कुराको को पनि गर्ब लाग्छ। त्योहो आत्मियपन,सहायोगि मन। एक अर्कालाई दु:ख पर्दा खुलेर सहयोग गर्छन् यो नै हाम्रो साकारअत्मक बिशेषता हो। उहाको यो दु:ख प्रती म पनि चिन्तित छु। आफुले सकेको सहयोग गर्दै आएको छु र उहालाइ पनि गर्ने छु
    Suresh Thapa
    DLA-Escort

  19. wow great story yaar.

  20. DUKHA LAGO SUNDA

  21. कथा धेरै नै राम्रो छ, तर निलम जस्ती सबै जना येस्तई नै बिस्वसिलो र भरपर्दो हुन्छ भन्ने पनि लाग्दैन मलाई त, होइन सबै नराम्रा भन्न खोजेको पनि होइन मैले,तर कोइ कोइ एस्त पनि हुन्छन, जस्तै यो कथा को हिरो ले सोचे जस्तै पनि…..हुन सक्छन,

  22. is this real story? the story is the real depiction of nepali society

  23. बालकृष्ण घिमिरे,कुवेत

    सर्वप्रथम म होटलकी केटी(यौन मनोवाद)का लेखक रवि भट्ट प्रती आभार प्रकट गर्दछु,हामी पुरुषहरु त्यही होट्लमा जान्छौ र निलम जस्ता नारिहरुको अस्मिता माथि धावा बोल्छौ तर आफ्नी प्रेशी,प्रेमिका वा जीवन संगिनिले जिउनकालागी गरेको संघर्षलाई गालामा थप्पड हान्दै तिरस्कार गर्छौ।निलम जस्ता धेरै नेपाली नारिहरु यो मरुभुमिमा पनि पुरुषहरुको क्षिणिक मनोरन्जका साधन भएका छन।वाध्यता र बिवशतामा जकडिएर यौन ब्यवसायमा फसेका नेपाली चेलीहरुलाई घिणा गर्ने हामी नेपाली दाजुभाइहरुलाई दह्रो चड्कन दिएको छ यो लेखले।

  24. when i read this love story it takes some times but the story is very nice in the begining they have a gud love and divorce but the boys accept his mistke at last they have a compromises thts gud

  25. यो कथा वास्तब मा कथा मात्र नभई वास्तबिक पनि हो जस्तो मलाइ लाग्छ र यो कथा पढ्दापढ्दै मेरो आखा अनायास नै रसाउन पुगे |

  26. aaj smma 2 choti pdhe r 2 choti nai aakha bat aasu bgyo ksto khani ho yo

  27. its very great story, its touched my heart, & boys frn try to understant it.

  28. this is realatd story.
    हाम्रो देश नेपालमा हाम्रा दिदि बहिनिहरुले यस्ता पिडाँ भोकि रहेका छन्|मलाई तपाईले लेख्नु भएको story मन पर्यो| यो कथा पढ्दा पढ्दै मेरो मुटुमा चोट पर्यो निलम जि को पिँडा सुनेर| i want to सौतेनि आमालाई निलम जि को दुःखको सराप लागेर किरा पडि कुई-कुई मरिझौ|ha…ha…hu…hu…hi…hi… jawanike jos me hos nahi nikala sala kutta baad me pachtagaya.

  29. khashai makai lacxa ki yo
    shte hoina ki na ki kasaile aaphono barema yasto lekhnu huuu na aaphono barema kekhnu pani galt ho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )