Daily Archives: 11/01/2010

सहयोगको लागि हार्दिक अपिल !!

न्युज अपडेट,

आदरणीय प्रवासी दाजुभाई तथा दिदीबहिनीहरु;

गत १५ डिसेम्वर २००९ को दिन, कुवेतको एरिस्को कम्पनिमा कार्यरत, स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका वार्ड नं. आठ घर भएका ३८ वर्षिय युवक नरेश बिक्रम शाहको एक असामयिक निधन हुन पुगेको थियो । मृतकको घरमा मृतककै पौरखबाट जीबन यापन गर्न विवश, डाँडा माथिका घामसरी बुढा बाबु-आमा, श्रीमती र नावालक छोरा समेत रहेको सम्बन्धित स्रोतबाट खुल्न आएको छ । प्रवासमा पौरख गरी परिवारको लालनपालन गर्ने शाहको मृत्‍युले परिवारमा कस्तो असर गर्ला र अबको अवस्था कस्तो होला ? शायद त्यस किसिमको अनकण्टार सन्नाटालाई हामीले शब्दमा व्याख्या गर्न नसकिएला । यिनै कटु यथार्थलाई मनन गरि दया जाग्ने जो कोही दयालु प्रवासी सज्जन बृन्दहरुलाई सक्दो आर्थिक सहयोग गरी मृतकको परिवारलाई केही मात्रमा भए पनि राहत पुर्‍याई दिनु हुन मृतकको परिवार र आफन्तजनको तर्फबाट हार्दिक अपिल गरिन्छ । Continue reading

सुरु भयो सिमा क्षेत्र अबलोकन

अतिक्रमिक सीमा क्षेत्रको अवलोकनका क्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मिचिएका सिमा र राष्ट्रिय स्वाधिनताका लागि अन्तिम सम्म लडिरहने बताउनुभएको छ । आइतबार कञ्चनपुरको टनकपुरको ब्रम्हदेवमा भारतद्वारा अतिक्रमित सिमा निरिक्षण पछि ब्रहदेवमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष प्रचण्डले विदेशीसंग घुँडा टेकेर मात्रै सिंहदरबार पस्न पाईन्छ भन्ने पुराना शासकको मानसिकता तोड्न जरुरी भएको बताउनुभयो । Continue reading

मुनामदन रुसी युवायुवतीले गाउन पाउने

गैरआवासीय नेपाली संघ रुसको पहलमा बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठले मुनामदन रुसी भाषमा अनुवाद गर्नु भएकाले उक्त काव्य रुसी जनजीब्रोले गाउन पाउने भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट कृतिमध्येको एक मुनामदन अब निकट भविष्यमै रुसी युवायुवतीले गुनगुनाउन पाउने भएका छन् । Continue reading

होटलकी केटी (यौन मनोवाद)

-रवि भट्ट, विगतका क्षण सम्झदा आगतमा दु:खद पिडाले कोपरिरहन्छ । निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । जन्मदिने आफ्नो वुवाले समेत उनीमाथी जगन्नयिन्ता दायित्व ननिभाएको कारणले जलविरेबाट विस्थापित जीवन विताउनु परेको कटु यथार्थता, म समक्ष पोख्दै रोएकी थिईन । उनका आर्तनादबाट म द्रविभूत हुन पुगें । Continue reading

विश्वब्यापी नेपाली गजल प्रतियोगिताको पहिलो चरण सफलतापूर्वक सम्पन्न

प्रनेसा समाज- 

डायस्पोरामा सक्रिय संस्था प्रवासी नेपाली साहित्य समाज प्रभात वेलायत ब्रुनाईको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा विश्वब्यापी रेडियो गजल प्रतियोगिताको पहिलो चरण अन्तर्गत गजल स्रष्टाहरुको अत्याधिक सहभागिता रहेको छ । आफ्नै स्वरमा गजल रेकर्ड गरि इमेल मार्फत आयोजकलाई पठाई Continue reading

खोरेत रोग नियन्त्रण गर्न धामीझाँक्रीबाट झारफुक

पशुहरुमा खोरत रोगको लक्ष्यण देखिएपछि म्याग्दीको हिस्तान गाविसको औल रिम र सबन्देका बासिन्दाहरुले धामीझाँक्री र झारफुक गरेका छन् । औषधी उपचारका साटो धामीझाँक्रीबाट झारफुक गरेका कारण र्‍याल काढ्ने, खुट्टा खोच्याउने झोक्र्याउने जस्ता लक्ष्यण देखिने रोगको प्रकोप फैलीएको स्थानीय कृषक यामप्रसाद पुर्जाले बताउनुभयो । Continue reading

कोइराला परिवारको जग्गाकब्जा गर्ने चेतावनी

विराटनगर-७ ब्रम्हपुरा टोलमा रहेको कोइराला परिवारको जग्गामा बस्दै आएका झण्डै ८० परिवारले मोहीयानी जग्गा पाउनुपर्ने अडान राखेका छन् । मोही जग्गा नामसारी नगरिदिए त्यहाँ रहेको कोइराला परिवारको १४ बिघा जग्गा कब्जामा लिने उनीहरुले धम्की दिएका छन् । Continue reading

पर्साका सहायक प्रजिअमाथि गोली प्रहार, अंगरक्षकको मृत्यु

आज बिहान १० बजेर १० मिनेट जाँदा वीरगन्जको रानिघाटमा अज्ञात व्यक्तिले पर्साका सहायक प्रजिअ बलबहादुर मल्ललाई अन्धाधुन्ध गोली प्रहार गर्दा उनका अंगरक्षक आनन्दराज खड्काको मृत्यु भएको छ । मल्ललाई गोलीको छर्रामात्र लागेको हुनाले उनी खतरामुक्त छन् । Continue reading

सम्मान स्वरुप ‘श्राद’

नेपालका प्रमुख ३ दलले देश टुक्रयाउन लागेको भन्दै नेपाल बचाउ अभियानमा आफ्नो साथ दिन आग्रह गर्दै आफुलाई ‘नेपालको खलाशि’ भन्न मन पराउने लक्ष्मण सिङ खड्काले आइतबार स्वर्गिय राजा पृथ्वीनारायण शाहको श्राद गरेका छन । सिंहदरबारको पश्चिम गेटमा बिधी पुर्बक सम्पुर्ण सामान जम्मा गरी गरिएको श्रादमा उनको साथ काभ्रेका पन्डित बिष्णु हरी पाण्डेले दिएका थिए । Continue reading

‘मिस टिन’ सृष्टि न्यौपाने भइन

मिस टिन २०६६ को उपाधि सृष्टि न्यौपानेले जितेकी छिन् । क्याम्पियन स्कुलमा कक्षा १२ मा अध्ययनरत सृष्टि ट्राभल एजेन्सीसित आवद्ध छिन् । विजयी भएलगत्तै उनले भनिन्, प्लस टुपछि विदेशिने सोंच थियो तर अब नेपालमै सामाजिक कार्यमा लाग्छु । उपाधिसँगै उनले ३१ हजार नगद पाइन् । उनी मिस फोटोजेनिक समेत भइन् । दिव्यप्रभा झा र अदिति खरेल मिस पपुल्यारिटी प्रियंका श्रेष्ठ मिस ग्यालरस, नावाङ मोत्तान मिस कल्चर, भावना गुरूङ मिस क्याटवाक, सुप्रभा चन्द र अमिरया खनाल उत्कृष्ट हेयर भए । Continue reading

काटियो बन्दकर्ताको नाक

संघीयताको विरोधमा उपत्यका बन्दको आह्वान गरेको जनमोर्चाका एक कार्यकर्ताको आइतबार नाक काटिएको छ । नाक काटिएका सूर्य बहादुर नेपालीको वीर अस्पतालमा उपचार भइरहेको छ । गहिरो चोट लागेकोले टाँका लगाएको आकस्मिक कक्षकी डाक्टर बिनिता जोशीले भनिन् । आइतवार संघीयताविरुद्धमा जनमोर्चाले उपत्यका बन्द गराएको थियो । Continue reading