Daily Archives: 09/01/2010

साहित्य र पत्रकारिता बारे छोटो चर्चा

मनोज काफ्ले (कुवेत)
 
नेपाली पत्रकारिताको विकास साहित्यिक-पत्रकारिताबाट सुरू भएको हो भन्ने अभिमत पनि हामी बीच छ । यस विषयमा थप अनुसन्धानको खाँचो छ । किनभने एक शताब्दीभन्दा लामो इतिहाँस उल्लेख गर्दै नेपाली साहित्यिक-पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित सुधासागरबाट भएको भनिए पनि त्यसको प्रामाणिक प्रति उपलब्ध छैन । नेपाली साहित्यिक-पत्रकारिताको इतिहाँस र वर्तमान दुवै नै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्वरूप र चरित्रमा प्रवाहित रहेको छ ।

नेपालीय नेपाली धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील साहित्यिक-पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा महत्वपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली Continue reading

मात्रिका र जगत यादव संविधानसभाबाट निश्काशित

२५ पौष । तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधानसभामा सदस्य मातृकाप्रसाद यादव र जगतप्रसाद यादवलाई संविधानसभा सदस्यबाट निष्कासन गरिएको छ । संविधानसभाको शनिवार बसेको ७७औँ बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको अन्तरिम संविधान २०६३ को धारा ६७ र संविधानसभा नियमावली २०६५ को नियम १४३ र १४४ बमोजिम उहाँहरुको संविधानसभा सदस्य पद रिक्त भएको जानकारी गराउनुभयो । Continue reading

नेपाली जनसम्पर्क समिति कतारको वनभोज २२ जनवरीमा

कुमार कार्की (कतार)

नेपाली जनसम्पर्क समिति कतारको प्रथम महाधिवेशनको वर्षगाँठको उपलक्ष्यमा वनभोज तथा रक्तदान कार्यक्रमको आयोजना आगामी २२ जनवरीका दिन गर्ने भएको छ । नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा नेपाल बाहिर विशाल संजाल बनाएको नेपाली जनसम्पर्क समिति कतारले गत साल नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा तथा युवा नेता गगन थापाको उपस्थितीमा पहिलो महाधिवेशन सम्पन्न गरेको थियो । Continue reading

माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप सम्बन्धी जरुरी सूचना !!

मिति: ०९ जनवरी २०१०

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी ०५ फेब्रुवरी २०१०, शुक्रवारको दिन देखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजनामा; माउण्ट एभरेष्ट एम. बि. बमजन अन्तर नेपाली गोल्ड कप फूटवल टुर्नामेण्टको संचालन हुन गई रहेको जानकारी गराइन्छ । नक आउटको आधारमा खेलाईने यस टुर्नामेण्टको टिम दर्ता र टाईसिटको लागि गोला प्रथा यही आगामी २९ जनवरी २०१०, शुक्रवारको दिन कुवेतस्थित मालिया पार्कमा गराइने समेत जानकारी गराइन्छ । Continue reading

MESC कुवेत र कुवेतनेपाल डटकमको सूचना !!

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको कार्यकारीणी समितिको सदस्य पदमा कुवेतको अल-रायद सेक्युरिटी कम्पनीमा कार्यरत, श्री मनोज काफ्ले ज्यूलाई ०८ जनवरी २०१० देखी लागु हुने गरी क्लव कार्यसमितिको बैठकले नियूक्त गरेको जानकारी गराईन्छ । Continue reading

धरानमा प्रहरीले पत्राकार कुटे

धरानबाट प्रकाशन हुने ब्लास्ट टाइम्स दैनिकका संवाददाता चन्द्रमणि कट्टेललाई बिहिबार राति ड्यूटीमा खटिएका प्रहरी हवल्दार चित्ररन्जन सहनी र जवान दीपक खत्रीले कुटपिट गरेका छन् । धरानको पुतली लाइनमा ट्राफिक जाँचको क्रममा विवाद चलिरहेको अबस्थामा समाचार संकलन गर्ने क्रममा त्यहाँपुगेका पत्रकार कट्टेलमाथि आक्रमण गरेका थिए । Continue reading

तमू समाज कुवेतको ल्होसार पर्व भव्यताका साथ सम्पन्न

जय आले / मनोज काफ्ले (कुवेत)

०८ जनवरी २०१०, शुक्रवारको दिन कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा कुवेतवासी तमूहरुले ल्होसार पर्व भव्यताका साथ मनाएका छन । कुवेत नगरीमा तमू समाज कुवेतको गठन पश्चात यसरी आफ्नो परम्परिय पर्व ल्होसार सार्वजनिक रुपमै मनाएको यो पहिलो पल्ट हो । र जसलाई २०० को हाराहारिमा उपस्थित तमूवर्गहरु र अन्य सबैले एक ऐतिहाँसिक कार्यको रुपमा लिएका छन । कुवेतमा हालै संगठित तमू (गुरुङ्ग) समाज कुवेतले आयोजना गरेको यस कार्यक्रमको संचालन धीरज तमूले गर्नु भएको थियो भनें तमू समाज कुवेतका अध्यक्ष अमर तमूको सभापतित्व र कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेल ‘दम्पती’ ज्यूको प्रमुख आतिथ्य रहेको थियो । Continue reading

नेपालको राष्ट्रियता सङ्कटमा -डा. भट्टराई

धनकुटामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नु हुँदै एकीकृत माओवादी का उपाध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको आन्दोलन विदेशी हस्तक्षेपको विरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा भइरहेको बताउदै विदेशी हस्तक्षेपले नेपालको राष्ट्रियता सङ्कटमा परेकाले तत्काल विदेशी हस्तक्षेप रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अब पनि सहमति नभए अबको आन्दोलन सशक्त हुने भएको बताउँदै संयुक्त जनआन्दोलन Continue reading

अब कुट्ने पालो विद्यार्थी नेताको

नयाँ नेपालमा जलाई जे मन लाग्यो तेही गरे हुने भएको छ । आफ्नो बिचार सँग सहमत नभए कुट्ने पिट्ने मार्ने धम्काउने क्रम त बिभिन्न राजनीतिक पाटी र तिनका छाता सङ्ठनहरुले गरेका छन गरिरहेकै छन । यसै क्रममा पद्मकन्या क्याम्पसकी स्ववियु सभापति लालकुमारी पोखरेल (स्वस्तिका) ले  सहायक क्याम्पस-प्रमुखदेखि स्ववियु सदस्यसम्मलाई कुटेर घाइते बनाएकी छिन् ।  स्ववियु सभापति  पोखरेलले क्याम्पसभित्र छुरी, ह्याम्मर र हेल्मेट प्रयोग गरेर आक्रमण गरेको पीडितहरूले बताएका छन् । स्ववियु सभापति पोखरेलले आफ्नो अनुकूलका निर्णय गरेर अरू पदाधिकारीको उपेक्षा गरेका कारण स्ववियुभित्र आन्तरिक विवाद बढेको छ । Continue reading

शिर्ष नेताहरुको संयन्त्र बन्यो

लामो समयको विवाद र छलफल पछी प्रमुख दलका शिर्ष नेताहरु नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला संयोजक र सदस्यमा माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचन्ड’ र एमाले अध्यक्ष झलनाथ खनाल रहनु भएको एक उच्चस्तरिय राजनीतिक संयन्त्र गठन भएको छ । शुक्रबारको बैठकपछि शिर्ष नेताहरु  कोइरला, दाहाल र खनाल् द्वारा हस्ताक्षर गरिएको बक्तब्यमा आवश्यकता अनुसार  समितिमा अन्य दल र सदस्यहरु पछि थप्दै लगिने  बर्तमान राजनीतिक गतिरोध अन्त, Continue reading

क्षेत्री समाजद्धारा आन्दोलनको चेतावनी

राष्ट्रिय अखण्डता र जातीय सद्‍भावको निम्ति क्षेत्री  एकता आजको आवश्यकता भन्ने नारा सहित स्थापित क्षेत्री समाज नेपालले संविधानमा क्षेत्री हकअधिकार स्थापित नभए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिएको छ । बिहिबार काठमाडौमा एक पत्रकार सम्मेलन गरी समाजले सो चेतावनी दिएको हो । Continue reading