विश्वको सबैभन्दा अग्लो धरहरा अब दुबईमा

उमाकान्त पाण्डे, यूएई- दुबई संसारकै सबैभन्दा अग्लो धरहरा अर्थात् टावर यूएइको दुबई शहरमा बनेको छ । शुरुमा बुर्ज दुबई भनेर भनिएको भएपनी अहिले त्यस्को नाम परिवर्तन गरी बुर्ज खालिफाह बनाइएको हो । यूएईका सात एमिरेट्स अन्तरगत मुख्य राजधानी आबुधाबी राज्य सरकारका रुलरकोले गएको बिश्व आर्थिक मन्दिका कारण सो धरहारा निर्माण कार्य धरापमा परेको भन्दै ठुलो धनराशीको सहयोग गरेकोले सो भवनको नाम बुर्ज खालिफाह बनाइएको हो ।

२००५ मार्चमा बनाउन सुरु गरेको सो धरहरा २०१० जनवरी ०४ सम्ममा पनि पूर्ण रुपमा तयार भईसकेको छैन । यधपी लक्ष्य अनुरुप आफ्नो भवनको उद्दघाटन गत सोमबार गरिएको छ । सो भवनको उचाइ ८२८ मि. रहेको छ जस्मा १६२ तलाहरु रहेकाछन । अनी यो धरहरा बनाउदा करिब् करीब साढे एक बिलिएन यू .एस. डलर लागेको अनुमानित खर्च विवरणमा देखाइएको छ ।

अब यो टावर अवलोकन गर्नकालागी भने प्रती ब्यक्ती १०० धिराम्स करिब नेपाली रुपैया २ हजार लाग्ने बताइएको छ भने १२ बर्ष देखी मुनिकालाई भने ७५ धिराम्स मात्र लिईने भएको छ । यसमा राखिएको लिफ्टले ६५ सेकेन्डमा नै अन्तिम तलामा पुराउने छ जस्को उपयोग त्यहा अवलोकन गर्न जाने आम जो कसैले पनि गर्न पाउने छन । अर्थात १६२ तलामा पुग्नलाई ६५ सेकेन्ड लाग्छ । यो भवनले ओगटेको क्षेत्रफल ३,३४,००० बर्ग मिटर रहेको छ । सो भवन को निर्माणका लागि हजारौ नेपाली कामदार पनि संलग्न रहेका थिए ।

स्मरण रहोश संसारकै सबै भन्दा ठुलो सोपिङ सेन्टर दुबइमहल नामक ब्यापारिक केन्द्र पनि यस धरहरा को फेदिमा पर्छ ।

Source: nepalarab

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s