Daily Archives: 06/01/2010

विश्वको सबैभन्दा अग्लो धरहरा अब दुबईमा

उमाकान्त पाण्डे, यूएई- दुबई संसारकै सबैभन्दा अग्लो धरहरा अर्थात् टावर यूएइको दुबई शहरमा बनेको छ । शुरुमा बुर्ज दुबई भनेर भनिएको भएपनी अहिले त्यस्को नाम परिवर्तन गरी बुर्ज खालिफाह बनाइएको हो । यूएईका सात एमिरेट्स अन्तरगत मुख्य राजधानी आबुधाबी राज्य सरकारका रुलरकोले गएको बिश्व आर्थिक मन्दिका कारण सो धरहारा निर्माण कार्य धरापमा परेको भन्दै ठुलो धनराशीको सहयोग गरेकोले सो भवनको नाम बुर्ज खालिफाह बनाइएको हो । Continue reading

मुगु जिल्लामा भूतले आतङ्क मच्चायो

नेपालको मुगु जिल्लामा  भूतले आमा, छोरा अपहरण गरेको विषयले यहाँ निकै चर्चा पाएको छ । माइती घर थार्पबाट घर रुगा गाउँ र्फकने क्रममा बीचबाटो बडखाडाबाट २२ वर्षीय हरिनी खड्का र उनको नौ महिनाको छोरो यही पुस १६ गते एकाएक बेपत्ता भएपछि यसले चर्चा पाएको हो । Continue reading

अमरेश कुमार सिंहको आफ्नी पत्नि नितुका लागि लेखिएको खुल्लापत्र

नितु सिंहसँग मेरो पहिलो भेट युवराज घिमिरे सम्पादक रहेको समय पत्रिकामा उनी सम्बद्ध रहँदा सन् २००४ मा भएको हो । हामीले त्यसको तीन बर्षपछि १३ मई २००७ मा सामाजिक परंपरा अनुसार बिवाह गर्‍यौ । बिवाह नहुँदा कै अवस्थामा उनी मेरो पनि सहयोगमा भारत पुणे स्थित कलेजमा पढन गइसकेकी थिइन । Continue reading

पाँच शिशुको भ्रूण फेला

कुलेश्वरस्थित विष्णुमती खोलाको किनारमा बुधबार पाँच शिशुको भ्रूण फेला परेको छ । खोलाको किनारमा बिहान कवाडी सामान खोज्नेहरूले अकस्मात प्लास्टिकको झोलाभित्र भ्रूण भएको प्रहरीलाई खबर गरेपछि प्रहरीको अनुसन्धानमा सो भ्रूण बरामद गरिएको हो । भ्रूण फालिएको खवर पाएपछि तत्कालै प्रहरीको टोली सो स्थानमा पुगि अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी प्रभाग कालिमाटीका प्रहरी नायव निरीक्षक गोविन्द खड्काले बताउनुभयो । Continue reading

आफ्ना पिताबारे प्रधानमन्त्री

मेरो बुवा मंगलकुमार नेपाल आफ्नै कृत्यले पुरस्कृत र सम्मानित हुँदा म अत्यन्त भावविभोर भएको छु । यो उमेरमा पनि उहाँको लगन र परिश्रमले यस्तो पुरस्कार र सम्मान पाउनुभएको छ । यो उमेरसम्म हामीले केही गर्न सकौँला वा नसकौँला भन्ने भन्दा पनि हामी बाँचौँला नबाँचाँैला भन्ने लाग्छ कहिलेकाहीँ । उहाँको श्रवणशक्ति कमजोर बन्दै गएको छ । त्यसबाहेक उहाँ स्वस्थ हुनुहुन्छ । कुनै किसिमको औषधि सेवन गर्नु परेको छैन । सादा, सात्विक खाना र नियमित हिँडडुलले उहाँलाई निरोगी बनायो होला जस्तो लाग्छ । साँझ परेपछि उहाँ हिँडडुल गर्नुहुन्छ । Continue reading

विश्वब्यापी रुपमा रेडियो गजल प्रतियोगीता ब्रुनाईमा

प्रवासी नेपाली साहित्य समाज वेलायत/ब्रुनाईले विश्वब्यापी रुपमा रेडियो गजल प्रतियोगीता गर्ने भएको छ । तपाई जहाँ भएपनी विश्वब्यापी रेडियो गजल प्रतियोगितामा भाग लिन सक्नुहुन्छ । विश्वको विभिन्न ठाँउबाट खुल्ला विश्वब्यापी रेडियो गजल प्रतियोगितामा सहभागि बन्न सक्नु हुनेछ । Continue reading

के तपाईं कुवैत मा ड्राइभिंग गर्नुहुन्छ?

यदि तपाईं कुवैतमा ड्राइभिंग गर्नुहुन्छ भने विभिन्न ट्राफिक नियेमको पालना गर्नुपर्छ अन्यथा ठुलो मात्रमा जरीवाना भोग्नु पर्ने हुन्छ । ध्यान दिहुहोस ….!!

१. यदि तपाईंले पार्किंग निषेध गरिएको ठाउमा पार्किंग गर्नुभयो भने ३० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ । 

२. बिना सीट वेल्टको ड्राइभिंग गर्नु भयो भने ५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।  Continue reading

स्याङ्गजामा जीप दुर्घटना

स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. १० पेखुदेउरालीमा गएराती जिप दुर्घटना हुँदा चालक सहित ३ जना सिकिस्त घाइते भएका छन २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । वालिङ्गबाट दार्सिंग तर्फ जाँदै गरेको ग१ज २७०१ नं. को महेन्द्र जीप पेखुदेउरालीस्थित कच्ची सडकमा अन्दाजी ३ सय मीटर तल खसेको स्याङ्गजा इलाका प्रहरी वालिङ्गले जनाएको छ । Continue reading

मिस टिनमा भिड्दै ३० सुन्दरी

मुभी हाउसको आयोजनामा भइरहेको श्री रिद्धि-सिद्धी मिस टिन- २०६६ मा तीसजना युवतीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । १४ देखि १९ वर्षसम्मका  (टिनएजर) युवतीको आत्मविश्वास, व्यक्तित्व विकास तथा उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिताको अन्तिम छनोट २५ पुसमा हुने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।प्रतियोगितामा पूर्व झापादेखि सुदूरपश्चिम बाजुरासम्मका युवती सहभागी छन् । Continue reading

मानव बलिको रुपमा बालिकाको हत्या गर्ने ४ अभियुक्त थुनामा

रुपन्देही जिल्ला मर्यादापुर गाबिस वार्डनम्बर ३ स्थित नबनिर्मित ईट्टा भट्टामा मानव बलिको रुपमा बालिकाको हत्या गर्ने चार जना अभियुक्तलाई जिल्ला अदालत रुपन्देहीले पुपर्क्षका लागि थुनामा राखी कार्वाही गर्न आदेश दिएको छ । गत मंसिर १८ गते साँझ ७ बजेतिर ईट्टा भट्टामा चढाइएको भनिएकी ८ वर्षकी मनिषा हरिजनको हत्यामा संलग्न राजभर, श्रीनिबास पाल, वीरेन्द्र जैसवाल, नरेश भनिने पुर्णवासी हरिजनसलाई कारागार कार्यलय रुपन्देही पठाएको छ । Continue reading

साठी वर्षे वृद्धलाई सात वर्ष कैद

जिल्ला अदालत मकवानपुरले नौ जना किशोरीलाई भारतीय सर्कसमा बिक्री गर्ने एक ६० वर्षे वृद्धलाई सात वर्षको कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश बालचन्द्र शर्माको मङ्गलबार गरेको इजलासले मनहरी गाविस वडा नं. २ का ६० वर्षीय कीर्ति बहादुर तामाङलाई सात वर्षको कैद सजाय तोकेको हो । Continue reading

रोकिंदैन पत्रकारको कलम

नबराज पन्थी “पाल्पाली” (कुबेत)

पत्रकार सधैँ निडर र निर्भीक हुन्छन् र हुनुपर्छ । तर, अहिले देशको परिस्थिति त्यस्तो छैन । त्यसै पनि चुनौतीपूर्ण यो पेशा पछिल्लो समय असुरक्षित समेत छ । पत्रकार र पत्रकारिता जहिले पनि स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने पाठ पढेका पत्रकारहरू लेखेकै भरमा कुनै पनि बेला आक्रमण, अपहरण र हत्या हुनसक्छ भन्ने त्रासका बीच बाँच्न विवश छन् । स्वतन्त्र पत्रकारिताको नारा जति लागे पनि स्वतन्त्र भएर लेख्न सहज छैन ।

देश पुनर्संरचनाको मोडमा भएका बेला पत्रकारले निर्वाह गर्नुपर्र्ने जिम्मेवारी र दायित्व धेरै छन् । तर, हातहरू तरबारले काटिन र औंलाहरू ब्लेडले चिरिन थालेपछि कसरी चलाउने कलम, कसरी गर्ने स्वतन्त्र र निष्पक्ष पत्रकारिता ? Continue reading

शिर्ष नेताहरुको बैठक कोइराला निवासमा

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख ३ दलका शिर्ष नेताहरुको बैठक बस्ने भएको छ । पटक-पटकको प्रयासका विच पनि बस्न नसकेको शिर्ष नेताहरुको बैठक आज दिउसो बस्ने नेताहरुले जनाएका छन् । काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा बस्ने बैठकमा संकल्प प्रस्तावमा राखिने शब्द, माओवादि सेनाको समायोजन लगायतका विषयमा छलफल हुने एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । Continue reading

अयोग्य लडाकुको नाम दर्ता आज

माओवादीको दोस्रो डिभिजन अन्तर्गत सिन्धुलीको दुधौली शिविरमा रहेका अयोग्य लडाकुहरुको आज नाम दर्ता गर्ने काम हुँदैछ । अयोग्य लडाकुहरुलाई भोलिदेखि संयुक्त राष्ट्र संघीय नियोग अनमिन र मानवअधिकार उच्च आयुक्तको कार्यालयको प्रतिनिधिहरुको रोहवरमा शिविर बाहिर गर्ने कार्यक्रम शुरु हुँदैछ । Continue reading

व्यवस्थापिका संसदको मंगलबारको बैठक

व्यवस्थापिका संसदको मंगलबारको बैठकको विशेष समयमा एकीकृत नेकपा -माओवादी)का रामकुमार शर्माले उपप्रधानमन्त्री सुजाता कोइरालाले सङ्घीयताका विषयमा बोल्नु भएको कुरा सङ्घीयता विरोधी, जनआन्दोलन र मधेस आन्दोलनको भावना विपरीत रहेको बताउनुभयो । Continue reading