Daily Archives: 02/01/2010

महामहिम राजदूत मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम (जनवरी २०१०)

अङ्ग्रेजी नयाँ वर्ष २०१० को अवसरमा ०१ जनवरी २०१० का दिन, कुवेतको मालियास्थित होटल एसिया-एसियामा कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेल र वहाँकी धर्मपत्नी सिता पौडेलको भव्य स्वागत गरिएको छ । NRNA कुवेतले आयोजना गरेको स्वागत समारोहका केही झलकहरु फोटोमा… Continue reading

कुवेतमा नेपाली युवकको असामयिक निधन

जय आले (कुवेत)                 

स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका, वार्ड नं. आठ, सतुङ्ग रजस्थल मैदान घर भएका रन बहादुर शाहको छोरा, कुवेतको एरिस्को कम्पनिमा सन् २००४ देखी सेक्युरिटी अफिसरको पोष्टमा कार्यरत ३८ वर्षिय युवक नरेश बिक्रम शाहको गत १५ डिसेम्वर २००९ को दिन अपरान्ह ३ बजे एक असामयिक निधन हुन पुगेको छ ।

एजिलिटी कम्पनिमा कार्यरत मृतकको एउटै गाउँमा घर भएका छिमेकी खेम के. सि. ले जानकारी गराउनु भए अनुसार मृतक शाहले १४ डिसेम्वरको दिन आफ्नो रुम पार्टनरसँग आफुलाई अली सन्चो नभएको र श्वास प्रश्वासमा केही कठिनाई भएको जानकारी दिएका थिए । साथै भोलिपल्ट १५ डिसेम्वरको बिहान जाहरा अस्पताल गई केही औषधीहरु लिई ११ बजेतिर कोठामै फर्की आएर नाईट ड्युटिवाला साथीहरुलाई औषधी समेत देखाएका थिए । Continue reading

कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न

जय आले, कुवेत

नव वर्ष २०१० को पावन अवसर पारी, ०१ जनवरी २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया रेष्टुरेण्टमा कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलज्यू र वहाँकी धर्मपत्नी सिता पौडेलज्यूको भव्यताका साथ स्वागत गरिएको छ । NRNA कुवेतले आयोजना गरेको उक्त स्वागत समारोहको संचालन NRNA कुवेतका सचिव सुजन के. सि. ले गर्नु भएको थियो भनें NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्व र महामहिम राजदूत मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको थियो । Continue reading

जनयुनिटी लाईफ अस्पताल पोखराको उदघाटन

दिपक क्षेत्री (कुवेत)

स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारलाई आफ्नो मुलमन्त्र ठानी सामाजिक कार्यमार्फत् नयाँ नेपाल निर्माणको अभियानमा जुटी छोटो अवधिमा नै आफ्नो लाखौं सदस्य बनाई जनताको मन जित्न सफल युनिटी लाईफ इन्टरनेशनल लि.को १२ औँ अस्पताल ‘जनयुनिटी लाईफ अस्पताल’ पोखराको शनिबार एक विशेष समारोहका साथ रिवन काटी युनिटी ग्रुपका अध्यक्ष काशीराम गुरुङ र प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले उद्घाटन गरे । १२ औं अस्पतालको उद्घाटन गर्दै अध्यक्ष गुरुङले पोखराको जस्तै सुविधासम्पन्न अस्पताल पाँचै विकास क्षेत्रमा बनाउने र जिल्ला अस्पतालहरू ७५ वटै जिल्लामा बनाउने घोषणा गरे । Continue reading