Posted on 31/01/2010 by Manoj Kafle
राष्ट्रपति डाक्टर रामवरण यादवले सबै समस्याको समाधान संविधानबाट खोज्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “सर्वोपरी संस्था संविधानसभा हो, त्यसैले सबै समस्याको समाधान त्यहाँबाटै खोजिनुपर्छ ।” नयाँ बन्ने संविधानले सम्पूर्ण जनतालाई सार्वभौम बनाउने भन्दै समृद्ध नयाँ नेपाल निर्माणका लागि सबैले राष्ट्रिय सहमतिको बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो ।
Filed under: समाचार | Leave a Comment »
Posted on 31/01/2010 by Manoj Kafle
मनोज मगर-
राजस्थानको मओलपुरबाट वीरगन्ज आउँदै गरेको विस्फोटक पदार्थसहितको जेएच १० सी ४३८३ नम्बरको ट्रकलाई बिहार प्रहरीले बिहीबार पक्राउ गरेको हो ।विस्फोटक डेटोनेटर भरेर नेपाल ल्याउँदै गरिएको ट्रक भारतको पटनामा समातिएको छ । ट्रकचालक र उनका सहयोगी पक्राउ परे पनि विस्फोटक कसले ल्याउन लागेको हो भन्ने खुलेको छैन ।
Filed under: समाचार | Leave a Comment »
Posted on 31/01/2010 by Manoj Kafle
चितवनको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान रामपुरमा अनेरास्ववियू र अखिल क्रान्तीकारीवीच आइतबार झडप भएको छ । झडपमा परि ४ जना अनेरास्ववियूका कार्यकर्ता घाइते भएका छन् । पुरानो घटनाको बिषयलाई लिएर अनेरास्बबीयु र अनेरास्वबियु क्रान्किारीबीच झडप भएको हो ।
Filed under: समाचार | Leave a Comment »
Posted on 31/01/2010 by Manoj Kafle
माओवादीनिकट भनेर पार्टी भित्रै चर्को आलोचना खेपिरहेका एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेकै नेताहरूले आफूलाई जबर्जस्त माओवादीमा धकेल्न खोजेको बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रै बिद्रोह गरी माओवादीमा आउन आग्रह गरेको भोलिपल्ट
Filed under: समाचार | Leave a Comment »
Posted on 31/01/2010 by Manoj Kafle
शनिबार शुक्ल पूर्णिमाको दिन स्वस्थानी साङ्गेको दिन भक्तपुर स्थित माधव नारायणको ब्रतालुहरु कठोर तपस्यागरी स्नान गर्दै । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याहृन कालमा महादेवको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ ।
Filed under: समाचार | Leave a Comment »
Posted on 31/01/2010 by Manoj Kafle
एम्बुलेन्स र यात्रुबाहक बस चितवनको भरतपुरमा जुध्दा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । घाईते मध्ये ३ को अबस्था चिन्ताजनक छ ।
Filed under: समाचार | Leave a Comment »
Posted on 31/01/2010 by Manoj Kafle
कुष्ठरोगप्रतिको सामाजिक धारणा, परिवर्तन गर्ने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ आज ५७ औं विश्व कुष्ठरोग दिवस नेपालमा विविध कार्यक्रम गरी मनाईंदैछ । सरकारले यही माघ १० गते कुष्ठरोग निवारणको घोषणा गरेको थियो ।
Filed under: समाचार | Leave a Comment »
Posted on 31/01/2010 by Manoj Kafle
सुषमा मानन्धर (अनुभूति)
माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ ।
जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो आ–आफ्नो । देखे सुनेका त्यही भोगाइलाई कतिले गीत बनाई गाएका छन्, कतिले कथा बनाई अरुलाई सुनाएका छन् [...]
Filed under: विचार | Leave a Comment »
Posted on 30/01/2010 by Nabaraj Panthi
गणतन्त्र नेपालको नयाँ संबिधान जारी हुने दिन जती-जती नजिकै गएको छ उती-उती राजनीतिक पाटिहरुको दुरी टाढिंदै गएकोछ । यस्तो अवस्थामा के नेपालको संबिधान तोकिएकै समय जेष्ठ १४ २०६७ मा जारी होला ? सबैलाई शंका-उपशंका पैदा गरेकोछ । रक्षामन्त्री बिधा भण्डारीले सेना समायोजन् सम्बन्धि दिने अभिब्यक्ती, उपप्रधानमन्त्री सुजाता कोइरालाले कहिले संघियता जानु अघी जतमत संग्रह गर्नु [...]
Filed under: समाचार | 1 Comment »
Posted on 30/01/2010 by Nabaraj Panthi
सिताराम बराल (काठमाण्डौ)
माओवावादीको सशस्त्र राजनीतिको विरोध गर्दै आएको सत्तारुढ नेकपा (एमाले) का एक केन्द्रीय नेतालाई एकिकृत नेकपा माओवादी कार्यकर्ताहरुले पिस्तोल सहित समातेका छन् । एमालेका केन्द्रीय सदस्य केशव देवकोटा सिन्धुलीमा पिस्तोलसहित माओवादीको पन्जामा परेका हुन् । पिस्तोल सहित पक्राउ परेका उनीसहित ५ जनालाई माओवादीले ३ घण्टा नियन्त्रणमा लिइ मुक्त गरेका थिए ।
Filed under: समाचार | Leave a Comment »
Posted on 30/01/2010 by Kuwait Nepal
शिवराम पौडेल (कुवेत)
कुवेतको मङ्गाफ भलिवल मैदानमा २९ फेब्रुअरी २०१०, शुक्रवारको दिन हालै कुवेतमा संगठित संस्था काली गण्डकी बचत समुहको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । कुवेतस्थित बिभिन्न कम्पनिहरुमा कार्यरत ८ नेपाली टिमहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा: नयाँ नेपाल A र B, एस.डि.एफ.सि. A र B, अल्घानिम, नेशनल [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/01/2010 by Kuwait Nepal
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजनामा संचालन हुँदै आईरहेको “एम. बी. बम्जन गोल्ड कप”, यस कपका स्थापक श्री राजेन्द्र तामाङ्गले एक औपचारिक समारोहका बीच मिति १८ डिसेम्बर २००९ का दिन यस क्लबलाई हस्तान्तरण गर्नु भए पश्चात यो कपको नाम “माउण्ट एभरेष्ट एम. बी. बम्जन गोल्ड कप” मा रुपान्तरण गरिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं [...]
Filed under: समाचार, सुचना | 1 Comment »
Posted on 30/01/2010 by Manoj Kafle
टपेन्द्र कार्की
लिम्पियाधुरामा नेपाली सेना खटाउनुपर्ने / चीनले नेपाललाई अत्याधुनिक हतियार दिने / भारतको एयरमार्सल प्रस्ताव कानुनविपरीत,
विवादित कालापानी क्षेत्रमा आफ्नो दाबी कायम राख्न नेपाल सरकारलाई सुझाव दिँदै चीनले त्यसमा आफ्नो परमाणु सहयोग रहने आश्वासन दिएको छ । माओवादीले राष्ट्रिय स्वाधीनताका नाममा भारतीय पक्षबाट नेपालीभूमि अतिक्रमणविरुद्ध आन्दोलन गरिरहेका बेला अर्को छिमेकी चीनको यस्तो धारणा आएको हो । [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 30/01/2010 by Manoj Kafle
जापन सरकारले सोलार इलेक्ट्रीसिटी जेनेरशन सिस्टमका लागि नेपाललाई ३५ करोड ७९ लाख नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा अर्थसचिव रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापनी राजदूत बद्सुओ मिजुनोले उक्त सहयोग सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।
Filed under: समाचार | Leave a Comment »
Posted on 29/01/2010 by Kuwaitnepal1
मनोज काफ्ले (कुवेत)
“उत्तम विचारमा आधारित लेख”
मानिसका मनमा सदैव नयाँ बिचार उत्पन्न हुँदै रहन्छन मानव शास्त्रका वेत्ताहरुले के शिद्द गरेका छन भने मानिस जो श्वास लिन्छ ती प्रतेक श्वासमा तिन-तिन नयाँ बिचार उत्पन्न हुन्छन अर्थात् १ मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उत्पन्न हुन्छन । बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर भरिएर कुनै परिणाम हुँदैन तर [...]
Filed under: विचार | Leave a Comment »
Posted on 28/01/2010 by Manoj Kafle
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग नेकपा (एमाले) का संसदीय दलका नेता झलनाथ खनाल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एकीकृत नेकपा (माओवादी) संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले बिहीबार भेट गर्नुभयो ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/01/2010 by Manoj Kafle
भारतिय राजदुत राकेश सुदले सन् १९५० को शान्ति तथा मैत्रि सन्धी परिमार्जन गर्न तयार रहेको कुरा भारतले धेरै पटक दोहोर्याएको तर नेपाली पक्षले नै आवश्यक तयारी गर्न नसकेकाले त्यसतर्फकेही प्रगति नभएको आरोप लगाउनु भएको छ ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/01/2010 by Manoj Kafle
पोखरा घुम्न आएका तीन विदेशी पर्यटक पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा अवलोकनका क्रममा बुधबार साँझदेखि बेपत्ता भएका छन् ।पोखरा उपमहानगरपालिका वडा नम्बर १७, छोरेपाटनस्थित गुप्तेश्वर गुफा अवलोकनका लागि आएका एक भारतीय र दुई कोरियन पर्यटक गुफाभित्र छिरेपछि बेपत्ता भएका प्रहरीले जनाएको छ ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/01/2010 by Manoj Kafle
नेपालका लागि इन्डोनेसियाको अवैतनिक महावाणिज्य दूतमा चन्द्रप्रसाद ढकाललाई नियुक्त गर्ने प्रस्तावलाई नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्डोनेसिया सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेपछि ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्य दूत बनेका हुन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/01/2010 by Manoj Kafle
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका सहायकरथी नरबहादुर कडेँल र नरेन्द्रबहादुर रावललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। जंगीअड्डाले दुई महिनाअघि नै कडेललाई पश्चिम पृतना पोखरा र रावललाई पूर्वी पृतना इटहरीमा निमित्त प्रमुखको कार्यभार दिएर पठाएको थियो ।
Filed under: समाचार | Leave a Comment »