Monthly Archives: December 2009

राष्ट्रिय महिला फुटबल टोली र पुरुष बास्केटबल टोलीको घोषणा

पुस १३, अखिल नेपाल फुटबल संघ (एन्फा) ले ११ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० सदस्यीय महिला राष्ट्रिय टोलीको आइतबार घोषणा गरेको छ ।

टोलीमा पर्न सफल खेलाडीमा जमुना गुरुङ, भवगती थापा, मनमाया मगर, दीपा क्षेत्री, तुलसा सिंह, उसा भण्डारी, सजना राना, निरु थापा, लक्ष्मी पौडेल र निशा देवान छन् । Continue reading

मातृकालाई छाडेर पुरानै बाटोमा

काठमाडौँ, १३ पुस- मातृकाप्रसाद यादवले नेतृत्व गरेको नेकपा माओवादीका ३०० बढी कार्यकर्ता सोमबार एकीकृत नेकपा माओवादीमा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा एकीकृत माओवादीका केन्द्रीय सचिव पोष्टबहादुर बोगटीले उनीहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउनु भएको हो । Continue reading

परिवारको यातनाबाट महिला सिकिस्त

कपिलवस्तु, १२ पुस- समयमा सन्तान नजन्माएको र दाइजो नल्याएको भन्दै कपिलवस्तुकी एक महिलालाई परिवारले चरम यातना दिएको छ । परिवारको यातनाबाट सिकिस्त भएकी ती महिलालाई आइतबार उद्धार गरी अस्पताल भर्ना गरिएको छ । पत्थरदेइया-९ मिझुनियाकी २५ वर्षीया फूलमती यादवलाई श्रीमान्, सासू, ससुरा, देवर तथा नन्दले चरम यातना दिई सिकिस्त बनाएका हुन् । Continue reading

माओवादी अध्यक्ष प्रचण्ड र राजदूत सुदबीच भेटवार्ता

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच भेटवार्ता भएको छ । भेटका क्रममा आफुहरुको आन्दोलन शान्ति पुर्ण रहेको भन्दै दाहालले माओबादी भारत बिरोधी नभएको स्पष्ट पार्नु भएको छ । Continue reading

अमेरिकामा नेपालीको गोली हानी हत्या, आगलागीबाट कोरियामा नेपालीको मृत्यु

अमेरिकाको बोस्टनस्थित जमैका प्लेनमा बस्दै आएका एक नेपालीको शनिबार हत्या भएको छ । काठमाडौं साँखु घर भएका ४० वर्षिय सुरेन्द्र डंगोलको शनिबार दिउँसो ३ बजे अपराधिक समूहले हत्या गरेको जनाइएको छ । स्थानीय टेडेस्की फूड स्टोरमा कार्यरत उनलाई अपराधिक समूहले छातीमा गोली हानेर पैसा समेत लुटेका छन् । Continue reading

ब्राहमणका लागि राज्य माग्दै उपवास

“हामी ४० लाख छौँ, हामीलाई पनि राज्य चाहिन्छ”-

चितवन, पुस १३- बाहुनहरुको छुट्टै राज्य हुनुपर्ने माग गर्दै चितवनका ब्राहमणहरु सोमबार नारायणगढको सहिद चोकमा दिनभर उपवास बसिरहेका छन् ।  उनीहरु चितवनलाई ब्राहमणहरुको अग्राधिकार रहने गरेर नारायणी प्रान्त घोषणा गर्नु पर्ने अडानमा छन् । संविधानमा जातीयताको आधारमा आरक्षणको व्यवस्था हुन नहुने पनि उनीहरुको अर्को माग रहेको छ । आज पुत्रदा एकादशी हो, यो ब्रत बस्नेले क्षमतावान पुत्र पाउँछ भनिन्छ । Continue reading

साग क्रिकेटमा यी खेलाडी खेल्दैछन्

नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्लको नेतृत्वमा ११ औं दक्षिण एसियाली खेलकुदका लागि १८ सदस्यीय टिम आइतबार छनोट गरेको छ । बंगलादेशमा हुने प्रतियोगिताका लागि छनोट अन्य खेलाडीमा अमृत भट्टराई, चन्द्र साउद, विनोद भण्डारी, नरेश बुढाऐर, सुवास खकुरेल, लोकेन्द्र चन्द, पृथु बाँस्कोटा, रूपेश श्रीवास्तव, भुवन कार्की, अनिलकुमार मण्डल, आकाश गुप्ता, अमित श्रेष्ठ र रोम श्रेष्ठ छन् । Continue reading

इरानमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त

इरानमा आशुरा पर्वको अवसरमा विपक्षीहरुले देशै भरी ठूलो विरोध प्रदर्शनको आयोजना गरेका थिए । विपक्षी सुत्रहरू र प्रत्यक्षदर्शीहरूका अनुसार, सरकारी सैन्य र विपक्षी समर्थकहरूबीच भएको भिडन्तमा कम्तीमा चारजना प्रदर्शनकारीहरू मारिएका छन् । शिया मुसलमानहरूको पवित्र दिन आशुरा मनाउने क्रममा विपक्षीहरूले श्रृंखलाबद्ध रूपमा प्रदर्शनहरू गर्दा भिडन्त हुन गएको हो ।

हवाइ फायर

प्रत्यक्षदर्शीहरूले तेहरान लगायत अन्य इरानी शहरहरूका सडकमा लाखौं विपक्षी समर्थकहरू उत्रिएका बताएका छन् । प्रहरीले अश्रू ग्यास र हवाई फायर गरेर भिडलाई पन्छाउन खोजेको थियो । तर मध्य तेहरानको ठूलो भागमा प्रहरीले नियन्त्रण कायम गर्न सकेनन् । Continue reading

प्रतिघन्टा ३९८.२ कि.मि. दौडिने विश्वकै तीव्रगतिको रेलसेवा चीनमा

११ पुस, बेइजिङ – चीनले विश्वमै सबैभन्दा तीव्रगतिमा गुड्ने रेलसेवा शनिबारदेखि सञ्चालनमा ल्याएको छ । यो रेलसेवाको सञ्चालनबाट लामो दूरीका सहरको यात्रा गर्दा ७ घन्टा ३० मिनेट बचत हुने सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ । यस सेवाले हङकङ नजिकको दक्षिणी चीनको व्यापारिक केन्द्र र राजधानी बेइजिङबीचको सम्पर्क वृद्धि गर्न थप मद्दत पुग्नेछ । Continue reading

विमानमा हमला गर्ने प्रयास

११ पुस, डेट्रोयट- संयुक्त राज्य अमेरिकामा पुनः विमान हमला गर्न कोसिस भएको छ । क्रिसमसको अवसरमा नेदरल्यान्डको एम्सटर्डमबाट अमेरिकी सहर डेट्रोयट आउँदै गरेको विमानमा बम हमला गर्न असफल कोसिस भएको वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । विमानका एक यात्रीले विस्फोटक उपकरणमा विस्फोट गराउने प्रयास गरेका थिए । Continue reading

नक्कली मन्त्री बनेर अभियुक्त छाड्न प्रहरीलाई दबाब

पक्राउ परेका अभियुक्तलाई छुटाउन नक्कली गृहराज्यमन्त्री बनेर प्रहरीलाई फोन गर्ने लहान- ९ का सलमान अन्सारीको प्रहरीले खोजी गरिरहेको छ । पुसको पहिलो साता लहान नयाँ बजारस्थित सार्वजनिक स्थलमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका मजबुल अन्सारी सहितका केही व्यक्तिलाई प्रहरी कार्यालय, लहानले पक्राउ गरेको थियो । Continue reading

१६५ वर्षिय पदमलाल लिम्बू

अहिलेसम्म नेपालमा सबैभन्दा बढी उमेर बाँच्ने व्यक्ति कति वर्षका होलान् वा थिए भन्ने प्रश्नमा धेरैले सुनसरीका वीरकुमार माझी १४० वर्ष भन्ने उत्तर दिन्छन् । तर पहाडी जिल्ला ताप्लेजुङमा १६५ वर्षसम्म बाँचेका व्यक्तिको तथ्याङ्क फेला परेपछि एउटा नयाँ चर्चाले ठाउँ पाएको छ । Continue reading

चीनले नेपाली उत्पादनलाई भन्सार छुट दिने

पुस १२- चीनले नेपालबाट निर्यात हुने झन्डै ५ सय उत्पादन सामग्रीमा भन्सार छुट दिने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा तिब्बत जनसरकार प्रमुख र कम्युनिष्ट पार्टी सचिवले नेपाली उत्पादनलाई शून्य भन्सारमा चिनियाँ बजारमा पहुँच दिने बताएका हुन् । Continue reading

नेपाली दूतावास साउदी अरेबियाको प्रेस विज्ञप्ति !!

साउदी अरब लगायतका अन्य खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा रहँदै आएका नेपाली महिलाहरुको अवस्था जोखिमपूर्ण एवं अति संवेदनशील हुँदै गएकोले यस तर्फ सम्वन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउनका लागि नेपाली राजदूतावास साउदी अरेबियाले एक प्रेस विज्ञप्ति जारी गरेको छ । जसको पूर्ण विवरण हामीलाई एक PDF Format मा प्राप्त भएकोले जसलाई हामीले लिंक बनाई तल राखेका छौं, कृपया तलको लिंकमा क्लिक गरी पढ्नु होला ।

PRESS RELEASE_ Embassy of Nepal_Saudi Arabia

तमू समाज कुवेतको तदर्थ समिति गठन

जय आले (कुवेत)

२५ डिसेम्वर २००९ शुक्रवारको दिन, कुवेतको मालियास्थित एक पार्कमा कुवेतवासी तमूहरुको बृहत जमघट बिच तमू समाज कुवेतको एक तदर्थ समिति गठन भएको छ । कुवेतको इतिहाँसमै पहिलो पटक सार्वजनिक भएको तमू समाज कुवेतले तमू (गुरुङ्ग) जातिहरुको महान पर्व ल्होसार सार्वजनिक रुपमै कुवेत नगरीमा मनाउँने तयारीका साथ तमू छोंजधीं (समाज) कुवेतको गठन गरेको हो ।

आफ्नो परम्परा, धर्म, संस्कृती र शैलीलाई उत्थान गर्दै महान पर्व ल्होसारलाई सार्थक तथा मूर्तरुप दिनको निम्ती- अमर तमू, रेशम तमू र सुरेश तमूको संयोजकत्वमा कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाहरु सँग आवद्द तमू युवा-युवती, बुद्दिजिवी एवं अन्य तह र तप्कामा पेशारत कुवेतवासी  तमूहरुको सामुहिक छलफल एवं हातेमालोमा एक तदर्थ समिति गठन गर्दै निम्न बमोजिम २५ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।  Continue reading