प्रतिघन्टा ३९८.२ कि.मि. दौडिने विश्वकै तीव्रगतिको रेलसेवा चीनमा

११ पुस, बेइजिङ – चीनले विश्वमै सबैभन्दा तीव्रगतिमा गुड्ने रेलसेवा शनिबारदेखि सञ्चालनमा ल्याएको छ । यो रेलसेवाको सञ्चालनबाट लामो दूरीका सहरको यात्रा गर्दा ७ घन्टा ३० मिनेट बचत हुने सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ । यस सेवाले हङकङ नजिकको दक्षिणी चीनको व्यापारिक केन्द्र र राजधानी बेइजिङबीचको सम्पर्क वृद्धि गर्न थप मद्दत पुग्नेछ । विश्वमै सबैभन्दा तीव्रगतिमा गुड्ने यो रेल प्रतिघन्टा ३९८.२ किलोमिटर दौडिन सक्ने जानकारी चिनियाँ रेल्वे मन्त्रालयको यातायात विभागका प्रमुख झाङ सुग्वाङले दिएका छन् ।

गत डिसेम्बरमा यो रेल्वे सेवाको परीक्षण सुरु गरिएको थियो । चिनियाँ रेल्वे सेवा डिजाइनसँग सम्बद्ध जनरल इन्जिनियर जु फाङलिङले हाल जापानमा सञ्चालनमा आइरहेको तीव्रगतिको रेल्वे सेवा प्रतिघन्टा २४३ किलोमिटर कुद्ने बताए । यसैगरी फ्रान्सको सबैभन्दा तीव्रगतिमा दौडने रेल्वे सेवा प्रतिघन्टा २७७ किलोमिटर मात्र दगुर्न सक्ने जानकारी फाङलिङले दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s