सडक सञ्जाल सुधार गर्न नेपाललाई प्रमुख दाता विश्व बैंकले साढे ४ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब ३७ करोड ५० लाख रुपिया“ आर्थिक सहयोगको घोषणा गरेको छ। ग्रामीण सडक पहु“च तथा विकेन्द्रीकरण योजनाका लागि बैंकले सो सहयोग प्रदान गरेको हो।
नेपाललाई उपलब्ध गराउन घोषणा गरेको थप सहयोगमध्ये २ करोड ४७ लाख ५० हजार डलर अनुदान तथा २ करोड २५ लाख डलर ऋण रहेको छ। ऋणको अवधि ४० वर्षा लागि रहेको छ। योजना सन् २००५ देखि २० जिल्लामा सञ्चालित छ। यो योजनाका लागि बैंकले यसअघि ३ करोड २० लाख डलर अनुदान सहयोग प्रदान गरिसकेको छ। सडक सञ्जाल विस्तारले नेपालमा रोजगारीको अवसरमा वृद्धि भई गरिबी निवारणका साथै आर्थिक विकास हुने बैंकका कन्ट्री डाइरेक्टर सुसन गोल्मार्कले बताउनुभयो।
योजनाअर्न्तर्गत ग्रामीण यातायात पूर्वाधार तथा क्षमता अभिवृद्धि कार्यक्रम रहेको बैंकले जनाएको छ। ग्रामीण यातायातअर्न्तर्गत सुक्खायामका लागि मात्र यातायात सञ्चालन हुने साढे ५ सय किलोमिटर लामो सडकको स्तरोन्नति गरी वषर्ामा पनि सञ्चालन हुने अवस्थामा पुर्याउने बैंकले जानकारी दिएको छ।
यस्तै १ सय ४० किलोमिटर लामो सडकको पनि स्तरोन्नति गर्ने बैंकले जनाएको छ।
यस्तै जिल्ला यातायात गुरुयोजनाको निर्माण तथा सडकको व्यवस्थापन गर्न स्थानीय पूर्वाधार तथा कृषि सडकको विभागको क्षमता अभिवृद्धिमा लगानी गर्ने बैंकले जनाएको छ।













































