माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले दशौं वार्षिकोत्सव भव्यतापूर्वक मनायो

जय आले, कुवेत

१८ डिसेम्वर २००९, शुक्रवारको दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतको दशौं वार्षिकोत्सव कुवेतको फाहहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ ।

करिब २०० जना जनसमुदायको उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन क्लवका सचिव ईन्द्र प्रसाद भूषालले गर्नु भएको भनें क्लवका अध्यक्ष किरण पौड्यालको सभापतित्व र कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

यसैगरी अन्य अतिथिहरुमा NRNA कुवेतका अध्यक्ष एवं क्लवका वरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ्ग, क्लवका वरिष्ट सल्लाहाकार एवं समाजसेवी मित्र सिंजाली, नयाँ नेपाल क्लव एवं मगर सँघ कुवेतका अध्यक्ष दिल पुन, एजिलिटी कम्पनिका अपरेशन मेनेजर टेक बहादुर कार्की, KNPC का चिफ इन्जिनियर एस. पि. प्रधान लगायत अन्य नेपाली सँघ संस्थाका प्रतिनिधि एवं वरिष्ट व्यक्तित्वहरु रहेका थिए ।

कार्यक्रम माउण्ट एभरेष्ट क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्म राज गिरीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो भनें शुभकामना मन्तव्य दिनेहरुमा राजेन्द्र तामाङ्ग, मित्र सिंजाली, दिल पुन, टेक बहादुर कार्की र राजन रिमाल- सचिव युनिटी लाइफ जन जागृति टिम कुवेत हुनुहुन्थ्यो । यसैगरी क्लव कार्यसमितिका सदस्य एवं कुवेतनेपाल डट कमका एडिटर बिक्रम थापाले क्लवको बिगत, वर्तमान र भावी कार्ययोजनाहरु बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको अर्को चरणमा वर्षौं देखी कुवेत नगरीमा संचालित एम. बि. बमजन मेमोरियल गोल्ड कप, कपका स्थापक श्री राजेन्द्र तामाङ्गले पूर्ण रुपमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठामाण्डौ- कुवेतको स्वामित्वमा रहने गरी क्लव अध्यक्ष किरण पौड्याल मार्फत क्लवलाई हस्तान्तरण गर्नु भयो ।

यसैगरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले आफुले आयोजना गरेको कुनै पनि टुर्नामेण्टमा खेल्ने नेपाली खेलाडिहरुलाई टुर्नामेण्ट अवधिमा चोटपटक लागि अङ्गभङ्ग हुन सक्ने स्थितिको पूर्व अवलोकन गर्दै राहत स्वरुप संचालित हुने गरी खेलाडी संरक्षण कोषको समेत उक्त अवसरमा स्थापना गरेको छ ।

१८ डिसेम्वरको उक्त कार्यक्रमको मुख्य फोकस् भनें क्लवको दशौं वार्षिकोत्सवको अवसर पारी कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा खेल्ने राष्ट्रिय स्तरका नेपाली खेलाडिहरु र एम. बि. बमजन टुर्नामेण्टमा सहभागिता जनाउँने सम्पूर्ण टिमका टिम मेनेजरहरुलाई सम्मान गर्ने हेतुले आयोजना गरिएको थियो । सोही अनुरुप, सम्पूर्ण खेलाडी एवं टिम मेनेजरहरु प्रमुख अतिथीको आतिथ्य ग्रहण गर्नु भएका महामहिम राजदूत मधुवन पौडेल र अन्य अतिथिहरुबाट दोसल्ला ओढाई प्रमाण पत्र एवं माउण्ट एभरेष्ट क्लवको चिनो स्वरुप अन्य उपहारहरुबाट सम्मानित भएका छन ।

यसैगरी क्लव कार्यसमितिका भूतपूर्व एवं वर्तमान सदस्यहरुलाई पनि कदर पत्र दिई सम्मान गरिएको थियो भनें कुवेतनेपाल डट कमका चिफ एडिटर जय आले र रिपोर्टर शिवराम पौडेललाई मिडिया क्षेत्रमा पुर्‍याएको योगदान बारे प्रशंसा गर्दै बिशेष पुरस्कार प्रदान गरी सम्मानित गरियो ।

कार्यक्रमको अन्तिम चरणमा महामहिम राजदूत मधुवन पौडेलले परवासमा रहेर माउण्ट एभरेष्ट क्लवले नेपालीहरु बिच निभाएको भूमिकाको बारे आज आफुलाई पूर्ण अवगत भएको भन्दै र क्लवको कार्यशैलीको उच्च प्रशंसा गर्दै भविष्यमा समेत यसरी नै क्लव कृयाशिल रहने कुरामा आफु आशावादी रहेको बताउनु भयो ।

अन्त्यमा, कार्यक्रमका सभापति एवं माउण्ट एभरेष्ट क्लवका अध्यक्ष किरण पौड्यालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लव सदा-सर्वदा कुवेत स्थित सम्पूर्ण नेपाली सँघ-संस्थाहरु सँग सहकार्य गर्दै अगाडि बढ्ने र सबैको सल्लाह, सुझावको क्लवले हमेशा अपेक्षा गर्ने कुरामा सबैलाई विश्वस्त रहन आग्रह गर्नु भयो । र बिशेष गरी कुवेत-अफ्रिकन टुर्नामेण्टमा नेपाली टिमको प्रतिनिधित्व गर्ने माउण्ट एभरेष्ट क्लवलाई आर्थिक सहयोग गर्नु हुने व्यक्तित्वहरु: दिपक क्षेत्री (अध्यक्ष- युनिटी लाइफ जन जागृति टिम कुवेत), टंक राउत (सदस्य- माउण्ट एभरेष्ट क्लव), ईन्द्र पोखरेल (सल्लाहाकर- NRNA कुवेत एवं कार्यसमिति सदस्य माउण्ट एभरेष्ट क्लव) र बाल कुमार गुरुङ्ग (वरिष्ट सल्लाहाकार एवं पूर्वाध्यक्ष माउण्ट एभरेष्ट क्लव) लाई बिशेष धन्यवाद दिंदै कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

यसैगरी कार्यक्रमको समापन पश्चात सबैजना भोजनपान गरी फर्केका थिए । भोजनमा ओपन बुफे स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो ।

जानकारीको लागि; माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले आयोजना गरेको १८ डिसेम्वरको उक्त कार्यक्रममा सम्मानित हुने कुवेत-अफ्रिकन टुर्नामेण्टमा खेल्ने राष्ट्रिय स्तरका खेलाडीहरु एवं एम. बि. बमजन टुर्नामेण्टमा सहभागिता जनाउने टिमका टिम मेनेजरहरुको पूर्ण विवरण निम्न बमोजिम छ ।

टिम मेनेजरहरु:

देवी चन्द्र माझी – एम. ए. खराफी /  दिल बहादुर सुनुवार – जासिम /  फुरमान लामा – नयाँ नेपाल /  गोबिन्द राज भट्टराई – ट्रस्ट /  के. बि. राई – स्विडिश /  कुमार श्रेष्ठ – अलघानिम /  लाल बहादुर तामाङ्ग – अल-अमाना /  नवराज पराजुली – रियाल /  राज कुमार बस्नेत – बिग थ्री /  राज कुमार दाहाल – के. जि. एल. रहेका छन भनें,

राष्ट्रिय स्तरका खेलाडिहरु:

अमर गुरुङ्ग, आनन्द श्रेष्ठ, बिक्रम थापा, बिनोद बिष्ट, बिर बहादुर लिम्बु, दिपक कार्की, दिपक लामा, धन बहादुर लिम्बु, धर्म राज गिरी, जिम गुरुङ्ग, होम नाथ गिरी, हुकुम शाही, जगत मगर, जिबन लिम्बु, जितेन गुरुङ्ग, जितु घले, केशव भण्डारी, कुमार श्रेष्ठ, मान बहादुर मगर, मनि गुरुङ्ग, मनोज नेपाली, नवराज श्रेष्ठ, नरेश राजवंशी, राज कुमार दाहाल, राजन खड्का, सुरेश मल्ल र टंक राउत रहेका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s