कुवेतका लागि प्रथम नेपाली राजदूतद्वारा पहिलो पत्रकार सम्मेलन; समस्त कुवेतवासी नेपालीहरुलाई धैर्य रहन अनुरोध

शिवराम पौडेल (कुवेत)

आफ्नो कुवेत आगमन भएको हप्ता दिन नपुग्दै कुवेतका लागि प्रथम नेपाली राजदूत मधुवन पौडेलले १३ डिसेम्वरको दिन एक पत्रकार सम्मेलन गरी आफ्नो स्पष्ट धारणा व्यक्त गर्नु भएको छ । महामहिम राजदूतले समस्त कुवेतवासी नेपालीहरुलाई निश्चल एवं सकारात्मक सोंच लिएर राजदूत र दूतावास सम्पूर्ण नेपालीहरुको लागि हो भन्ने कुरामा विश्वस्त रहन सन्देश दिनु भएको छ ।

निकै मिजासिला प्रतिभाका धनी महामहिम राजदूत ‘मधुवन पौडेल’ एक कूटनैतीक व्यक्तित्व मात्र नभै कुशल कवि एवं साहित्यकार समेत हुनु हुँदो रहेछ । कुवेतमा आफ्नो कार्यकालको अवधी ४ वर्षको रहने जानकारी दिंदै, अमेरिका र दुबईमा २-२ वर्ष आफ्नो कूटनैतीक योगदान दिइसकेको र नेपालको परराष्ट्र मन्त्रालयमा समेत एक प्रवक्ताको रुपमा डेढ वर्ष काम गरेको बताउँदै, सन् १९९७ मा स्वर्गिय युवराज (राजा) दीपेन्द्र शाहको साथमा पहिलो पटक कुवेत आएको पनि उहाँले बताउनु भयो ।

तपाईंको कुवेत आगमन भएको झन्डै हप्ता दिन भईसक्यो दूतावास स्थापनाको प्रकृया कहाँसम्म पुग्यो र कहिलेसम्म संचालन होला ? भन्ने पत्रकारहरुको जिज्ञासामा, यो प्रकृया कूटनैतिक तवरबाट अगाडि बढीरहेको र यसले पूर्णता पाउन अझै डेढ महिना जती लाग्ने जानकारी दिंदै, जसको लागि सम्पूर्ण व्यवस्थापन कार्य बाँकी नै रहेको साथै दूतावासका थप कर्मचारीहरु समेत आइपुगी नसकेकोले केही समय धैर्य रहन कुवेतवासी नेपालीहरुलाई आग्रह पनि गर्नु भयो ।

अवैध रुपमा कुवेतमा रहँदै आएका नेपालीहरुको समस्या र यसको समाधान बारे पत्रकारहरुले राखेको अर्को जिज्ञासामा राजदूतले आजसम्म कुवेतवासी नेपालीका सबै मुद्दाहरु नेपाली दूतावास साउदी अरबले नै हेर्दै आएको र कुवेतमा दूतावास संचालन भैसकेपछी सम्पूर्ण अफिसियल कागजात र फाइलहरु नेपाली दूतावास कुवेतलाई- नेपाली दूतावास साउदी अरबले हस्तान्तरण गरिसकेपछी मात्र कुवेतमा नेपाली दूतावासले आधिकारीक रुपमा आफ्नो कार्यलाई अगाडि बढाउन बैधानिकता पाउने र त्यसैका लागि नेपाली दूतावास साउदीबाट काउन्सुलर पुष्पराज भट्टराई, नेपालबाट लेखा तथा सम्पर्क अधिकृत भुवन पौड्याल र नाम नखुलेका थप एक कर्मचारी छिट्टै कुवेत आउने जानकारी दिंदै, दूतावासको लागि थप दुई स्थानिय कर्मचारी एक ड्राइभर र अर्को अरबिक इंग्लिश ‘द्वैभाषिक’ सेक्रेटरी नियूक्त गरिने पनि बताउनु भयो ।

झन्डै तीन घण्टा लामो समयावधीको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुले कुवेतका जल्दाबल्दा समस्याहरुको बारेमा राजदूतलाई ध्यानाकर्षण गराएका थिए । जसमा बिभिन्न देशहरुबाट बटुलेको अनुभवहरु बारे प्रकाश पार्दै, महामहिम राजदूतले कुवेतस्थित सम्पूर्ण नेपाली सँघ-संस्था, कुवेतवासी नेपालीहरु र पत्रकारहरुको आपसी सहयोग, सदभाव एवं सहकार्य बिना दूतावासलाई कुनै पनि समस्या समाधान गर्न समस्या हुने मात्र नभै सुचारु रुपले आफ्नो कार्यशैली अगाडि बढाउन समेत निकै कठिनाई हुने बताउँदै, समस्त कुवेतवासी नेपालीहरुलाई एक आपसमा मनमुटाब नराखी, भाईचाराको सम्बन्ध गाँसी, गौरव नेपाल र स्वाभिमानी नेपालीको पहिचान दिन सुझाव दिनु भयो ।

यसैगरी महामहिम राजदूतले दूतावास खुल्ने बित्तिकै सबै समस्याको समाधान हुन्छ भनेर ढुक्क नहुन आग्रह गर्दै, हामी अरुको देशमा आएर बसेपछी त्यस देशको नियम र कानून अनुरुप चल्नु पर्ने, कानून भन्दा ठुलो केही नभएको र बसुन्जेल त्यस देशको कानुनलाई सम्मान गर्नु हाम्रो कर्तब्य हो भन्दै अवैध रुपमा बसेका नेपालीहरुको समस्या समाधानको हकमा जबसम्म यहाँको सरकारले एम्नेष्टिको आव्ह्वान गर्दैन तबसम्म नेपाल पठाउन नसकिने कुरा पनि प्रष्ट्याउनु भयो । दूतावासले गर्ने भनेको आबश्यक कागजपत्र बनाइ दिने हो त्यो पनि नेपाली दूतावास साउदी अरबले आधिकारिक रुपमा सम्बन्धित कागजात हामीलाई हस्तान्तरण गरिसकेपछी मात्र, भनेर पनि वहाँले खुलस्त पार्नु भयो ।

साथै आफु कुवेत आएको हप्ता दिन पनि नपुगेको र दूतावास स्थापना समेत नभएको अवस्थामा राजदूतले यसो गर्‍यो र उसो गरेन भनेर टिका टिप्पणीहरु नगर्न पनि उहाँले आग्रह गर्नु भयो । कुनै पनि काम या प्रयोजनको लागि निश्चित रुपमा समय लाग्ने हुनाले यो यथार्थ समस्त कुवेतवासी नेपालीहरुले पनि मनन् गर्न नितान्त जरुरी छ भन्दै आफु त्यसै बसी नरहेको, रात-दिन कुवेतको मन्त्रालय देखी लिएर सम्बन्धित निकायहरुमा दौडधुप गरिरहेको र शिघ्र दूतावास स्थापना गर्न सके आफैलाई सजिलो हुने भन्दै दूतावासले संचालन गर्ने वेवसाईट डिजाइन भैरहेको र पूर्णता पाएपछी दूतावास सम्बन्धी सबै गतिविधीहरु वेवसाईट मार्फत नै अपडेशन् गरिने जानकारी समेत उहाँले दिनु भयो ।

6 Responses to कुवेतका लागि प्रथम नेपाली राजदूतद्वारा पहिलो पत्रकार सम्मेलन; समस्त कुवेतवासी नेपालीहरुलाई धैर्य रहन अनुरोध

  1. एकदमै रोचक खबर पदन पाउदा शिव जीलाई धन्याबाद भन्छु

  2. Aarju Thapa

    Nice article, thanks for update and keep going.

  3. HAAAA ABA MITRA SINJALI KO KAMAI HUNE DIN GAYOOOOOOOOOOOOOOO……THAG HARU RA DALAL HARUKO DIN GAYOOO ,,,,ANI JALEEB MA RANDIKHANA KHONE DAI HARUKO DIN PANI GAYOOOOO

  4. Bhimsen Gurung

    la ramro bho kuwait ka patrakar bhai harule ramro kam gareka chhan. weldone guys.

  5. immagine……..it’s unblievablething such today became true &tuch…..it’s goodnews for all nepalease peoples.whoever peoples are in kuwait.
    it was most&most important embassy in kuwait.
    most of peoples dreams wil be fulfill in the future….
    god bless………..
    and all the best……………………………..

  6. Dear all
    it is good thing that we nepali people have embassy here in kuwait but the sad part is that still many people like me do not know the location and the telephone number of the embassy. so it would be praise worthy if you could just display the location and the embassy telephone number in this website.
    thank you

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s