मंसिर ७, माओवादी आन्दोलनका क्रममा घाइते नेता अमिक शेरचनलाई प्रधानमन्त्री माधव नेपाल र संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भेटी घटनाप्रति दुःख प्रकट गरेका छन् । राजधानीस्थित जनमैत्री अस्पतालमा उपचाररत शेरचनलाई शनिबार भेटी घटनाप्रति दुख प्रकट गरेका हुन् । प्रधानमन्त्री र सभाअध्यक्षले दुखद् घटना भयो भन्नुभयो । तपाईंजस्तो व्यक्तिलाई यस्तो नहुनु पर्ने हो भन्दै दुख प्रकट गर्नुभयो भनेर शेरचपत्नी शान्तिले भनिन् ।
सिंहदरवार घेराउको पहिलो दिन गत कात्तिक २६ गते प्रहरीको लाठीबाट शेरचन घाइते भएका थिए । पत्नी शान्तिका अनुसार उनका छातीको दुईवटा करङ र कुम फ्याक्चर भएको छ । उनको कलेजो सुनिएको छ भने रक्तचाप पनि कहिले कम र कहिले बढ्ने समस्या देखिएको शान्तिले जानकारी दिइन् । शेरचनको स्वास्थ्यमा राम्ररी सुधार नआएकाले अस्पतालबाट कहिले डिस्चार्ज हुन्छ ? डाक्टरले कुनै जानकारी नदिएको उनले बताइन् ।
Filed under: LINKS

_________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________












Bichara budesh kaal ko haddi jodina gaaro hunchha, dukha payeu serchan