नागरिक सर्वोच्चताको माग गर्दै एकिकृत नेकपा माओवादीले तेस्रो तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । माओवादीद्वारा आज आयोजित पत्रकार सम्मेलन मार्फत पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले नागरिक सर्वोच्चताको बिषयमा सरकार गम्भिर नभएकाले तेस्रो चरणको आन्दोलनमा जान बाध्य भएको बताउनु भयो । आन्दोलनका कार्यक्रमको घोषणा अनुसार मंसिर ७ गते देखि १५ गते सम्म प्रचार प्रसार १६ गते देखि २५ गते सम्म जनवर्गीय संगठनको विरोध कार्यक्रम २६ देखि पुर ४ गते सम्म जातीय क्षेत्रीय मोर्चाहरुको विरोध र पुस ५ ६ र ७ गते आम राजनीतिक हडताल गरिने बताइएको छ ।
त्यसैगरि आज बसेको माओवादी केन्द्रीय समितिको बैठकले चालु आर्थिक बर्षको बजेट पारित गर्न ३ दिन संसद संचालन गर्न दिईने पनि निर्णय गरेको छ ।
Filed under: समाचार-१

______________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
_________________________
__________________________
__________________________
__________________________
_________________________
_________________________










