भारतीय ‘बाबा’ द्वारा नेपाली महिलाको यौनशोषण

नक्कली बाबा पक्राउ, दुई नेपाली महिलाको उद्धार

नेपालगन्ज, ४ मंसिर, तन्त्रमन्त्र र झारफुकबाट उपचार गर्ने नाममा नेपाली महिलालाई यौनशोषण गर्ने एक भारतीय नक्कली बाबा पक्राउ परेका छन् । भारतको नानपारा सहरस्थित बाइपास चिनी मिलपछाडि कुटी बनाएर बसेका नक्कली बाबाले उपचार गर्न जाने नेपाली महिलालाई वर्षौ देखि यौनशोषण गर्ने गरेको सूचना पाएपछि बाँके प्रशासनको आग्रहमा भारतीय प्रशासनले छापा मारेर पक्राउ गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र बानियाँको आग्रहमा भारत बहराइचका डिएम सुवासचन्द्र शर्मा र एसपी लालजी शुक्लाको नेतृत्वमा छापा मारिएको थियो । नक्कली बाबाको कुटीबाट दुई नेपाली महिलालाई उद्धार गरिएको छ । उद्धार गरिएका दुई युवती अपांग छन् । उनीहरू १५ दिनअघि उपचारका लागि त्यहाँ पुगेका थिए । प्रमुख जिल्ला अधिकारी बानियाँले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी नक्कली बाबाको अनैतिक कार्यबारे सार्वजनिक गरेका हुन् ।

उनका अनुसार सन्तान नभएका र अन्य रोग लागेका युवती उपचारका लागि त्यहाँ जाने गरेका थिए । उपचार गर्न जाने महिलाका अभिभावकलाई नक्कली बाबाले त्यहाँ बस्न नदिने र आफूले भनेको सबै कुरा मान्नुपर्ने सर्त राख्ने गरेको प्रजिअ बानियाँले जानकारी दिए । उपचारका नाममा ढोँगी बाबाले महिलामाथि यौनशोषण गर्दै आएको थियो । राम्री देखिने महिलालाई उसले महिनौँसम्म उपचारका नाममा राख्थ्यो, प्रजिअ शर्माले भने । उनले त्यहाँबाट भाग्न खोज्ने सुन्दर युवतीलाई फलामको साङ्लामा बाँधेर राख्ने गरेको सूचना आफूले पाएर छापा मार्न लगाएको दाबी गरे ।

बर्दियाकी एक १८ वर्षीया युवतीलाई ढोँगी बाबाले गर्भ बोकाएर गर्भपतन गराएपछि ती महिला त्यहाँबाट भागेर आएको उदाहरण प्रजिअ बानियाँले दिए । उपचार गर्न गएकी ती महिलालाई उसले दुई महिनामा गर्भ बोकायो र गर्भपतन गर्न लगायो । ती महिला त्यहाँबाट भाग्न सफल भएकी छिन, उनले भने, तर उनी आफ्नो घरसम्म पुगेकी छैनन् । घटना अनुसन्धान गर्दा नक्कली बाबाले महिला ल्याउन बाँके, बर्दिया र दाङमा महिला एजेन्ट राखेको बुझिएको उनको दाबी छ । उसले आफ्नो एजेन्टमार्फत बाँझोपन, महिनावारी गडबडीलगायत लामो समयसम्म उपचार हुन नसकेका महिलाको कुनै पनि रोगको उपचार बाबाबाट निको हुने प्रचार गराएर महिलालाई आकषिर्त गर्ने गरेको पाइएको छ, बानियाँको भनाइ छ ।

नक्कली बाबाको कुटीमा छापा मार्दा एक सय ५० वटा नेपाली महिलाको फोटो भेटिएको भारतीय अधिकारीको भनाइलाई उद्धृत गर्दै प्रजिअ बानियाँले बताए । बरामद गरिएका फोटो हेर्दा सम्भ्रान्त परिवारका नेपाली महिला पनि छन् । पक्राउ गरिएका नक्कली बाबाले भारतीय अधिकारीहरूसँग आफूले गरेको अपराध स्वीकार गरेको बताइएको छ । भारतीय प्रहरीले नक्कली बाबालाई केरकार गरेपछि आफू नक्कली बाबा रहेको र झारफुक तथा तन्त्रमन्त्र केही नजान्ने स्वीकार गरेको भारतीय अधिकारीलाई उद्धृत गर्दै बानियाँले बताए ।

पक्राउ परेका नक्कली बाबालाई भारतीय अधिकारीले नेपालगन्ज नपठाउने भएका छन् । उनीहरूलाई भारतीय कानुनअनुसार कारबाही चलाउने प्रतिबद्धता जनाएका छन् । नक्कली बाबा भारतीय प्रहरीको हिरासतमा रहेको र मुद्दा चलाउने तयारी भइरहेको छ ।

One Response to भारतीय ‘बाबा’ द्वारा नेपाली महिलाको यौनशोषण

  1. u know such ba ba who just like to play with girl in the name of religion should be punished and push behind the jail. U know my frn this kind of incident occur due to the uneducation, no appropreate information on health education to those area where is no any inproved means of infrastructure .
    And such ba ba who take a merit of this situation .

    U know to not to occur same kinds of incident we the people an the goverment should put the extra sffort & precaution majors at all .

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s