जय आले (कुवेत)
कुवेतको सार्क फूटवल मैदानमा १३ नोभेम्वर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको समुह “B” को दोस्रो खेलमा साइरालियोनको बिरुद्द नाइजेरिया र बंगलादेशको बिरुद्दमा येमनले खेलेका छन । जसमा साइरालियोन र नाइजेरियाले कसैको बिरुद्द गोल गर्न नसकी खेल बराबरीमा टुङ्गिएको छ भनें येमनले बंगलादेशलाई ० को बिरुद्द ३ गोल गरेको छ ।
कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित यस टुर्नामेण्टमा कुवेतस्थित १२ विदेशी राष्ट्रहरु सहभागी रहेका छन् । १३ नोभेम्बरको उक्त खेलमा नेपाली टिमका “टिम कोच” जगत मगरलाई दुवै तर्फको खेलहरुमा लाइन्स मेन राखिएको थियो भनें अन्य केही नेपाली दर्शकहरुको समेत उपस्थिति रहेको थियो ।
यस टुर्नामेण्टको समुह “C” को खेल आगामी २० नोभेम्वर २००९, शुक्रवारको दिन सोही सार्क फूटवल मैदानमै इथोपियाको बिरुद्द इजिप्ट १४.३० बजे र इण्डियाको बिरुद्द थाइल्याण्डले १६.०० बजे खेल्ने छन् ।














































Jaya Jee, thanks for update…….
ohh ho hajur dhanyabaad chha hai news update ko lagi,aba aaune match india ra thailand bich ko ramro hola jasto chha. so yesai gari update garidinu hola hai Jay sir