रेमिट्‍यान्सले देश विर्गादैछ

रोजगार मञ्च डट कम संवाददाता
वैदेशिक रोजगारबाट नेपाल भित्रने रेमिट्‍यान्स राष्ट्रको लागि भविष्यमा घातक हुने अर्थविद्‍हरुले बताएका छन । राष्ट्रमा रेमिट्‍यान्स मन्द बिष जस्तै हुने उनीहरुको राय छ । रोजगार मञ्च मासिक पत्रिका र रोजगार मञ्च डट कमको आयोजनामा मंगलबार ‘रेमिट्‍यान्सको उपयोगिता र चुनौति’ बिषयक कार्यत्रममा बोल्दै पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले रेमिट्‍यान्सको बिषयमा सरकारले कुनै पनि चिन्ता नलिएको हुँदा बिस्तारै-बिस्तारै रेमिट्‍यान्सले देश विगार्दै लैजाने बताउनुभयो । उहाँले हरेक नेपालीहरुको तेश्रो घरमा रेमिट्‍यान्स प्राप्त भैरहँदा समेत उत्पादनशिल क्षेत्रमा प्रयोग हुन नसक्दा रेमिट्‍यान्सको उपयोगिता प्राय शुन्य रहेको जानकारी दिनुभयो ।

त्यसैगरि अर्थविद्‍ डा. चिरञ्जीवी नेपालले नेपालमा रेमिट्‍यान्स सम्बन्धि स्पष्ट नीति बन्न नसक्दा रेमिट्‍यान्सले नेपाली अर्थतन्त्रलाई सत्रिय बनाउन सकेको छैन भन्नुभयो । डा.नेपालले विभिन्न देशले रेमिट्‍यान्सको भरमा नै ठूला ठूला विकास गरिसकेको भएतापनि नेपालमा त्यस्ता ‘प्रोजेक्ट’ हरु अगाडी बढ्‍न सकेका छैनन्‍३ भन्दै थप्नुभयो, ‘नेपालको सन्दर्भमा रेमिट्‍यान्स भनेको मन्द बिष जस्तै हो जसले देशलाई बिस्तारै खोत्रो बनाउँदै लैजान्छ ।’

अन्र्तत्रिया कार्यत्रममा विभिन्न रेमिट्‍यान्स कम्पनी, बैंक तथा वित्तयि क्षेत्रका प्रतिनिधिहरुले रेमिट्‍यान्सको उपयोगितामा सरकार गम्भिर बन्न नसकेको राय व्यत्त गरे । रोजगार मञ्चका प्रकाशक प्रकाश कार्कीले सञ्चारमाध्यम माफत रेमिट्‍यान्स र रोजगारीका कुरा उठान गर्दै लैजाने त्रममा यस्तो कार्यत्रम आयोजना गरिएको बताउनुभयो । कार्यत्रमको सञ्चालन इमेज च्यानलका सञ्चारकर्मी जगदिश खरेलले गर्नुभएको थियो ।  

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s