रामजी बगाले,
काठमाडौं- स्वास्थ्य, शिक्षा, सूचना रोजगार र सुरक्षालाई आफ्नो मुल मन्त्री ठानी सामाजिक कार्यमार्फत् देशलाई आर्थिक परिवर्तनको दिशामा मोड्न प्रयासरत एस्युरेन्स युनिटी लाइफ इन्टरनेशनल लि. ले सन् २०१० भित्रमा युनिटी एयरवेज नेपालमा ल्याउने घोषणा गरेको छ । करिव दुई महिना मलेसिया, सिंगापुर र थाईल्याण्डको भ्रमण सकेर आज स्वदेश फर्किनुभएका युनिटी ग्रुपका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले एयरपोर्टमा गरिएको पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।
क्षेत्रीले आफ्नो अहिलेको भ्रमण एकदम सफल भएको बताउँदै इन्टरनेशनल एयरवेजको लागि एयर एशियासँग युनिटी ग्रुपको सम्झौता भएको बताउँदै आफ्नो टुर एण्ड ट्राभल्स योजना अन्तरगत सन् २०११ सम्ममा वर्षेनी १ लाख पर्यटक भित्रने बताए । क्षेत्रीले एयरपोर्टमा पत्रकारहरुको प्रश्नको उत्तर दिँदै हाइड्रोको लागि सरकारले उचित वातावरण मिलाए ७ हजार मेघावाटसम्मको हाइड्रो निकाल्ने विषयमा विदेशी पार्टीहरुसँग छलफल भएको जनाउँदै अहिले राजधानीमा मेट्रो ट्रेनको आवश्यकता भएको र सरकारले वातावरण मिलाए आफूहरुले त्यसमा पनि लगानी गर्ने दावी गरे । उनले आफूले एयर एम्बुलेन्सलगायत विभिन्न ठूला प्रोजेक्टको विषयमा विदेशी पार्टीहरुसँग छलफल गरेको बताउँदै राज्यले आफ्नो ठाउँबाट सहयोग गरे युनिटी ग्रुपले धेरै कार्य गर्ने बताए । क्षेत्रीले देश विकासको लागि ह्युमेन रिसोस्र र वाटर रिसोस्र मात्रै भएको जनाउँदै विश्वमै अब यि दुई चिज जसले प्रयोग गर्न सक्छ त्यही देश मात्र विकसित मुलुक हुने दावी गर्दै युनिटीले यि दुवै चिज प्रयोग गर्ने बताए ।
Filed under: LINKS

___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________![Well%20come%20chhetri[1] Well%20come%20chhetri[1]](http://kuwaitnepal.files.wordpress.com/2009/11/well20come20chhetri11.jpg?w=464&h=341)













Sounds really great !!!
Badhai cha unity lai la hai sathi unity ma lagnu paryo bholi hamro pani jhaj cha bhanna paincha ki ta dui rupiyko unity ma sadasya bni shyog garau la