नेपाल सरकारले छिमेकी देश चीनकाविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिने प्रतिवद्धता व्यक्त गरिरहेका बखत नेपालका पूर्व युवराज पारस शाहले फ्री तिब्बतको वकालत गरिरहेको भनिएका तिब्बतका धार्मिक नेता दलाई लामाका दूत थिन्ले ग्यास्टो र उनका अनुयायीहरुलाई हिमाल पारिको जिल्ला भनेर परिचित विकट पहाडी जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा सुटुक्क भेट गरेका छन् । स्थानीय प्रशासनलाई कुनै जानकारी नै नदिई तीन वटा हेलिकप्टरमार्फत् काठमाडौंबाट सोझै मुस्ताङको सदरमुकाम जोमसोमस्थित विमानस्थलमा पुगेका पूर्व युवराज पारस र तिब्बती धर्मगुरु दलाई लामाका दूत ग्यास्टोका बीच जोमसोमथित माउन्टेन रिसोर्ट होटलमा करीब आधा घण्टा वार्ता भएको बताइएको छ । सो वार्ताका क्रममा तिब्बती शरणार्थीहरुद्वारा गर्न लागिएको आन्दोलनका बारेमा छलफल भएको बताइएको छ । सो भेटपछि तिब्बती धर्म गुरुका दूत ग्यास्ट्रो जोमसोमबाट अज्ञात स्थलतर्फ लागेको एकीकृत नेकपा माओबादी मुस्ताङका जिल्ला सदस्य बिनोद आचार्यले बताउनुभयो ।
सो भेटका लागि पूर्व युवराज पारस शाह सहित ३ जना पाईलट र तिब्बती अनुहार भएका व्यक्तिहरुका साथमा मुस्ताङ पुगेका थिए भने तिब्बती धर्म गुरु दलाई लामाका दूत ग्यास्ट्रो केही समय अगाडी भारतमा भएको तिब्बतीहरुको गोप्य भेलामा सहभागी भई सो गोप्य भेलामा भएका निर्णयहरुका बारेमा जानकारी दिन र अब मुस्ताङ जिल्लाबाट तिब्बती शरणार्थीहरुले चीन सरकारलाई दबाब दिन शुरु गर्न लागेको चीनविरोधी कार्यक्रमहरुका बारेमा आफ्ना अनुयायीहरुलाई प्रशिक्षण दिन गुप्त रुपमा मङ्गलबार जोमसोम पुगेका थिए । मुस्ताङ जिल्लाको मार्फामा रहेको छैरो क्याम्पका करिव तीनसय जना तिब्बती शरणार्थीहरुलाई पछिल्लो घटनाक्रमका बारेमा जानकारी गराउने र आगामी दिनमा हुने कार्यक्रमका बारेमा प्रशिक्षण दिन सो टोली मुस्ताङ पुगेको श्रोतले जनाएको छ ।
फिस्टेल एयरको तिनवटा हेलिकप्टरमध्ये पुर्व युवराज ९ एन एआईडब्लुमा सवार थिए भने ग्यास्टोसहित अन्य भने दुइवटा हेलीकोप्टरमा रहेको बताइएको छ । ग्यात्सोसंग मुस्ताङ पुगेका १७ जनाको टोलीमध्ये ८ जना तिव्वती अनुहारका भएको र अन्य केहि पुर्व युवराज पारसका साथीहरु रहेको एक गोप्य सुत्रले जानकारी गराएको छ । पूर्व युवराज पारस शाह मंगलबार नै पोखरा विमानस्थलमा उत्रिएर फेवातालको पारि रहेको फिस्टेल होटलमा करीब चारघण्टा बिताएपश्चात् काठमाण्डौ फर्केका छन् । यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक भोला रावलले भने कुनै प्रतिकृया दिन चाहेनन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आफु केहि दिन अगाडीदेखि बिदामा काठमाण्डौ भएको बताउँदै सो घटनाका बारेमा आफुँलाई केहि जानकारी नभएको बताए । त्यस्तै प्रहरी नायव उपरीक्षक भोला रावलले केहिपनि प्रतिकृया दिन मानेनन् ।
अरुणान्चल प्रदेशका नागरिकलाई चीनबिरोधी प्रचारबाजी गर्न दलाई लामा त्यहाँको भ्रमण गरिरहेका बेला चीनसंगै सिमा जोडिएको मुस्ताङमा उनका बिशेषदूत पुगेको खवरले आफुहरु निकै आतंकित बनेको मुस्ताङका राजनीतिक दलहरुले बताएका छन् भने नेपालको निकट छिमेकी मुलुक चीनको बिरुद्धमा नेपाली भूमि प्रयोग गरेर चीनबिरोधी गतिविधिहरु चर्काउने उद्देश्यले मुस्ताङ पुगेको लामाका दुतका साथमा पूर्व युवराज पारस शाह पनि गएपछि त्यहाँका प्रहरी सेना प्रशासन लगायत अन्योलमा परेका छन् ।



___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
___________________________
_________________________
__________________________
__________________________
__________________________
_________________________
_________________________
____________________________









Hello Sir haru yeuta question shodna man lagyo kuwait nepali.com ra nepal kuwait .com dubai site lai??
kuwaitnepal .com le pani kuwait ko pahilo on line news vanchha ani Nepal kuwait .com ko maathi pani kuwiat ko pahilo on line news vanchha? maile taha paye samma ta kuwait nepal nai pahilo ho jasto lagchha tara kina dubai paty le i am the first vannuhunchha?? huna ta dubai site uddyasya yeutai ho ki sabai lai su-suchit garnu ani patra patrikaa maa yaayekaa dherai kura haru jhuta hunchhan vanne janata ko vanai lai ta hajur haru dubai site ma first ma first vanda ta janata le vaneko kura sachhai ho jasto lagyo. aakhir first chhai kun ho malai bujaidinuhunchha ki?????