कुवेतमा नेपाली महिला पुगिन आईसियुमा

जय आले (कुवेत)

कुवेतको महबुल्ला भन्ने ठाउँमा एक घरेलु कामदारको रुपमा कार्यरत ४० वर्षिया नेपाली महिला आफै कार्यरत घरको दोस्रो तलाबाट खसेर सिकिस्त हुन पुगेकी छिन् । अरब टाइम्सले जनाए अनुसार उनलाई कुवेतको आदन अस्पतालको आईसियु (Intensive care unit) मा भर्ना गरिएको छ ।

कुवेत सेक्युरिटी सोर्सले जानकारी दिए अनुसार, ति महिला आफैले बनाएको डोरिमा झुण्डिएर आफु कार्यरत घरबाट भाग्ने क्रममा सो डोरी चुड्न पुगी उनी दोस्रो तलाबाट खस्न पुगेकी हुन । सोर्सले उनको नाम, नेपालको ठेगाना र के-कती कारणले उनी घरबाट भाग्न विवश भएकी थिइन भनेर केही खुलाएको छैन ।

आधिकारीक जानकारीको लागि ११ नोभेम्वरको अरब टाइम्स दैनिक हेर्न नभुल्नु होला ।

Leave a Reply