उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक २४– कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले मंगलबार दिउसो पर्साका प्रमूख जिल्ला अधिकारीमाथी जिल्ला प्रशासन कार्यलयभित्रै हातपात गरेको घटनालाई फोरम लोकतान्त्रीकले ‘असोभनीय’ भन्दै बुधबार बस्ने पार्टी वैठकमा गंभिर छलफल हुने जनाएको छ । एभिन्यूज च्यानललाई मंगलबार दिउसो उक्त घटनाको बारेमा प्रतिक्रीया दिदै फोरम लोकतान्त्रीकका प्रवक्ता जितेन्द्र देवले जुनसुकै वाहानामा पिटेको भएपनि उक्त कार्य ‘असोभननीय’ रहको बताए । यस बारेमा थप कुरा बुझन् वाकी छ, उनले बताए- जुन सुकै वाहानामा उक्त कार्य गरेको भएपनि त्यो असोभनीय कार्य हो ।
फोरम लोकतान्त्रीकको तर्फबाट सरकारमा सामेलभएकी मन्त्री वेगमले मंगलबार दिउसो डेढ बजेतिर पर्साका प्रमूख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा पिटेकी हुन् । ३०-३५ जनाको समूहमा गएकी उनले भण्डारीलाई भेट्ने वित्तीकै पिट्न थालेकी थिइन् । मैल्ये केही भन्न पाइन्, प्रमूख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले भने- उनले पटापट पिट्न थालीन् । आफुले पिटाई खाएपनि मन्त्री तथा सभासद् भएकाले केही प्रतिकार नगरेको उनले बताए । उनले मेरो चस्मासमेत फोडिदिइन्, भण्डारीले थपे- मन्त्रीले यस्तो कार्य गर्न सुहाउदैन भन्दा झनै आक्रोसीत भइन् ।
आफुले यस घटनाकको बारेमा तत्कालै गृहमन्त्रीलाई जानकारी गराएको समेत भण्डारीले सुनाए । मन्त्रीज्यूले मन्त्रीपरिषदमा यो कुरा राख्छु भन्नु भयो, भण्डारीले थपे- प्रमूख जिल्ला अधिकारीलाई नै पिट्नेले जिल्लाका अन्य कर्मचारीलाई के गर्लान् भन्ने भण्डारीको प्रतिकृया छ । घटनापछि जिल्लाका सरकारी कार्यलय एंव जिल्ला प्रशासन कार्यलय बन्द भएका छन् । राजधानीबाट वीरगन्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएकी वेगमले सिमरा एयरपोर्टमा आफ्नो लागि पुरानो गाडी पठाएको भन्दै भण्डारीमाथी आक्रमण गरेकी हुन् । हो मैले सिडीओलाई पिटे, घटना लगत्तै नागरिकसँगको बहादुरीको भावमा करिमा वेगमले भनिन्- कलर समातेर पटापट ५ झापड हिर्काए ।
उनले सिडीओले आफ्नो टेलिफोन राम्रोसंग रिसिभ नगरेको जिल्लामा अपराध नियन्त्रण नगरेको लगायतका आरोप समेत लगाइन् । उनी पर्सा क्षेत्रनंबर १ बाट सभासद पदमा विजयी हुन् । केही समय अगाडि माओवादी पार्टीमा मन्त्री रहेको समयमा मातृका यादवले ललितपुरका स्थानीय विकाश अधिकारीमाथी यस्तै खाले दुर्व्यवहार गरेका थिए ।














































sabha sad lai harmo jima ma dine ta hami tahalagai dinchu ni
yesta mantrilai turunta padchyut gari, sambandhita sidiyolai kutna lagai, minimum 10 barsako lagi jel chalan garema next time aru mantrile sabak siknethie.
Badar ko haath ma nariwal rakhi deya pachi, aakhir yahe ta result aaucha ne, ABCD ramro sanga padna najanne lai, uuchalera Mantri banaya pachi, jungali kaam nagare aru ke chai garnu ta. Bichari Mantrani jyu, lai ke tha ke garnu huncha ke garnu hudaina.
Yo ta suruwat matra ho, aaru yastai nikamma/ anpad mantri haru ko kaam ta hernai baki chha !!!
sala rande toa mantere lai mantere lai jantako samune nagai garnu parne ra ltaliakarbainagarn e to ma ku ra lai ne mahela kalo muso dalne parne