फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको समुह “A” को दोस्रो खेल सम्पन्न; श्रीलंकासँग नेपालको अप्रत्याशित हार

जय आले (कुवेत)

कुवेतको सार्क फूटवल मैदानमा ०६ नोभेम्वर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको समुह “A” को दोस्रो खेलमा श्रीलंकाको बिरुद्द नेपाल र घानाको बिरुद्द बेनिनले खेलेका छन । जसमा नेपाललाई श्रीलंकाले १ गोलको बिरुद्द ३ गोल गरेको छ भनें घानाले बेनिनलाई ० को बिरुद्द ३ गोल गरेको छ ।

निकै रोचक एवं प्रतिश्पर्धात्मक खेलमा नेपालले अचानक एउटा अप्रत्याशित हारको सामना गर्नु परेको छ । कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित यस टुर्नामेण्टमा कुवेतस्थित १२ विदेशी राष्ट्रहरु सहभागी रहेका छन् । ०६ नोभेम्वरको उक्त खेलमा गैर-आवासिय नेपाली सँघ कुवेतका अध्यक्ष राजेन्द्र तमाङ्ग र सल्लाहाकार बाल कुमार गुरुङ्गको समेत उपस्थिती रहेको थियो । श्री तामाङ्ग र गुरुङ्ग द्वय नेपाली टिमको प्रतिनिधित्व गर्दै आएको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका वरिष्ट सल्लाहाकार समेत हुनुहुन्छ । यसैगरी खेल हेर्न उल्लेख्य रुपमा नेपाली दर्शकहरुको पनि उपस्थिती रहेको थियो ।

नेपालको राष्ट्रिय गान गाएर शुरु गरिएको उक्त खेलमा नेपाली दर्शकहरुको हौसला र हुटिङ्ग देखेर नै नेपाली खेलाडिहरुले आजको म्याच जित्ने सम्भावना धेरै छ भन्दै निकै प्रफुल्लित मुद्रामा हुनुहुन्थ्यो शुरुदेखी नै नेपाली टिम र माउण्ट एभरेष्ट क्लवलाई निकै सहयोग पुर्‍याउँदै आउनु भएका अती नै सहयोगी मित्र होमनाथ गिरी तर दुर्भाग्यवश नतिजा उल्टो हुन गयो ।

यस टुर्नामेण्टको समुह “B” को खेल आगामी १३ नोभेम्वर २००९, शुक्रवारको दिन सोही सार्क फूटवल मैदानमै साइरालियोनको बिरुद्द नाइजेरिया १४.३० बजे र बंगलादेशको बिरुद्द येमनले १६.०० बजे खेल्ने छन् ।

(नेपाली टिमले अप्रत्याशित हारको सामना गर्नु परेको कारणहरु औल्याउँदै कुवेतनेपाल डट कमका सम्पादक जय आलेले नेपाली टिमका कोच जगत मगरसँग गरेको कुराकानीको केही अंश तल राखिएको छ ।)

-जगत जी नेपाल त अप्रत्याशित रुपमा हार्‍यो नि, टिम प्रशिक्षकको नाताले कस्तो अनुभव हुँदैछ तपाईंलाई ?

   खेलमा हारजित त हुन्छ नै । तर आजको हार साँच्चै नै नसोंचेको र नचिताएको हार भयो किनकी हाफ टाइमसम्म खेल १-१ गोलमा थियो र निकै प्रतिश्पर्धात्मक पनि तर खेलको अन्तिम सेन्च्युरिमा पुगेर केवल खेलको समय ७/८ मिनट मात्र बाँकी हुँदा श्रीलंकाले फटाफट २ गोल हान्यो जसले गर्दा मलाई कस्तो लाग्नु भन्दा पनि जुन आशा लिएर हाम्रा नेपाली दर्शकहरु खेलाडिलाई हौसला दिई जिताउन आउनु भएको थियो वहाँहरुको मुहारमा निराशा छाएको देख्दा मलाई पनि नरमाइलो लागेको छ ।

-तपाई नेपाली टिमको प्रशिक्षक मात्र नभई एक कुशल खेलाडी पनि हुनुहुन्छ । आज यसरी नेपाली टिमले मात्र नभई नेपाल राष्ट्रले नै यस्तो अप्रत्याशित हारको सामना गर्नु पर्‍यो के-कती कारण र कमी-कमजोरीले होला केही बताइदिनु हुन्छ कि ?

   खासगरी हाम्रा नेपाली खेलाडिहरु कुवेतको अलग-अलग स्थानमा बसोबास गर्ने हुनाले भनेको समयमा एकै ठाउँमा जम्मा भई अभ्यास गर्न नपाउनु नै हो र ड्युटिको कारणले आजको हाम्रा मुख्य डिफेन्स खेलाडीको अनुपस्थितिले पनि हो ।  

-नेपालको पहिला घानासँगको खेल पनि बराबरीमा टुङ्गिएको थियो र आज हारको सामना गर्नु पर्‍यो भनेपछी के अब नेपाली टिम टुर्नामेण्टबाट बाहिरिएको हो ?

   होइन, टुर्नामेण्टबाट बाहिरिनु भनेको १२ टिमबाट फिल्टर भई ८ टिम भित्रमा नपर्नु हो । यो लिग गेम भएकोले अझै पनि हामीसँग एक मौका छ । अब हाम्रो खेल बेनिनसँग हुनेछ, आज बेनिनलाई घानाले ३ गोल गरेको छ । नेपाल ८ टिम भित्रमा पर्नको लागि नेपालले बेनिनलाई कुनै पनि हालतमा जित्नु पर्ने हुन्छ त्यो पनि घानाले भन्दा बढी गोल गरेर नत्र स्वतह. नेपाल टुर्नामेण्टबाट बाहिरिनेछ ।

-कहिले हुँदैछ नेपाल र बेनिनको आगामी म्याच ? जित्नै पर्छ त भन्नु भयो तर कसरी जित्ने ? नेपाली खेलाडिहरुलाई कुनै छुट्टै किसिमको प्रशिक्षण दिने सोंचमा हुनुहुन्छ कि कसो ?

   शायद अब हामीले कुनै नयाँ ढंगबाट तयारी गर्नु पर्ने हुन्छ जसको लागि म टिम मेनेजरहरु मनु मगर, अमर गुरुङ्ग, सहयोगी भाई होम गिरी, माउण्ट एभरेष्ट क्लवका सहयात्री साथीहरु लगायत सम्पूर्ण खेलाडिहरुसँग छलफलको प्याकेज लिएर चाँडै नै प्रस्तुत हुनेछु । र नेपाल र बेनिनको म्याच आगामी ४ डिसेम्वरमा हुने जानकारी गराउन चाहन्छु ।

-अन्त्यमा केही भन्नु छ उपस्थित जनसमुदायलाई ?

   खेलमा कुनै एक टिमले जित्छ भनें अर्को टिमले हार्छ । आजको नेपालको हारबाट निराश नहुनुहोस् हामीसँग एक मौका अझै भएकोले आफ्नो अमुल्य सुझाव र सल्लाह दिएर हामीलाई आगामी खेलमा बलियो भएर प्रस्तुत हुन सक्ने बातावरण बनाइ दिनुहोस् यती नै अनुरोध गर्न चाहन्छु ।

धन्यवाद ।                

13 Responses to फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको समुह “A” को दोस्रो खेल सम्पन्न; श्रीलंकासँग नेपालको अप्रत्याशित हार

  1. Dear Sampadak ju daneba.atinai ramro newslekhanu bhayako ma

  2. Homnath GIRI

    kehl ho haar jit ta hunchha nai tara nepali team le aafno best gareko thiyo, thiyo tara safaltaa paauna sakena, aafno byastata kaa karan pani kheladi haru lai hausala pradan garna aaunu vayekaa sampurna nepali daju vai haru maa dhanyabaad prakat garna chhahanchhu ra Mr. Jay sir, Thanks for news.

  3. patrakaar mahodaya hami duty ko karan le game herna jaana napaune haru hajur ko news pad daa game nai here jasto lagyo. thanks a lot mr. jay and your entire team.

  4. Jay sir yesari nai kuwait nepal .com marfat haami duty ko kaaran game herna jaana napaauni haru lai pani news marfat jaankaari dinu hola vanne aasha gardachhu

  5. nepali team next time jasari pani jitnu parcha, kati darsak haru niras parchhu?? difence ali baliyo banaunuparyo, kheladi haru raksi churot maa vanda khel maa ali badi dhyan dinu hola.

  6. really very good news, nepal ko kantipur patrikaa pade jastai lagyo, job wel done

  7. hello, this is not a god job making by Nepali team manager…. all good player is siting outside and tried player is playing….. if u want won the match than try to contract us……. sirlanka is not a good team but than also Nepal loss the match…. y not give chance to Binod, Deepak & Keshab from Half time…. this 3 player is good runner and from the side…… i thinks this Nepali Team Manager have no idea for foot ball and selection of player…..from next time no need to joint again…..

  8. Please tell to read this for Nepali team manager and team captain

    Football training and football coaching need to be helping to target the right muscles for fitness. Football is a sport that requires a multitude of athletic abilities; aim to make improvements in the following to improve your game:
     Explosive acceleration and fast sprinting speed

     Muscular endurance and strength in the lower body

     Muscular balance and high levels of neuromuscular co-ordination

     Body awareness and agility, the ability to know where your body is, and be able to move it

     Discipline to take orders and decisions, as well as putting the team first

     Good flexibility to avoid injury, football players are prone to poor hamstring flexibility

     Correct balance between your quadriceps and hamstrings, as well as strength imbalances between your left and right leg

    Speed work

    Look at the plyometric circuit to developing explosive power, aim to do this circuit no more than once a week, and certainly not on days before a match, as this type of circuit takes a few days to recover from.

    Shuttle sprints, most sprints last for between 6 and 15 meters in a match, so look at this distance for your training. Work your sprints in the following form, standing start, lying flat on your stomach start, running start, sprint forward with run back and then repeat all with a ball. Aim to have a minimum of 3 markers to turn around, not necessarily in a straight line.

    Muscular Endurance

    Use this circuit once a week to develop muscular endurance, best performed alongside a skill session or on a day after a match.

    DISTANCE SPEED DRILL / NOTES
    2 X LAPS LIGHT RUN PACE WARM UP & STRETCH
    3 X LAPS JOG / RUN / FAST PACE YOURSELF
    3 X 1/2 LAPS AS ABOVE DO DRILL WITH FOOTBALL
    1 X LAP RUN PACE HK – SS – HTB -SS *
    4 X 1/2 LAPS FAST RUN LEG CIRCUIT AFTER EACH 1/2 LAP
    4 X 1/2 LAPS FAST RUN AS ABOVE PLUS UPPER BODY CIRCUIT
    4 X 1/2 LAPS FAST RUN AS ABOVE PLUS ABS CIRCUIT
    4 X LAPS SPRINT / JOG SPRINT ONE SIDE THEN JOG BACKWARDS *
    4 X 1/2 LAPS FAST AS POSSIBLE DO DRILL WITH FOOTBALL
    5 X LAPS FAST RUN LEG CIRCUIT AFTER EACH LAP
    2 X LAPS LIGHT RUN PACE COOL DOWN & STRETCH

    • HK = HIGH KNEE RUNNING / SS = SIDE STEPPING HTB = HEEL TO BUM

    AIM TO SPRINT THE WIDTH OF THE PITCH, AND THEN JOG BACKWARDS ALONG THE LENGTH BEFORE SPRINTING AGAIN. ONCE YOU GET FITTER, YOU CAN THEN SPRINT THE LENGTH AND JOG ON THE WIDTH.

    Ladder Drills

    Used to gain speed in footwork, lay out a rope ladder, or chalk out an area with approximately 15 inch squares. Combining ladders so that you go both forward and side ward’s, will give you rapid results. The numbers indicate the order to run in.

    1 2

    3 4

    5 6

    Single leg run

    Aim to run on the ball of your foot, without catching the rope or chalk lines.

    = Left foot = Right foot

    1
    2
    3
    4
    5
    6
    7
    8
    9
    10
    11
    12
    Double leg run

    aim to run at speed through the rope ladder, pumping with your arms.

    = Left foot = Right foot

    1 2
    3 4
    5 6
    7 8
    9 10
    11 12 Double side step

    Run through the ladder in a sideways direction, with either double or single leg.

    = Left foot = Right Foot

    6
    12
    18

    2
    1
    4
    5
    8
    7
    10
    11
    14
    13
    16
    17
    Ickey Shuffle

    As with the double run, but this time every third step comes outside the rope.

    = Left foot = Right foot

    3
    9
    15

    1
    2
    3
    4
    5
    6 Cross over’s

    Side step through the rope, taking your leading leg both in front and then behind the trailing leg.

    = Left foot = Right foot

    By performing these drills in both directions, you will soon realize that you are better on one side than the other. Aim to work on your weaker side for greater improvements in your game.

  9. Jhamak tamang (Kavreli)

    kuwait ko kanchho ko point ma pura sahamat chhu. yeha nepali team le harnu pareko team manager ko kamjori le nai ho yo manu magar bhanne ko ho? manager bhayera aja samma kunai kheladi lai thaha chhaina manager ko ho vanera? amar gurung pani football ko ramro gyan bhayeko manager bhaye kina sahi kheladi harulai khelna diyena??? mount everest club helping people tht is in diff. place but yeha monopoly dekhiyeko chha guys we need right manager anybody want to reply me just leav message i will deal with u???????

  10. sorry khel ma join huna na payeko ma sampurna darshak bin haru ma
    k garni duty ko kaaran le game ma aauna sakiyena ra club sanga relative member daju haru le players haru lai game ma invite huna sankincha ki nai bhanera game hunu bhanda nai first ma conform garnu jaruri cha natra 06-11-2009 ko jasto har ko samana garna na parla bhanna sakidaina thanks

  11. DELIP SUBBA

    प्रिय मित्र कुवेत को कान्छो !!

    सर्वप्रथम त यहाँलाई फुट्बल खेलाडिहरुका लागि दिनु भएको सारिरिक,मानसिक,र प्राबिधिक टिप्सको लागि धन्यवाद।
    तर यहाँ लाई अवगत नै छ कुवेतमा हामी सबै कम्पनीको परीबन्धमा नै छौ र अाफ्नो जागिर लाई प्राथमिकता दिनै पर्‍यो र त्यस्पछिको फुर्सद निक्लिएको समयलाई हामीहरुले उपयोग गर्ने हो। बाँकी कुरा खेलको यहाँ कुवेतमा नेपाली टोलिका प्रतिनिधित्व गर्ने खेलाडीहरु वा टोली म्यानेजर कोही पनि पेशेवर होइनन र कुशल खेलाडी ले पनि आफ्नो खेल कौशलता प्रदर्शन गर्न सकेका छैनन त्यस्को कारण समय अभाव समय कै कारण प्रायप्त प्रशिक्षण पनि पाएका छैनन जस्तो लाग्छ मलाई यती हुँदा हुँदै पनि नेपाली टोलीले यस प्रतियोगितामा उपस्तिथी जनाएको छ त्यो नै हाम्रो लागि ठुलो कुरा हो नत्र अरु धेरै राष्टका प्रवासीहरुले भाग लिएका छैनन। धन्यवाद माउन्ट एभरेष्ट क्लबलाई ।।

  12. .Remember that “Those who live in the hearts of others never die.” LIKE that Nepali team also try to keep the name and farm of the Nation. we know that all people have duty and myself also have a duty but than also in free time be practices and be a strong team…….. one things Nepali team captain and Manager is not good in foot ball , if they are good in football they have a idea of selection of player also………. failure is the pillar of success. the day will come Nepali Team also….

    saugat(kuwait ko kancho)
    saughatster@gmail.com

  13. Lalkaji Gurung

    sarai dukha lagyo aba team manager le kheladi haru lai ali ramro nirdeshan dinu paryo yesto ma sabai team manager ko hat hunchha. well i’m in Pokhara on leave soon be back guys. all the best mesc and players.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s