आदरणीय कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनिहरु;
कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित; फोर्थ कुवेत-अफ्रिकन फूटबल टुर्नामेण्टको दोस्रो चरणको समुह “A” को खेलमा, कुवेतको सार्क फूटवल मैदानमा ०६ नोभेम्वर २००९ को दिन, नेपाल- श्रीलंकाको बिरुद्द १४:३० बजे र घाना- बेनिनको बिरुद्द १६:०० बजे खेल्ने छन् । जसमा नेपाल र श्रीलंका बिच कडा प्रतिश्पर्धा हुने व्यापक संभावना रहेको छ, स्मरणरहोस् गत वर्षको थर्ड कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा नेपाली दर्शक र श्रीलंकाली खेलाडीहरु बिच खेल संचालन भई रहेकै बेला अनायासै एउटा असहजको बातावरण उत्पन्न हुँदा आयोजक समितिको केही स्वयंसेवकहरुलाई चोटपटक लाग्न पुगी नेपाली टिमको प्रतिनिधिमण्डलले क्षतिपूर्ती समेत बेहोर्नु परेको सर्वबिदितै छ ।
उक्त कारणहरुले गर्दा यस वर्षको टुर्नामेण्टमा तमाम हाम्रा नेपाली दर्शक बृन्दहरुलाई हाम्रो राष्ट्रको गौरवलाई ध्यानमा राखी, अत्यन्तै धैर्य रही खेल हेरिदिनु हुन, संयमताको साथ हाम्रा खेलाडिहरुको हौसला बुलन्द गराई टुर्नामेण्टमा बिजयी हाँसिल गर्न सक्ने स्थिती सृजना गरी दिनु हुन र स्थानिय कानूनमा प्रतिबन्धित कुनै किसिमका कृयाकलापहरु नगरी दिनु हुन प्रतिनिधिमण्डल हार्दिक अनुरोध गर्दछ ।
धन्यवाद ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत














































Bal Kumar dai ko lekh sarai sandarbik lagyo all the best.