Monthly Archives: November 2009

चिट्ठा ठगी/ठगी अमेरिकामा, खोजी नेपालमा

काठमाडौ, २०६६ मंसिर १५ – अमेरिकाको टेक्सास राज्यबाट चिट्ठाको रकम ठगी गरी फरार एक युवाको काठमाडौंमा नेपाल प्रहरीले खोजी थालेको छ । प्रहरीका अनुसार, रकम ठगी गर्ने डिल्लीबजार निवासी २५ वर्षिय पंकज जोशी हुन् । Continue reading

बालकले लिए ज्यान आमालाई दुव्र्यवहार गर्नेको

धनकुटाको मूर्तिढुंगामा एक बालकले आमालाई दुव्र्यवहार गर्ने एकजनालाई भाटै भाटाले हानेर हत्या गरेका छन् । मगा-६ का १५ वर्षीय मङ्गल मादेनले आफ्नी आमा हेमकुमारी मादेनलाई दुर्व्यवहार गरेको भन्दै तेह्रथुम सुदामका ४२ वर्षीय श्यामकुमार मादेनलाई दुर्व्यवहार गरिरहेको अवस्थामै भाटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । Continue reading

चार हजार अयोग्य लडाकु निकाल्न मन्त्रीद्वारा माओवादीलाई अल्टिमेटम

शान्तिमन्त्री रकम चेम्जोङको अध्यक्षतामा बसेको अयोग्य लडाकूको बहिर्गमनसम्बन्धी ‘स्टेरियङ’ कमिटीको आइतबारको बैठकले करिव चार हजारको संख्यामा रहेका अयोग्य लडाकुबारे सोमबारसम्म निर्णय दिन माओवादीलाई अल्टिमेटम दिएको छ । Continue reading

सगरमाथाको फेदीमा सरकारको क्याबीनेट बैठक बस्दै

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे संसारको ध्यान तान्न भन्दै आउँदो शुक्रवार सगरमाथाको फेदीमा बस्न लागेको क्याबीनेट बैठकले डिसेम्बरमा हुने कोपेन्हेगन सम्मेलनको निम्ति नेपालको प्रतिवेदन तय गर्ने मन्त्रीहरुले बताएका छन् । आउने शुक्रवार विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको फेदीमा सरकारको क्याबीनेट बैठक बस्ने अधिकारीहरुले जनाएका छन् । Continue reading

सुजाता खनिन् रामचन्द्र र रामशरणबिरुद्ध

कठमाडौँ -उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाला नेपाली कांग्रेसका नेताह रामचन्द्र पौडेल र रमाशरणबिरुद्ध निकै आक्रोशित बनेकि छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी कोइरालाले कांग्रेसकै पौडेल र महत संयन्त्र निर्माण हुन नदिने कसरतमा लागिरहेको आरोप लगाएकी हुन् । उनले संयन्त्र चाडैँनै निर्माण हुने समेत दाबी गरिन । Continue reading

लागू पदार्थ बोक्ने भरियामा महिला प्रयोग

दाङ, चरेसलगायतका लागू पदार्थ कारोबारमा महिला प्रयोग बढ्न थालेको छ । तस्करहरुले महिलालाई भरियाका रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ । चरेस बोक्ने तिनै ‘भरिया महिला’ मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । Continue reading

नम्रतालाई अब दीपकले नचाउँने

सेक्स भिडियोका कारण चर्चामा आएकी नायिका नम्रता श्रेष्ठलाई चलचित्र निर्देशक दीपक श्रेष्ठले आफ्नो आगामी चलचित्रमा काम गराउने भएका छन् । सेक्स भिडियोका कारण बजारमा नम्रताबारेको धारणामा परिवर्तन आएपछि उनलाई अनुबन्ध गरिएका चलचित्रले निकाल्ने क्रम सुरु भएको थियो । तर, पछिल्लो समय उनीबाट विमुख हुने अवस्थाको अन्त्य भएको छ । अमेरिकामा बस्दै आएका केही नेपालीको लगानीमा श्रेष्ठले चलचित्र निर्माण गर्दै आएका छन् । Continue reading

बर्दीका ट्राफिक प्रहरीलाई चिनियाँ कर्मचारीले कुटे

सिन्धुपाल्चोक, १३ मंसिर, उत्तरी तातोपानी नाकामा चिनियाँपक्षको ज्यादती बढेपछि शनिबार विवाद मिलाउन गएका ट्राफिक प्रहरीका हवल्दार कुटिएका छन् । चिनियाँ ज्यादतीविरुद्ध नेपालीपक्ष प्रदर्शनमा उत्रिएपछि उत्तरी नाका शनिबार दिनभरजसो तनावग्रस्त बन्यो । Continue reading

कोइरालालाई क्यान्सरको संकेत

नेपाली काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई क्यान्सर भएको एक नेपाली पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार सिङ्गापुरमा उपचार गराउन गएका कोइरालाई चिकित्कसले क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्न सुझाव दिएपछि त्यो सुझाव नमानेर उनी नेपाल फर्किएका हुन् । Continue reading

सज्जालाई गम्भीर रोग

हास्यकलाकार स्व. गोपालराज मैनालीकी छोरी सज्जा मैनालीलाई आमनेपाली दर्शकले चलचित्र नायिकाका रूपमा चिन्छन् । बुबा गोपालराजकै कारण चलचित्रक्षेत्रमा  आएकी सज्जाले झन्डै दुई दर्जन चलचित्रमा अभिनय गरेर दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्, तर दर्शकले उनलाई विगत तीन वर्षयता चलचित्रमा देख्न पाएका छैनन् । Continue reading

दुई सय युवा मलेसिया विमानस्थलमा अलपत्र

काठमाडौ, बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका करिव दुई सय युवाहरु त्यहाँस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । मलेसियास्थित एजेन्टले लिन नआएपछि उनीहरु विमानस्थलमै कुरी रहेका छन् । यसरी अलपत्र पर्नेहरु अधिकांश करिव एक महिनादेखि विमानस्थलमै एजेन्ट आउने आशामा छन भनें केहीले आफुहरु दुई सातादेखि अलपत्र परेको बताएका छन् । Continue reading

बञ्चरो प्रहार गरी पतिको हत्या

मंसिर १३, पाँचथर चिलिङदिन गाउँ विकास समिति वडा नम्बर ५ की दिलकुमारी नेम्वाङ लिम्बूले शुक्रबार राति बञ्चरो प्रहार गरी पतिको हत्या गरेकी छन् । सामान्य घरयासी विवादका कारण नेम्वाङले आफ्नै पति ४० वर्षीय नइन्द्र नेम्वाङलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । Continue reading

महिलाः ३४ को उमेरमा बढी कामुक

सामान्यतः आम धारणाअनुसार उमेर ढल्कदै जाँदा मानिसमा यौन चाहना पनि घट्दै जाने गर्दछ । तर बलायतमा महिलाहरुमाथि गरिएको एक अध्ययनअनुसार अलग तथ्य फेला परेको छ ।

अध्ययनबाट पत्ता लागेअनुसार महिलाहरुमा ३४ वर्षको उमेर कटेपछि आफूमा बढी कामुक महशुस गर्ने गर्दछन् । अर्थात २८ देखि ३८ वर्षको उमेरमा महिलामा यौन चाहना सबैभन्दा बढी हुने गर्दछ । Continue reading

सुजाता साता लामो अफ्रिका भ्रमणमा

काठमाडौं, मंसिर १३- परराष्ट्रमन्त्री सुजाता कोइराला दक्षिण-दक्षिण समुहको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आइतबार केन्याको राजधानी नैरोबी जाने भएकी छन् । विकासोन्मुख मुलुक सदस्य रहेको दक्षिण-दक्षिण समुहसम्बन्धी राष्ट्रसंघीय उच्चस्तरीय तीन दिने सम्मेलन आउँदो मंगलबार सुरु हुँदैछ । Continue reading

ब्लु भिडियोमा बाहिरकी महिला

काठमाडौं, धनकुटामा भेटिएका ‘ब्लु भिडियो’ मा देखिने महिला यहाँका स्थानीय पात्र नभई बाहिरबाट आएका भएको रहस्य खुलेको छ । नयाँ पत्रिकाको मंगलबार प्रकाशित अंकमा समाचार स्रोतले गलत सूचना दिएका कारण ती भिडियोमा धनकुटा-७ डाडाँगाउँका स्थानीयवासी महिला उल्लेख हुनु गलत रहेको हाम्रा धनकुटास्थित संवाददाताले बताएका छन् । Continue reading