फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको पहिलो चरणको समुह “C” को खेल सम्पन्न

जय आले (कुवेत)

कुवेतको सार्क फूटवल मैदानमा ३० अक्टुवर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको पहिलो चरणको समुह “C” को खेलमा इथोपियाको बिरुद्द इण्डिया र थाइल्याण्डको बिरुद्द इजिप्टले खेलेका थिए । जसमा इथोपियाको बिरुद्द इण्डियाले ३ गोल गरेको छ भनें थाइल्याण्ड र इजिप्टको खेल कडा प्रतिश्पर्धाको बावजुत कसैले कसैको बिरुद्द गोल गर्न नसकी खेल बराबरीमा टुङ्गिएको छ ।

कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित यस टुर्नामेण्टमा कुवेतस्थित १२ विदेशी राष्ट्रहरु सहभागी रहेका छन् । ३० अक्टुवरको उक्त खेलमा नेपाली टिमका “टिम कोच” जगत मगरलाई दुवै तर्फको खेलहरुमा लाइन्स मेन राखिएको थियो भनें अन्य केही दर्शकहरुको उपस्थिति रहेको थियो ।

यस टुर्नामेण्टको दोस्रो चरणको समुह “A” को खेल आगामी ०६ नोभेम्वर २००९, शुक्रवारको दिन सोही सार्क फूटवल मैदानमै श्रीलंकाको बिरुद्द नेपाल १४.३० बजे र घानाको बिरुद्द बेनिनले १६.०० बजे खेल्ने छन् ।

———————————-

आदरणीय दाजुभाई तथा दिदीबहिनिहरु; आगामी ०६ नोभेम्वर २००९ को दिन, दिनको ठिक साढे २ बजे, नेपालको तर्फबाट नेपाली टिमले श्रीलंकाको बिरुद्द खेल्ने पुन: जानकारी गराउन चाहन्छौं । त्यसैले आजको यस सूचनामुलक- समाचारलाई आधार मानी, उक्त दिन तपाईं, तपाईंको साथीभाई तथा दिदीबहिनिहरुको समेत गरिमामय उपस्थिती जनाई, हाम्रा महान खेलाडिहरुको हौसला बुलन्द गराई, टुर्नामेण्टमा बिजयी हाँसिल गर्न सक्ने बातावरण सृजना गरी दिनु हुन खेलाडि लगायत प्रतिनिधिमण्डल हार्दिक अनुरोध गर्दछ ।

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ – कुवेत

4 Responses to फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको पहिलो चरणको समुह “C” को खेल सम्पन्न

  1. thanks anybody jasle yo suchana jari garnu bhayeko ho

  2. Homnath GIRI

    Nepal ra Srilankaa bich huna gairaheko khel herna gai nepali kheladi lai hausala pradan garna huna binamra anurodh gardachhu.

  3. T&T (Kuwait)

    Thanks for update Jay Jee – I’ll be there for next match Nepal Vs Srilanka.

  4. Lalkaji Gurung

    Jay solti lai thanks for updating accordingly.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s