दिल ब. पुन (नयाँ नेपाल क्लव, कुवेत)
समिति गठन भएको ३ महीना नाघि सक्दा पनि कुवेतको एनआरएनए कस्तो छ र के काम गर्छ ? भन्ने बारेमा कुवेतमा कार्यरत नेपालीहरु अन्यौलमा परेका छन । छत्तिस सदस्यीय (सल्लाहकार सहित)को गठन भएको एनआरएनए कुबेत कार्यसमितिमा जम्मा २ जना मात्र महिला प्रतिनिधि हुनु, अनि खै त हरेक कम्पनीमा कार्यरत नेपालीहरुले एनआरएनएको सदस्यता पाएको ? ४०,००० नेपालीहरु रहेको देश कुवेतमा ३९,००० नेपालीहरुलाई एनआरएन भनेको के हो, कुन उदेश्य लिएर स्थापना भएको हो, भन्ने बारेमा थाहा नै छैन ।
चुनौती, एजेण्डा, आधारभूत आबश्यकता र उपयोगिता देखाएर ति अन्यौलमा परेका ३९,००० कुवेतबासी नेपालीहरूलाई स्पष्ट पार्न के कुवेत एनआरएनको सदस्य सक्रिय होलान त ? के साँच्चै नै यो संस्था समग्र नेपाली कामदारहरुको आवाज हुन सक्छ ? यदि हुन सक्छ भनें, ति ३९,००० कुवेतबासी नेपालीहरूलाई किन जानकारी भएन ?
हामी गरीबी जनता जुन मुलुकमा रहेपनि, त्यही राजनीतिको चपेटाबाट कहिल्यै मुक्ति नपाउने हो ? किन बिशाल रुपमा यसलाई फैलाउन सकिएन, किन कुबेतस्थित सामान्य कामदारहरुलाई यसको दायरा भित्र ल्याउन सकिएन ? किन सीमित तहको प्रतिनिधिले मात्र कुबेत च्यापटर एनआरएनएको सदस्यता पाए त ? के एनआरएनए कुबेतले कुवेत भित्रका एजेण्डाहरु नेपाल सरकारसम्म पुर्याउन सफल हुन्छन भन्ने तपाईहरू कसरी बिस्वास गर्नुहुन्छ ? यदि कुवेतबासी नेपालीको हकहितको लागि स्थापना भएको संस्था हो भनें आउँदा दिनहरुमा यस कुबेत च्यापटर एनआरएनएले अन्यौलमा परेका ३९,००० कुवेतबासी नेपालीहरुलाई दरिलो जबाफ दिनु पर्नेछ ।














































Very good thanks for the article.
Very literal and current affairs issue, thanks to D.B Pun for this article.
thank,s for this artcle
?
म हर दिन कुवैत नेपाल .कॉम हेर्ने गर्छु आजा को यो आर्टिकल धेरै राम्रो लाग्यो र साचो पनी त हो दिल बा.पुन जी लाइ धन्येबाद धेरै राम्रो संग लेखनु भएको रहेछ ४०००० नेपालीले बुजने गरी येती नै राम्रो संग
एनआरएनएये को मतलब छापिदनु भये हामी नबुजने हरु हजूर को आभारी हुने थियेऊ
Dil Pun jii thanks for nice article tara maile kuwait kaa padhadhikari le nepali kaa lagi kehi garlan vanne chaai socheko chhaina, kina ki tyatra desh kaa pratinidi KTM gai aafno aafno desh maa vognuparekaa samashyaa haru rakhe tara hamro baata kebal Dharma raj maatra pugnuvayo, ra uha lai help garne kohi vayena so nepali le kuwait NRN baata kehi aasa nagare hunchha.
I appreciate you Balkumar Dai kasai le ta lekhna jaruri thiyo tapai le lekhi dinu bhayo, aba bhukdai hidne chaite haru lai kehi ta hoss aayo hola ni???????