बालक गुरुङ्ग, कुवेत
bhs_grg@yahoo.com
विश्वभरी छरिएर रहेका गैरआवासीय एवं प्रवासी नेपालीहरु बिच केही समय अघिदेखी चर्चामा रहेको एनआरएनए चौंथो अन्तर्राष्ट्रिय सम्मेलन गत १५ अक्टुवर २००९ मा हर्षोल्लासका साथ टुङ्गिएको छ । नयाँ कार्यसमितिको तयारीमा अध्यक्ष पदको लागि केही दिन सम्म चुनावी प्रकरण बाटै टुङ्गिने अवस्था रहेतापनि, अन्तत: सहमतिमा आएर टुङ्गियो । यसर्थमा पुर्वाध्यक्ष डा. महतोका सिद्दान्तलाई नै शिरोपर गरेका शेरचनले आफ्नो कब्जा जमाएरै छोडे २ वर्षका लागि आफ्नो नेतृत्व दिन ! बधाई छ भन्नै पर्छ वहाँलाई अनी एनआरएनएका नव-निर्वाचित सम्पूर्ण सदस्यहरुलाई !!
एनआरएनएको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन निकै रोचक र जिज्ञासापूर्ण नै रह्यो । एनआरएनएको मापदण्ड र नेपाल सरकारको उपेक्षा झन्डै ठ्याम्मै मेल खाएको देखिन्छ । देशको उर्जाशक्ति र आयश्रोत मात्र हैन बिदेशी सहयोग र ऋणले समेत देशमा शान्ती व्यवस्था कायम गर्न, देशको बिकास गरेर नागरिकहरुलाई शिक्षा र रोजगार दिन नसकि रहेका लज्जास्पद सरकार एनआरएनएको सुन्दर समृद्द नेपाल बनाउने नारा र अभिव्यक्तिलाई अती स्रहनियताको साथ स्वागत गरिरहेको छ । एक अर्कामा दोषारोपण, चन्दा-असुली, पद र कुर्सीका लागि खिचातानी गरि रहेका राजनैतीक पाटीहरु र वर्तमान सरकार देश र नागरिकका लागि केही सोंच्न र गर्न सकिरहेका छैनन् भनें गैरआवासीय नेपालीहरुको लागि ‘कठै-बरा’ के गरुन !! तर एनआरएनएले वैदेशिक श्रोत देशमा लगानी गरे भनें कोहि हिस्सा (कमिशन) हडप्ने सपना अवश्य कतिले देखेका होलान । हुनसक्छ वर्तमान प्रधानमन्त्रीले पनि यसर्थमा खुलेर स्वागत गर्दै गैरआवासीय नेपालीहरुलाई देशमा लगानी गर्न जोड्दार आवाज उठाएका छन् । परराष्ट्र मन्त्री र प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरुको सुन्दर समृद्द नेपाल बनाउने जनशक्ती र उद्देश्यलाई हार्दिकताका साथ स्वागत गरेतापनि गैरआवासीय नेपालीहरुलाई नेपाली मूलको परिचय पत्र दिने वा दोहोरो नागरिकता दिने भन्ने सवाल अन्यौलपूर्ण नै देखिन्छ । भविष्यमा चाँडै नै यस प्रणालीलाई लागु गर्न सके गैरआवासीय नेपालीहरुको नेपाल र नेपाल प्रतिको सदविचार, मैत्रिभाव र नेपाली भूमी प्रति अगाध सम्वन्ध आफै समृद्द भएर आउनेछ । अनि गैरआवासीय नेपालीहरुको कला, शिप र सहयोगले समृद्द नेपाल बनाउने अभियानले नेपाल र नेपालीहरुको लागि धेरै नै महत्वकांक्षी उपज मिल्नेछ । तर यो सहकार्य नेपालका बिभिन्न राजनैतीक दलका नेताहरु र एनआरएनएका धनाढ्य वर्चस्व रहेका व्यक्तिहरु बिच कसरी कहाँसम्म हातेमालो हुने हो यो त समयले नै देखाउने छ ! जे होस् एनआरएनएको राष्ट्रभावलाई हामीले स्विकार गर्नै पर्छ ।
विश्वभरी ५२ देशमा संगठित रहेका एनआरएनएका ५२ देशबाटै उक्त आयोजित सम्मेलनमा नेतृत्व गर्न प्रतिनिधि मण्डल पुगेको खबर स्थलगत अध्ययन नभएता पनि बिभिन्न मिडिया र टेलिभिजनले समेत समाचार वाचन गरि रहेको अवस्थामा बिशेष गरि बेलायत, जापान र अस्ट्रेलियाबाट हुवहु संख्यामा प्रतिनिधित्व भएको देखिन्छ र नव-गठित कार्यदलमा उनिहरुकै वर्चस्व पाईन्छ र एनआरएनएको विशेष विशेषता पनि युरोपेली र अमेरिकन गैरआवासीय नेपालीहरुको लागि नै अपरिहार्य देखिन्छ ! किनकी उक्त महाधिवेशनले गैरआवासीय नेपालीहरुलाई Dual Citizenship को व्यवस्था हुनु पर्छ भनेर नेपाल सरकार सँग जोड्दार माग राखेको छ । अनि समग्रमा भन्नु पर्दा यो Dual Citizenship युरोप र अमेरिकाका गैरआवासीय नेपालीहरुको रुचिको बिषय हो, किनकी त्यहाँको सभ्य व्यवथापनले ५ वर्षदेखी लामो समय देशमा रहि आएका प्रवासीहरुलाई राहदानी, ग्रिन कार्ड र नागरिकता समेत प्रदान गर्ने गरेको छ । तर खाडी मुलुकहरुमा भनें त्यस्तो कुनै पनि कानूनी व्यवस्था छैन । एउटा विदेशी नोकरी या त व्यवसायिक माध्यमबाट पचासौं वर्ष बसेतापनि प्रत्येक दिन, वर्ष स्पोन्सरको आवश्यकता पर्दछ । गैरआवासीय भएर पनि नेपालीलाई सँधै नेपाली भाषा, संस्कृती, नेपाली पन र नेपाली मनले कहिल्यै भुल्न सक्दैन ।
एवं प्रकार एनआरएनएको चौंथो महाधिवेशनले विशेष रुपमा प्रस्तुत गरेको दस्तावेज पनि Dual Citizenship र नेपालमा गैरआवासीय नेपालीहरुले अनुभव, शिप र आर्थिक लगानी गर्नको लागि सरल र शान्ति व्यवस्थापनको बातावरण हुनु पर्नेमा नै केन्द्रित देखिन्छ । तर प्रवासी नेपालीहरु प्रवासमा के-कस्ता समस्याहरुबाट ग्रसित छन, कुन राष्ट्रमा पेशारत नेपालीहरु त्यहाँको विविध कारणहरुबाट बिचलित छन र त्यहाँ एनआरएनए र नेपाल सरकारको के-कस्तो ध्यानाकर्षण हुनु पर्ने हो वा होइन ? अत: त्यहाँका ग्रसित, पीडित र बिचलित नेपाली मूलका नागरिकहरुलाई कसरी राहत दिलाउने भन्ने सन्दर्भमा कुनै ठोस् तर्क र तार्किक निष्कर्ष भनें सार्वजनिक नभएकोले एनआरएनएका पुर्व तथा नव-निर्वाचित पदाधिकारीहरु पद कब्जा गर्न र नेपाली राजनैतीक दलका नेताहरुसँग हात मिलाउन एक आपसमा भलाकुसारी गर्न मै व्यस्त रहेकोले हुन सक्छ ।
हुन सक्छ ५२ देशका प्रतिनिधिहरुले अवश्य पनि आ-आफ्ना समस्याहरु प्रति एनआरएनएको महाधिवेशन मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गर्न- गराउन चाहन्थे तर माहौल कहाँ सम्म तय गरिएको थियो- थिएन, प्रत्येक प्रतिनिधिहरुले आ-आफ्नो धारणा व्यक्त गर्न पाउने बातावरण व्यवस्थित थियो- थिएन ? “यो कलम अनभिज्ञ छ” तर उपर्युक्त बातावरण व्यवस्था नगरिनु र प्रत्येक प्रतिनिधिलाई बोल्ने समय प्रदान गर्न नसक्नुमा प्रवासी नेपालीहरु प्रति एनआरएनएको बेवास्ता सावित हुन्छ, प्रवासी नेपालीहरुको पिर र पिडामा मलम पट्टी लगाउने सहकार्य कमै हुन सक्छ ।
बिशेषत: उल्लेख गर्नु पर्दा खाडी मुलुक मध्यमा कुवेतका प्रवासी नेपालीहरुको जन-जीबन र समस्याहरु प्रति बिचार बिमर्श हुन नितान्त जरुरी थियो । एनआरएनए र नेपाल सरकारले; कुवेतमा मृत्यु दण्ड सजाँय पाएकी डोल्मा शेर्पालाई केही राहत दिलाएतापनि त्यो दयाको क्षणिक अनि सुक्ष्म उपहार मात्र मानिन्छ । किनकी कुवेतमा डोल्मा जस्ता कयौं नेपाली चेलीबेटिहरु कोठी भित्र बन्धित छन्, बलत्कारीको दिन दहाडै शिकार बनेका छन, थाङ्ना- भोटो च्यापेर सडकमा अस्ति रहेका छन्, पति बिनाको शिशु च्यापेर सडक र कुवेत सरकारको जेलमा भौंतारी रहेका छन, अनि यि सब उनिहरुको रहर र रोमान्सले त्यो दर्द भरिको पिडा भोग्नु परेको होइन नेपाली चेलीहरुले !! उनिहरुलाई वाध्य बनाइएका हुन ! जबर्जस्ति करणी गरिएको हो ! समग्रमा उल्लेख गर्नु पर्दा यहाँ कुवेत सरकार र नेपाल सरकारको श्रम सम्झौता नहुनु र नेपाली दूतावास आजसम्म कायम नहुनुले नै नेपालीहरु अपमानित छन भनें कुनै पनि समस्या निराकरणीको लागि जाने कुनै सरकारी निकाय नहुँदा बिभिन्न समस्यामा झेलिनु परेको छ । नेपाल सरकारले कुवेतमा सरकारी अङ्ग व्यवस्थापन गर्न नसक्नु र साउदी अरबमा रहेको नेपाली दूतावासलाई कुवेतका लागि आधिकारीक बनाउनु झनै समस्याको खुड्किलो थपि दिएको छ । बिभिन्न मिडियाहरुले कुवेतमा घट्ने गरेका घट्नाहरुलाई औपचारिक जानकारी दिई रहँदा पनि अनभिज्ञ बन्नु, लामो समय देखी कुवेतमा रहेको नेपाली खेलकुद संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले पटक-पटक चढाएको अनुरोध पत्र बेवास्ता गरिनु र कुवेतमा नेपाली दूतावास स्थापना गरिने भनेर मन्त्रीहरुले अर्थहिन वक्तव्य दिई झाँकी प्रदर्शन गर्नुले कुवेतवासी नेपालीहरुलाई आघात र निराशित मात्र बनाएको छ । यद्दपि’ आफुले बोलेका कुराहरु मन्त्री गण र सरकारले कहिले पुरा गर्ने हुन समयले नै देखाऊला ।
अब रह्यो प्रसंग नव-गठित एनआरएनए-एनसिसि कुवेतको; एनआरएनए-एनसिसि कुवेतको कार्यदलमा आफ्नो पद दाबि गर्ने र आफुलाई सभाषद् कै रुपमा सम्झेका पदाधिकारीहरु भनें एनआरएनएको चौंथो महाधिवेशनमा कुवेतबाट सकृय रुपमा नेतृत्व गर्न- गराउन निष्कृय रह्यो । अध्यक्ष महोदय दोहोरो टिकटको बोझले कम्पनिको व्यवस्थापनमा व्यस्त रहेको भनि आफ्नो प्रतिनिधित्व हुन नसक्ने बताए, महासचिव धर्मपाठ पढाउन मै तल्लिन रहे, सचिव संगठनको जिम्मेदारितालाई भुलेर नाँच नृत्य र तिहारको रमझम मै लठ्ठिए, इन्टरनेशनल कोर्डिनेटर पनि होटल म्यानेजमेंट मै सरिक रहे, एनआरएनए-एनसिसि कुवेतको नयाँ जोश रुची त्यत्तिकै सेलाए । एकातिर कुवेतका प्रवासी नेपालीहरुले एनआरएनए-एनसिसि कुवेत अब हाम्रो मर्म स्पर्शी हुनेछ भनेर सोंचेका थिए, कुवेतमा नेपाली दूतावास स्थापनाको लागि ठुलै पहल गर्ने छन भनि अपेक्षारत थिए, मुलभूत रुपमा कार्यदलले दस्तावेज सहित केहि सदस्य संख्यामा प्रतिनिधि मण्डल पठाउन नसक्नुमा निकै ठुलो कमी-कमजोरी देखिएको छ । व्यवस्थित प्रतिनिधि मण्डलले उक्त महाधिवेशनमा अतिरिक्त समय लिएर परराष्ट्र मन्त्री र प्रधानमन्त्री समक्ष कुवेतको समस्या र आवश्यकता प्रति ध्यानाकर्षण गर्न गराउन र भेट वार्ता गर्ने अवसर प्रशस्तै थियो तर गुमायो । यस अर्थमा पनि कुवेतका प्रवासी नेपालीहरु निराशित भएका छन् । यद्दपि’ छुट्टिको समय घर गएको मौकामा कुवेतको तर्फबाट प्रतिनिधित्व गर्न पुगेका एनआरएनए-एनसिसि कुवेतका उपाध्यक्ष धर्म राज गिरीको पहल र सकृयता कहाँ सम्म प्रभावशाली रह्यो समयले सापेक्षित गर्ने नै छ, अथवा वहाँबाट सार्वजानिक हुन बाँकी नै छ ।
धन्यवाद ।














































अध्यक्ष महोदय दोहोरो टिकटको बोझले कम्पनिको व्यवस्थापनमा व्यस्त रहेको भनि आफ्नो प्रतिनिधित्व हुन नसक्ने बाताए, महासचिव धर्मपाठ पढाउन मै तल्लिन रहे, सचिव संगठनको जिम्मेदारितालाई भुलेर नाँच नृत्य र तिहारको रमझम मै लठ्ठिए, इन्टरनेशनल कोर्डिनेटर पनि होटल म्यानेजमेंट मै सरिक रहे । एनआरएनए-एनसिसि कुवेतको नयाँ जोश रुची त्यत्तिकै सेलाए
ramro lagekaa haraph haru
Balak Gurung you are 100% correct NRNA Kuwait is not performing their activities for expact Nepalies as they were expected. They are worth less. We must think to re-organize for the working committee.
Balak jee dharai ramro message NRNA Kuwait ko lagi. eniharu kam garne khal ka manis haru hoinan. Sammelan jasto belama yeuta pani pratinidhi pathauna nasaknu ra chup lagera basnu nai yini haru pocket bharni khalka matra hun ra kuwat ka nepali haru lai bharam ma parera thagne khalaka huna bhanne sabit gareka chhan herdai jau lets wait & see.
Kumar Sharma
बलकुमार जी हजुरको लेखमा समिटिएका कुरा धेरैनि चित्त बुझ्दो छ । कुराहरु गर्नेहरु मात्र धेरैछन् तर काम गर्नेहरु कम…………
बिरिह
हुन सक्छ ५२ देशका प्रतिनिधिहरुले अवश्य पनि आ-आफ्ना समस्याहरु प्रति एनआरएनएको महाधिवेशन मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गर्न- गराउन चाहन्थे तर माहौल कहाँ सम्म तय गरिएको थियो- थिएन, प्रत्येक प्रतिनिधिहरुले आ-आफ्नो धारणा व्यक्त गर्न पाउने बातावरण व्यवस्थित थियो- थिएन ? “यो कलम अनभिज्ञ छ” तर उपर्युक्त बातावरण व्यवस्था नगरिनु र प्रत्येक प्रतिनिधिलाई बोल्ने समय प्रदान गर्न नसक्नुमा प्रवासी नेपालीहरु प्रति एनआरएनएको बेवास्ता सावित हुन्छ, प्रवासी नेपालीहरुको पिर र पिडामा मलम पट्टी लगाउने सहकार्य कमै हुन सक्छ ।
Balak dai I agreed with you, hajur ko lekh le man nai chhoyo. e Kuwait NRNA baata haami le kehi pani aash nagare hunchha e sabai lai dohori ra naach gaan vaye pugchha inle nepali ko pida bujdainan, ra hami le NRNA kuwait kaa padhadhikari baata kehi aash nagare pani hunchha.But we have to be praud of Mr. Dharma raj Giri because he is there for us.