फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा नेपाल र घाना बराबरी

जय आले / शिव राम पौडेल (कुवेत)

कुवेतको सार्क फूटवल मैदानमा १६ अक्टुवर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको पहिलो चरणको पहिलो खेलमा नेपाल र घाना बिच कडा प्रतिश्पर्धाको बाबजुत खेल बराबरीमा टुंगिएको छ । कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित यस टुर्नामेण्टमा कुवेतस्थित १२ विदेशी राष्ट्रहरु सहभागी रहेका छन् भनें नेपालको तर्फबाट नेपाली टिमको प्रतिनिधित्व माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले गर्दै आएको छ । 

हिजो (१६ अक्टुवर) देखी संचालित यस टुर्नामेण्टको उद्घाटन समारोहमा महामहिम नाइजेरियन राजदूत, लाईट हाउस चर्चका पास्टर लगायत अन्य वरिष्ट बिदेशी प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो भनें यस उद्घाटन समारोहमा अनेकन् थरीका अंग्रेजी म्युजिकहरुमा उपस्थित खेलाडि, स्वयंसेवक र प्रतिनिधिहरु निकै बेर नाच-गान गर्दै रमाएका थिए जसले गर्दा ४ बजे शुरु हुनुपर्ने म्याच ४.३० बजे मात्र शुरु भएको थियो ।

अग्ला, मोटा र हेर्दै डर लाग्दा अफ्रिकी मुलुक-घानाका खेलाडिहरु सँग निकै रोचक अनी प्रतिश्पर्धात्मक खेल प्रदर्शन गरी नेपाली खेलाडिहरुले उपस्थित सबैलाई चकित पारेका छन् । लिग’को आधारमा खेलाईएको यस टुर्नामेण्टमा घाना र नेपाल कसैले पनि गोल गर्न नसकेकाले १-१ नम्बर प्राप्त गर्नेछन् भनें घानाका १० नम्वर खेलाडिले शायद केही रफ खेलेकाले २ पटक सम्म एल्लो कार्ड पाएका थिए ।

यसैगरी नेपाली टिमले गत वर्ष भन्दा खेलमा धेरै सुधार ल्याएको देखिएकोले यसपाली टुर्नामेण्ट नै जित्न सक्ने व्यापक सम्भावना रहेको कुरा उल्लेख्य उपस्थिती जनाएका नेपाली दर्शक, टिम कोच, टिम मेनेजर(सहायक) लगायत आयोजक समितिकै केही सदस्यहरुले समेत बताएका छन् तर यसको भविष्यवाणी भनें समयले नै गर्नेछ ।

यस टुर्नामेण्टको पहिलो चरणको दोस्रो खेल आगामी २३ अक्टुवर २००९, शुक्रवारको दिन नाइजेरिया-येमन १४.३० बजे र बंगलादेश-साइरालेन १६.०० बजे खेल्नेछन् ।

6 Responses to फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा नेपाल र घाना बराबरी

  1. ramesh gurung

    all the best Nepali team you must win. please put the game phtotos

  2. nepali maya

    sarba pratham mount everest club lai dherai dhanyabad yo yekdam ramro kam ho nepal ko Naam bachauna pani yo kam kasaile garnu parne thiyo tapai haru le garnu bhaye ko chha. ani Nepali Team you have to be win hamro shubha kamana chha hijo Nepali program le garda auna sakiyena next tournament ma sure ainchha hami pani all the best all nepalese in Kuwait. kinaki hami le ticket paisa tirera kini sakeka thim aba cancel garna namilne yo hijo nepali program dekhauna nahune thiyo anyway ramrai bhayo no comments

  3. Homnath GIRI

    Bises gari Jay, Kiran , Shiva, Indra, Jagat, Jit, Anand ra Amar lai dhanyabad dina chahanchhu hajur haru ko outstanding job ra nepali kaa lagi yogdan garnuvayeko maa. tara kehi byakti haru jo ekfera vayepani aai kheladi lai shuvakamna dinu parne thiyo tara uha haru ta taruni ko git sunna ra herna maa nai byasta hunuvayo.

    nepali team is grate, weldone for your hard work I hope too Nepali team will win but we need strong gathering to give our players back support

  4. balk gurung

    I realy proud of nepali players who they are paricipating as player with mesc leadership. keep up contiueing stroge skills, you guys are representing your nation and nationalities. I salot all of you n i wishess to be winner of the tournament nepali team. good job and focus on it whole mesc members and volunteers.

  5. Espically thanks for the management team of Mount Everest n management of the football team. i m proud of u all that u helped us n encourage us 2 to play the game ani huting garna ko lagi ma sampurna kuwait ma rahanu bhayeko nepali lai yehi website bata ma football game herna ko lagi ra players lai hausala dina ko lagi ra yo tournament win garna ko lagi encourage garna invite garna chahan6u JAYA NEPAL

  6. testo kale sadhe haru sanga equal huna saknu nai ramro kura ho

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s