फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्ट १६ अक्टुबर देखी संचालन हुने

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरु;

कुवेत-अफ्रिकन इन्टरनेशनल फिलोशिपको आयोजनामा संचालन हुन गईरहेको, फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टमा नेपाली टिमले आगामी १६ अक्टुबर २००९ को दिन, दिनको ३ बजे देखी कुवेतको सार्क फूटवल मैदानमा घानाको बिरुद्द खेल्दै छ । कुवेतस्थित १२ बिदेशी राष्ट्रहरुले प्रतिश्पर्धा गर्ने यस टुर्नामेण्टमा सुन्दर देश नेपाल र स्वाभिमानी नेपालीहरुको गौरवलाई ध्यानमा राखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतले नेपालको तर्फबाट नेपाली टिमको प्रतिनिधित्व गर्दै उक्त अन्तर्राष्ट्रिय स्तरको टुर्नामेण्टमा सहभागिता जनाउँदै आईरहेको र यसपाली पनि पुन: क्लवकै सकृयता र प्रतिनिधित्वमा नेपाली टिमले खेल्ने कुरा हामीले हाम्रो यस वेव संचारको माध्यमबाट मात्र नभई कुवेतका बिभिन्न स्थानका बस स्टप, होटल, पब्लिक प्लेस र नेपालीहरुको क्याम्प-क्याम्पमा समेत पुगेर आवश्यक जानकारी गराएका थियौं ।

अब नेपाली टिमका खेलाडिहरुलाई तपाईं हाम्रो नितान्त जरुरी पर्ने परिवेश आएको छ । यस अवसरमा जती ठुलो संख्यामा हामीले आफ्नो उपस्थिती जनाउँन सक्छौं उती नै हाम्रा खेलाडिहरुको हौसला बुलन्द हुने छ । त्यसैले आगामी १६ अक्टुबर २००९ को दिन, दिनको ३ बजे, कुवेतको सार्क फूटवल मैदानमा आफ्नो गरिमामय उपस्थिती जनाई हाम्रा महान खेलाडिहरु एवं नेपाल र नेपाली टिमको प्रतिनिधित्व गर्ने तपाईं हाम्रो साझा संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको हौसला बढाई नेपाली टिमलाई बिजयी हाँसिल गर्न सक्ने बातावरण बनाई दिनु हुन अनुरोध गर्दछौं ।

साथै टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि निम्न लिखित नं. हरुमा संपर्क गर्नु हुन पनि अनुरोध गरिन्छ ।

मनु मगर – ६६३८३८७६/५५१३६१२१ (टिम मेनेजर)
जगत मगर – ९९२८८३२० (टिम कोच)

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ – कुवेत

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s