कुन देशमा कती नेपाली छन ?

सानो मुलुक भए पनि नेपालमा जन्मिएका नागरिक विश्वभर पुगेका छन् । विश्वका धेरैजसो मुलुकमा नेपाली पुगेका भएपनि गैरआवासीय नेपाली संघको औपचारिक तथ्यांकअनुसार विश्वका ५५ मुलुकमा नेपाली संघले संगठन विस्तार गरेको छ । सरकारले भारतलगायत सार्क क्षेत्रमा गएका नेपालीलाई एनआरएनको मान्यता नदिने बताएकाले एनआरएन विश्व संघले पनि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटानमा रहेका नेपालीको तथ्यांक संकलन गरेको छैन । भारतमा मात्रै लगभग २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।

वैदेशिक रोजगारीको बढ्दो चापका कारण खाडी क्षेत्रमा नेपालीको उपस्थिति अत्यधिक छ । खाडीपछि युरोप र अमेरिकाजस्ता पश्चिमी मुलुकमा नेपालीको बलियो उपस्थिति छ । वैदेशिक रोजगारीका लागि दैनिक ६ सय नेपाली बाहिरिइरहेका कारण पनि खाडी क्षेत्रमा संख्या बढ्दो छ, संघका प्रवक्ता डा. जुगल भुर्तेलले भने, त्यससँगै पढाइ र अन्य कारणले बिदेसिनेको संख्या पनि बढिरहेकाले पश्चिममा पनि नेपाली थपिने क्रम जारी छ ।

संघले सेप्टेम्बर २००७ मा प्रकाशित गरेको तथ्यांकअनुसार सार्क मुलुकबाहेक मुलुकबाहिर १९ लाख ४५ हजार नेपालीको बसोबास छ । यो संख्या अहिले २५ लाख पुगिसकेको प्रवक्ता भुर्तेल बताउँछन् । म्यानमारमा नेपालीको संख्या केही घटेको छ, उनले भने, तर खाडी तथा दक्षिण कोरिया, मलेसिया लगायतका मुलुकमा उच्च दरले बढिरहेको छ । सैनिक शासन रहेको म्यानमारमा प्रजातान्त्रिक आन्दोलनका कारण बेलाबेला भड्किरहने दंगाका कारण नेपालीको संख्यामा कमी आएको हो ।

देश र नेपालीहरुको संख्या :

अस्ट्रेलिया २२०००, अस्टि्रया ९००, बहराइन ३००००, बेलारुस १००, बेल्जियम ४०००, बु्रनाई १००००, ब्राजिल १००, म्यानमार २५००००, क्यानाडा १५०००, चीन ४०००, हङकङ ३५०००, मकाउ ५०००, साइप्रस १५००, डेनमार्क १००, फिजी आइसल्यान्ड १००००, फिनल्यान्ड २००, फ्रान्स २५००, जर्मनी ५०००, इटाली १०००, इन्डोनेसिया २००, इराक २००००, आयरल्यान्ड १२००, इजरायल १२०००, जापान ८०००, जोर्डन ५००, कुवेत ४००००, ल्याटिन अमेरिका १०००, लेबनान १२०००, लिसेथो २०, लक्जेम्बर्ग १०००, मलेसिया ४०००००, नेदरल्यान्ड ९००, न्युजिल्यान्ड ७००, नाइजेरिया २५, नर्वे २००, ओमान १५०००, फिलिपिन्स १०००, पोल्यान्ड २००, पोर्चुगल २२५०, कतार २०००००, रसिया १०००, साउदी अरेबिया ४०००००, सिंगापुर ६०००, स्लोभेनिया २०, स्पेन २५००, दक्षिण अफ्रिका १५०, दक्षिणकोरिया ६०००, स्विट्जरल्यान्ड ८००, स्विडेन ५००, थाइल्यान्ड १०००००, युक्रेन ४०, युएई १२५०००, बेलायत ५००००, अमेरिका १३५०००, यमन ५०००,

कुल १९,४५०००

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s