रहरै रहरमा जेलिएको एक्लो जिन्दगी (रत्ना बराल)

बिमल लामिछाने (महबुल्ला-कुवेत)

Ratna baralसपनाहरुको संगालोमा बाँधिएका धेरै कुराहरु स्कूले जिबनमा संगालेका योजनाका थान्काहरु भोजपुर जिल्लामा बिधालय सकेर काठमाण्डौ भित्रिंदा भित्रिंदै लथालिङ्ग भएझैं लागेथ्यो उनलाई । परिचयकै सुरुवातमा उनले आफ्नो बाल्यकाल देखिको योजनाको बारेमा बताईन, जीबनका पाईलाहरुमा तिसौं बसन्त पार गरिसकेकि उध्धमशिल रत्ना बरालले । संगित प्रतिको आफनो रुचि जिल्लाबाट सुरु भएर काठमाण्डै आएपछि त्यसलाई अझ तिखार्ने मौकाहरु मिलेका थिए । ति दिनहरुको सदुपयोग गर्दै २०४७ सालमा रेडियो नेपालबाट स्वर परिक्षण उतिर्ण गरेपछि आफ्नो प्रतिभाले खुल्ला आकाश पाएको कुरा उनि स्विकार्छिन । त्यतिबेला आफ्ना एक सहयोगिको सहयोगमा रेडियो नेपालसम्म पुगेकि रत्ना बराललाई त्यहाँ तारा देवी, राम थापाहरु बाट राम्रो सहयोग मिलेको उनि बताउँछिन ।

काठमाण्डौको बसाई, कलेजको लाईफ, त्यहाँ भित्रको राजनीतिक माहौलले अखिलको पछि लागेकि उनले त्यहींबाट जन अभियान मन्च एमालेको समायोजनमा देशका बिभिन्न जिल्लामा आफ्ना सुमधुर आवाजले जन-मन्चलाई उचालेकी थिईन । ति जिल्लाहरुमा पुगेर जनताका स्वरहरुलाई गुंजयमान बनाउँदाका दिनहरु सम्झिँदै उनि भन्छिन, “राजनीति र जन-गीतलाई जोडेर जनताका बोल्ने भाकाहरुलाई उनिहरु कै आवाजमा, उनिहरुलाई नै जागरुक बनाउन गाईएका हुन्थै ।” तर, नेताहरुले सधैं जनताहरुलाई गुमराहमा राखेर सताब्दियौं पछाडी धकेलि दिए,  अनि मेरो राजनीति पछि पनि बितृष्णा लागेर आयो ।

घर परिवारको बिकराल आर्थीक चुनौतिहरुलाई समाज र परम्पराको बिपरीत छोरी भएर पनि केहि गर्न सक्छु भनेर देखाउन कै लागि धेरै किसिमका संघर्षमा होमिएको बताई रहन्छिन । नेपाल भित्रका बिभिन्न चुनौतिहरुमा केबल अवसरवाद, नातावाद र कृपावाद कै हालि-मुहालि देखेकि उनलाई आफ्नो पारिवारिक स्थितीले सधैं झस्क्याई रहन्छ । आमा-बुबाको आशाहरु माथी आफुले केहि गर्न सकेमा छोरीको सफल जिन्दगीको परिकल्पना गर्छिन, उनि । यहाँ छोराहरुको कल्पनामा बाँच्नेहरुको लागि उदाहरण पनि बन्ने चाहाना छ उनिमा ।
 
रेडियो नेपालमा गाईएका करिब २० जति गितहरु रेडियोले लाईब्रेरीमै थन्क्याई दिएकोमा उनलाई केहि पछुतो छैन । तर पनि आर्थिक अवस्थाले साथ दिएमा कुनै दिन आफ्ना एकल एल्वम पनि बजारमा निकाल्ने रहरहरु  साँचेकी छिन, उनि ।  मनै मनमा संगितमय वातावरणमा रहन रुचि राख्ने उनलाई हरपल संगितसँग नै खेलिरहन मन  लाग्छ । पल-पलमा भोगिएका कुराहरुलाई शब्द अनि संगीतमा गुनगुनाउने उनका रहरहरु कुनैदिन सार्थक नहोला भन्न सकिन्न । आशावादी छिन, उनि । युवा अवस्था देखि साँचेका उनका सपनाहरुलाई उनले सम्झिन पनि चाहँदिनन्, शायद जिन्दगी सोंचे जस्तो नहुने भएर नै होला । तारा देवीका ती गीतहरु सदैव यादमा रहन्छ उनलाई । किन त यतिका मानिसको भिडहरुबाट पनि एकजना सहयात्री जसले जिन्दगी भरी हात थामिरहोस भनेर कहिल्यै कल्पना भएन भनेर सोध्दा, यस प्रसंगलाई छोट्याउदै उनले भनिन, “मैले मालिको चाहाना गरे तर यो बिकराल मानिसहरुको भिडमा केबल फुललाई चुडालेर फालिदिने मात्र भेटिए । शायद अब त त्यस्ता खालका रहरहरु नै मरीसकेको छन । बरु अबको भविष्यमा नेपाल फर्केर एउटा अनाथालय वा बुढाबुढिको स्याहार केन्द्र खोलेर बाँकीको जिबन बिताउने रहर जागेको छ, उनमा ।”

यस्तो त त जिन्दगी देखी बिरक्तिएर पो गरिन्छ त भनेर भनिरहँदा “समाज सेवा पनि हुने र समाजबाट हेला भएका ति बुजुर्कहरुको सम्मान पनि हुने देखेर नै त्यस कुराले आकर्षीत गरेको बताउँछिन, उनी । तर शुरुवात कसरी गर्ने नेपाल गएर भनेर खाका कोरीरहेकी छिन उनि । अनि कुबेतमा चाँही किन नि ? भनेर जिज्ञासा राख्दा “बिकराल रुपमा बिदेशिएका युवा जमातको झुन्डमा केही महिलाहरु पनि नबिदेशिएका होईनन तर पनि ति महिलालाई हेर्ने समाजको नजरलाई उनले दोषी देख्दिनन्, दोष त आफ्नै आर्थिक चुनौतिहरु सँग बेरिएका नागबेलीहरु, परिवार माथिको दायित्व सबै आफै माथि रहेको र नेपालमा अबसरको खोजिमा चाहर्दा-चाहार्दै ओझेल परेपछि शायद यहाँसम्म आउनु पनि बाध्यता नै बाध्यता रहेको छ । यिनै परिस्थितिले नयाँ गन्तब्य खोज्दा-खोज्दै कुवेतलाई नै पहिलो रोजाई बनाई दियो ।

नेपालको परम्परिक परिवर्तनको सम्बाहक छोरी भएर पनि आफनो दायित्व दिन सक्छु कि भनेर नै यि सबै कुराहरुको सामना गरिरहेकी छु । तर यहाँ पनि जलेका मनहरु देखेर आफुलाई पिडा नै पिडा हुने गरेको बताउछिन, उनि । बिदेशको ठाउँमा नेपाली भएर पाएको पिडा र जलनलाई उनले शायद भविष्यमा जेसुकै भएपनि आफ्नो देश भनेको देश नै हुँदो रहेछ भनेर राष्ट्रवादी बनाएको छ उनलाई, नेपालमा रहँदा देश प्रतिको बितृष्णालाई सजिलै भुलाउने प्रयासमा छिन, उनि । शायद यसैले होला उनि गुनगुनाउँदै छिन ।
 
 
धर्ती भएर हेर, सबैले कुचलेको सहिरहेछ,
आगो भएर बल, आफै जलिरहेछ,
देश त तिम्रो लागि हो, मुटुमा सजाएर राख,
देशले तिमीबाट के पो मागिरहेछ !!
…………………….

(कुवेतस्थित बिमल लामिछाने जी को रत्ना बराल सँगको कुराकानीमा आधारित रिपोर्ट)

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s