शिव राम पौडेल (कुवेत)
कुवेत-अफ्रिकन इन्टरनेशनल फिलोशिपको आयोजनामा ०९ अक्टुवर २००९ को दिन कुवेतस्थित बिभिन्न बिदेशी राष्ट्रका खेलाडि, अविभावक एवं अन्य श्रेय व्यक्तीत्वहरु बिच परिचयको साथ सम्मान कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रममा अनेकन थरिका भोजनको पनि व्यवस्था रहेको थियो । कुवेतको अब्बासियास्थित टुरिस्टिक पार्कमा आयोजना गरिएको यस कार्यक्रमको मूल उद्देश्य, आगामी १५ अक्टुवर २००९ उप्रान्त संचालन हुन गईरहेको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टलाई सफलताको साथ सम्पन्न पार्नको निमित्त बिभिन्न देशका खेलाडिहरु, अविभावकहरु र संचालक समितिबिच भाईचाराको सम्बन्धलाई सुदृढ पार्ने मनशायले गरिएको थियो ।
कुवेतस्थित बिभिन्न राष्ट्रका लगभग १५०० नागरिकहरुको उल्लेखनिय उपस्थिती रहेको यस ब्रिहत कार्यक्रममा नेपाली खेलाडिहरु र अविभावकहरु खेलाडिकै ड्रेस-अपमा नेपालको झन्डा फहराउँदै प्रवेश गर्दा तमाम उपस्थितहरुले ताली बजाई स्वागत गरेका थिए । तर ६/७ फिट अग्ला, मोटा, काला र गोराहरुको बिचमा साढे ५ फुटका नेपालीहरु प्रवेश हुँदाको क्षण अझ आकर्षित र रोमान्चित देखिएको थियो ।
यसैगरी नेपाली चर्च कुवेतको तर्फबाट पनि नेपाली साँस्कृतिक समुहको साथमा उपस्थिती रहेको थियो भनें नेपाली चर्च कुवेतका पास्टर श्री आगम बहादुर लिम्बुले नेपालीहरुको तर्फबाट मन्तव्य दिनु भएको थियो । साथै चर्चकै अन्य साँस्कृतिक समुहले बिभिन्न किसिमका नेपाली वाध्य-वादनका साथ नेपाली गीत प्रस्तुत गरी सारा उपस्थित वर्गको मन जितेका थिए । साँस्कृतिक समुहको यस प्रस्तुतिले नेपाली पन र नेपाली सँकृतिलाई बिदेशमा गएर पनि मेटिन नदिने आभाष दिलाएको थियो ।














































Appreciate Shiva Jee, for your home town news.
BEST OF LUCK OUR DEAR NEPALI TEAM. ITS A GOOD OPPOURTUNITY TO MAKE FREINDSHIP WITH FOREIGN PEOPLES. GOOD JOB SHIVA JEE AND ALL TEAM OH THIS WEBSITE
JHAMAK KAVRELI