Monthly Archives: October 2009

चीन, भारत तनाव र हाम्रो स्थिति

दीपक गजुरेल
deepakgajurel@gmail.com

चीन र भारत बीच आरोप प्रत्यारोप जारी छ । कूटनीतिक स्तरमा ‘सम्बन्ध बिस्तार गर्ने’ प्रयाश गर्ने बिचार दुबै पक्षले हालै थाइल्याण्डको राजधानी ब्याङ्ककमा व्यक्त गरे । चीनका प्रधानमंत्री वेन जियावाओ र भारतका प्रधानमंत्री मनमोहन सिंहबीच आशियानको बैठकका क्रममा भेटवार्ता भयो । आर्थिक, प्राविधिक आदि क्षेत्रमा सम्बन्ध बढाउने कुरा भएको बताइए पनि आपसी द्वन्द्वमा अल्झिएका यी दुई एशियाली मुलुकका नेताहरुले विवाद र तनावका बारेमा कुरा गरेनन् । Continue reading

नेपाल-भारतबीच ९८ प्रतिशत सीमांकन सही छ : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १३, प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल-भारत सीमाको ९८ प्रतिशत भूभाग संयुक्त अनुगमन समितिले सीमांकन गरिसकेको बताएका छन्। नेपालभित्रका राजनीतिक दलहरूबीच समझदारी नबनेका कारणले सुस्ता र कालापानी क्षेत्रको २ प्रतिशतमात्र बाँकी रहे पनि हस्ताक्षर हुन नसकेको बताएका छन्। Continue reading

फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको पहिलो चरणको समुह “C” को खेल सम्पन्न

जय आले (कुवेत)

कुवेतको सार्क फूटवल मैदानमा ३० अक्टुवर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको पहिलो चरणको समुह “C” को खेलमा इथोपियाको बिरुद्द इण्डिया र थाइल्याण्डको बिरुद्द इजिप्टले खेलेका थिए । जसमा इथोपियाको बिरुद्द इण्डियाले ३ गोल गरेको छ भनें थाइल्याण्ड र इजिप्टको खेल कडा प्रतिश्पर्धाको बावजुत कसैले कसैको बिरुद्द गोल गर्न नसकी खेल बराबरीमा टुङ्गिएको छ । Continue reading

मोडल पूजा लामाको पनि सेक्स भिडियो बजारमा

tbb_10549_Poojalamaनायिका नम्रता श्रेष्ठको सेक्स भिडियोको चर्चा सेलाउँदै गर्दा अर्की चर्चित मोडल तथा नायिका पूजा लामाको सेक्स टेप बजारमा आइपुगेको दाबी पत्रकार विदुर गिरीले गरेका छन् । नेपाल समाचारपत्रमा प्रकाशित आजको समाचारमा लेखिएको छ- उनको सेक्स भिडियो बजारमा आएको हल्ला केही अघिदेखि भए पनि बुधबारबाट व्यापक रुपमा साटासाट भएको छ । Continue reading

माओवादी पूर्व राजा ज्ञानेन्द्रको हालतमा पुग्ने : देउवा

३०अक्टोबर, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत माओवादीको व्यवहारले उनीहरुलाई नै हानी पुर्‍याउने बताउनुभएको छ । प्रेस यूनियन, कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस नेता देउवाले माओवादीले बजेट पास हुन नदिएर मुलुकमा आर्थिक संकट निम्त्याउन खोजेको बताउनुभयो । Continue reading

हाम्रो आन्दोलन दबाउने तागत कसैको छैनः दाहाल

कात्तिक १३, माग पूरा गर्न आफूहरुले दिएको अल्टिमेटम नजिकिँदै जाँदा पनि सहमतिको संभावना क्षीण हुँदै गएपछि आन्दोलन चर्काउन एकीकृत माओवादी लागिपरेको छ । अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन दबाउने तागत कसैको नभएको बताएका छन् । दाहालले शुक्रबार कोटेश्वरस्थित पार्टी कार्यालयमा तामसालिङ र नेवाः राज्य समितिका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन् । Continue reading

निर्धारित समयमा संविधान बनाउन दबाब दिंदै तीनसय किलोको केक बनाई खुवाइयो

phpThumb४० घण्टा लगाएर बनाइएको तीन सय किलोको सो केकको लम्बाई २४ फीट र केकको मूल्य ९१ हजार रुयैयाँ लाग्ने डेरी संचालक धर्मराज पन्थीले बताए । तोकिएकै मितिमा संविधान निर्माण गर्न प्रमुख तीन दलहरु मिल्नुपर्छ भन्ने सन्देश दिन केक तयार गरिएको पन्थीले जानकारी दिए । दुई हजार एक सय अण्डा, ४० किलो मैदा र ४० किलो चिनी प्रयोग गरिएको सो केक निर्माणमा डेरीमा कार्यरत् चारजना कर्मचारी दुईदिन अघिदेखि खटिएका थिए । Continue reading

हेर्दाहेर्दै बालुवाले पुरिए उनीहरु

Doc1

कात्तिक १२- दुवाकोट भक्तपुरकी गंगा बास्तोलाले एकैछिनअघि भलाकुसारी भएकालाई बालुवाखानीको खाल्टोबाट मृत झिकेको देख्नुपर्‍यो। नजिकैको खेतमा काम गरिररहेकी उनी त्यो दुखद घटनाकी प्रत्यक्षदर्शी भइन् । केहीबेरअघि मात्रै उनीहरूले मलाई के छ दिदी भनेका थिए, देख्दादेख्दै बालुवाको थुप्रो खस्न थाल्यो । कोही चिच्याउँदै भाग्न थाले, कोही पुरिए। बास्तोलाले आत्तिएर कराउन थालेपछि क्रमशः वरपरका मानिस जम्मा भएका थिए । Continue reading

श्रीलङ्काली राष्ट्रपति ७० जनाको टोलिसहित आज नेपाल आउँदै

tbb_10513_Shrilankapresidentकात्तिक १२, श्रीलङ्काली राष्ट्रपति महेन्दा राजपाक्षे ३ दिने भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन् । धार्मिक भ्रमणका लागि नेपाल आउने भएका उनी दिउसो १:३० वजे राजधानी आईपुग्ने बताएका छन् । यसअघि गत फागुनमा भएको भ्रमणका क्रममा लुम्विनी जाननपाइ भ्रमण छोट्याएर स्वादेश फर्किएका राजपाक्षे अहिले विशेषगरी लुम्विनी भ्रमणकै लागि भ्रमणमा आएका हुन् । Continue reading

फ्री नेपाल डट कममा श्रम शोषण भएको दावी

बिगत १० वर्ष देखी रुसबाट संचालित फ्री नेपाल डट कमको नेपालस्थित कार्यालयका कर्मचारीहरुले साढे २ वर्षदेखी पारिश्रमिक नपाएको भन्दै सामूहिक राजीनामा दिएका छन । उनिहरुले राजीनामा दिंदै एक वक्तव्य पनि जारी गरेका छन, उनिहरुले वक्तव्यमा भनेका छन हामीहरुले फ्री नेपाल डट कमलाई छाडेका हौं तपाईं पाठकहरुलाई होइन, खाइनपाई बिगतमा गरेको सेवालाई ह्रदयदेखी नै सहयोग गर्दै आउनु भएका र सद्भाव व्यक्त गर्नुहुने सबैमा आगामी दिनहरुमा पनि पूर्ण सहयोगको अपेक्षा गरेको उल्लेख गरेका छन, जसलाई हामीले तल राखेका छौं । Continue reading

साउदी अरबमा नेपाली-नेपाली बिच छुरा हानाहान एकको मृत्यु, चारजना हिरासतमा

मोहन बानियाँ (युवाबहस डट कम, साउदी अरब)

साउदी अरबको रियाद स्थित पुरानो रियादको बाटॊमा पर्ने अल सुलईमान मजराहा कृषीमा तिहार मनाउने क्रममा नेपाली-नेपाली बिच टि.भि. च्यानलको बारेमा झगडा हुँदा एकको मृत्यु भएको छ भनें चार जना साउदी अरबको जेलमा परेका छन । बिगत ५/६ महिनादेखी काम गर्दै आएका डिल ब. श्रेष्ठ- तनहुँ, राम ब. तामाङ्ग- सिन्धुपालचोक, सन्तोष कुमार जमर कटेल- बैरबन्द मोरङ्ग खीपुरी, चित्र बहादुर- चितवन रहेका छन् ५ जना एकै साथ काम गर्दै आएका थिए । Continue reading

शान्ति सम्झौतामा पुनरावलोकन हुनै नसक्ने महराको भनाई, माओवादीको नेतृत्वमा संयुक्त सरकार गठन हुनुको विकल्प नरहेको स्पष्टोक्ति

एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख एवं पूर्व सूचना एवं साचारमन्त्री कृष्णबहादुर महराले अनमिनको उपस्थितिमा सरकार र माओवादीबीच भएको वृहत् शान्ति सम्झौतामा मा कुनै पनि हालतमा पुनरावलोकन हुन नसक्ने स्पष्टोक्ति दिनुभएको छ । Continue reading

सशस्त्र युद्धको अन्तिम तयारीः मातृका यादव

नेकपा माओबादीका संयोजक मातृका यादवले सशस्त्र युद्धको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । बाँकेको खजुरामा आयोजित कार्यकर्ता प्रशिक्षणपछि आज दिउसो सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीप्रति सरकारले लिने रणनितिमा आन्दोलन अघि बढ्ने उहाँले बताउनुभयो । Continue reading

नेपालमै सोलार कार

solar_carकात्तिक ११, बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन् । उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग । उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन् । उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो । ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले ‘कुशल सोलार कार, सेभ द वर्ल्ड’ लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा सवै अचम्मित भए । Continue reading

पञ्चायतले दियो मृत्युदण्ड !

mritudanda_542941949कपिलवस्तु चम्डीका दलित युवा घानश्याम कुवारालाई कथित पञ्चायतले चोरीको आरोपमा कब्जामा लियो, अनुसन्धान गर्‍यो, मृत्युदण्डको फैसला सुनायो र ढुंगा र दाउराले कुटीकुटी मार्‍यो, उजुरी परेपछि सारा पञ्च फरार छन् ।

कपिलवस्तु, ९ कात्तिक, ढुंगेयुगको बर्बर इतिहास बिर्साउँदै कपिलवस्तुको कथित पञ्चायतले स्थानीय एक युवालाई मृत्युदण्ड दिएको छ । चोरीको आरोपमा युवालाई समात्ने, आफैं अनुसन्धान गर्ने, मृत्युदण्डको फैसला सुनाउने र मृत्युदण्डसमेत दिने कथित पञ्चहरूको बर्बर शासनले युवाको ज्यान गएको छ । Continue reading