फूटवल सम्वन्धी जानकारी !!

कुवेत नगरीमा पेशारत समस्त आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

कुवेत-अफ्रिकन इन्टरनेशनल फिलोशिपको आयोजनामा, आगामी १५ अक्टोबर २००९ उप्रान्त १६ बिदेशी राष्ट्रहरुको बिच संचालन हुन गईरहेको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा नेपाली टिमले सहभागिता जनाउँने निश्चितप्राय भएको जानकारी गराउन चाहन्छौं । र, नेपालको तर्फबाट नेपाली टिमको प्रतिनिधित्व गर्दै टुर्नामेण्टमा सहभागिता जनाई दिन कुवेतस्थित कुनै पनि नेपाली सँघ-संस्थाहरुबाट सकृयता अर्थात अग्रसरता नदेखिएकोले नेपाल र नेपालीको गौरवलाई ध्यानमा राखी यसपटक पनि नेपाली टिमको प्रतिनिधित्व माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले नै गर्नु परेको समेत जानकारी गराउँदछौं ।

यसै शिलशिलामा उक्त टुर्नामेण्टको पूर्व तयारीको लागि भोली २५ सेप्टेम्बर २००९, दिनको २ बजेदेखी सार्क कुवेतको फूटवल ग्राउण्डमा नेपाल र बंगलादेश बिच फ्रेण्डशिप म्याच हुन गई रहेकोले यस अवसरमा तपाईंहरुको उपस्थिती रही नेपाली खेलाडिहरुको कमी-कमजोरी र सुधारेर लैजानु पर्ने कुराहरु औल्याइदिनु हुन यस क्लव हार्दिक अनुरोध गर्दछ ।

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ – कुवेत

3 Responses to फूटवल सम्वन्धी जानकारी !!

  1. Manoj kafle

    Khusi lagyo janakaari padera .. sacho ho nepal ra nepali ko gauravta ko kura ho yo ani kuwait nepali haruko hausalaako kurapani ho

    thaks

  2. manoj kafle

    khusi lagyo padera subhakaamana chha

  3. thanks mount everest

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s