टर्कीका सुल्तान कोसेन विश्वका सबैभन्दा अग्ला

sultan_727351825गिनिस बुक अफ बुक रकर्डस्ले विश्वको सबैभन्दा अग्ला पुरुषको नाम सार्वजनिक गरेको छ । टर्कीका आठ फिट एक इन्च अग्ला सुल्तान कोसेन विश्वको सबैभन्दा अग्ला पुरुष घोषित भएका छन् । कोसेनले विश्वको सबैभन्दा अग्लो पुरुषको रेकर्डसहित विश्वको सबैभन्दा ठूला हात र खुट्टा भएको पुरुषको रकर्डस् पनि राखेका छन् । उनको हात २७.५ सेन्टिमिटर लामा छन् भने खुट्टा ३६.५ सेन्टिमिटर लामो छ । गिनिज बुक अफ वल्र्ड रकर्डस्को २०१० को संस्करण सार्वजनिक गर्ने कार्यक्रमका अवसरमा कोसेन आफूले पाएको प्रसिद्धिले प्रेमिका पाउन सजिलो बनाउने आशा गरेका छन् ।

म आफू अटाउने कार चाहन्छु । त्योभन्दा बढी म बिहे गर्न चाहन्छु, कोसेन भन्छन् । यसअघिसम्म आफूलाई प्रेमिका पाउन असाध्यै गार्‍हो भएको उनी सुनाउँछन् । अधिकांश केटीहरू मेरो उचाइदेखि डराउने गरेको उनी सुनाउँछन् । अब त म प्रसिद्ध भएको छु । सायद मैले धेरै केटीहरू भेट्छु होला । म बिहे गर्न चाहन्छु, उनी भन्छन् । अग्लो हुनुको समस्या धेरै भएको उनको अनुभव छ । आफूलाई ठीक हुने कपडा पाइँदैन । कोसेनको खाट पनि तीन मिटर लामो छ । म कारमा अटाउँदिनँ, सामान्य मानिसजस्तो सपिङ जान सक्दिनँ, मेरा लागि कपडा पनि विशेष किसिमले सिलाउनुपर्छ, उनी भन्छन् ।

सिलिङ होचो भएकाले धेरै समस्या झेल्ने गरेका छन् कोसेनले । धेरै उचाइ हुनुका केही फाइदा भएको सुनाउँछन् उनी । टाढैबाट मानिसलाई देख्न सक्छन् रे उनी । घरमा पर्दा फेर्नुपरे, बल्ब परिवर्तन गर्नुपरे उनी नै अगाडि सर्नुपर्छ ।

One Response to टर्कीका सुल्तान कोसेन विश्वका सबैभन्दा अग्ला

  1. Kedar Nath Kharel

    Jay dai yo news ati ramro chha. hajur lai dhanyabad.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s