चार राजदूत सिफारिस, सबै परराष्ट्र सेवाबाट

काठमाडौं, सरकारले ब्राजिल, दक्षिण अफ्रिका र कुवेतका लागि क्रमशः प्रधुम्नविक्रम शाह, अरुणप्रसाद धिताल र मधुवन पौडेललाई राजदूत सिफारिस गरेको छ। त्यस्तै सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा ज्ञानचन्द्र आचार्यलाई सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका राजदूतहरू सबै परराष्ट्र सेवाका हुन्। शाह र धिताल परराष्ट्र मन्त्रालयका वहालवाला सहसचिव हुनुहुन्छ भने पौडेल गत जेठमा राष्ट्रसंघ स्थायी उपप्रमुखबाट अवकाश पाएका मन्त्रालयका पूर्वसहसचिव हुनुहुन्छ।

राष्ट्रसंघ स्थायी प्रतिनिधिमा सिफारिस गरिएका आचार्य मन्त्रालयका वहालवाला सचिव हुनुहुन्छ। उहाँहरूको संसदीय सुनुवाइ पूरा भएपछि मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फ एग्रिमो स्वीकृतिका लागि सम्बन्धित देशमा नाम पठाउनेछ। सरकारले यसपटक पनि दूतावास स्थापना गर्ने स्वीकृति नपाएका मुलुकहरू दक्षिण अफ्रिका र कुवेतका लागि राजदूतहरू सिफारिस गरेको छ। तर ब्राजिलले भने दूतावास खोल्नका लागि गतहप्ता नै स्वीकृति दिइसकेको छ।

यसअघि क्यानडासँग दूतावास खोल्ने स्वीकृति नै नलिईकन पूर्वमुख्यसचिव भोजराज घिमिरेलाई राजदूत सिफारिस गरिएको भन्दै संसदीय सुनुवाइ विशेष समितिले घिमिरेको सुनुवाइ झन्डै एक महिना रोकेको थियो। यद्यपि एक महिनापछि दूतावास खोल्न स्वीकृति आएको र कर्मचारी दरबन्दी पूरा भएको भन्ने परराष्ट्रले जानकारी गराएपछि समितिले उहाँको सुनुवाइ गरी राजदूतका लागि अनुमोदन गरी परराष्ट्रलाई जानकारी गराएको थियो।

मन्त्रालयका प्रवक्ता एवम् सचिव डा. मदनकुमार भट्टराईले दक्षिण अफ्रिका, ब्राजिल र कुवेतका लागि कर्मचारी दरबन्दी र बजेट सामान्य प्रशासन र अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको जानकारी दिनुभयो।

-नेपाल समाचारपत्र-

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s