Posted on 30/09/2009 by शिव पौडेल
कञ्चनपुर कारागारबाट सोमबार साँझ भागेका १३ जना कैदीले प्रहरीको थ्रीनटथ्री राइफल लुटेको खुलासा भएको छ । कैदीहरूले सेन्ट्री बसेका प्रहरीको एक थान थ्रीनटथ्री राइफल लुटेर लगेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले तीन जनाबाहेक अन्य १० जना कैदीलाई अझसम्म फेला पार्न सकेको छैन ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 30/09/2009 by जय आले
१४-असोज धरान । क्रिस्चियन धर्मावलम्बीहरुको धरानमा भइरहेको धार्मिक महासम्मेलनमा क्रममा बास बसेको घर भत्कँदा गए राति २५ जनाको मृत्यु भएको छ । धरान– १९ स्थित महासम्मेलन सम्पन्न गर्न बनाइएको घरको छतले किचिएर अरू ६१ जना गम्भीर घाइते भएका छन् । अधिक मानिस सहभागी रहेको महासम्मेलनस्थलमा बनाइएको भवनको छतले किचिएर झापा वेलडाँगी शिविरकी ८२ वर्षीया दिलमाया [...]
Filed under: समाचार-१ | 4 Comments »
Posted on 30/09/2009 by शिव पौडेल
कृष्ण प्रसाद रेग्मी / बिकाल अधिकारी (बेल्जियम) नेपाली जनसम्परक समिति वेल्जियमको आयोजनामा वेल्जियमको अन्त्रोपेन शहरमा विजया दशमीको अधिल्लो दिन महानवमीमा वेल्जियममा रहेका नेपाली संघ सस्थाहरुहरु विच आपसी भाइचारा अभिवृद्धि तथा शु्भकामना आदान प्रदान तथा विशेष जलपान समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 30/09/2009 by जय आले
बेद प्रसाद खरेल / अमेरिका न्यूयोर्क, अमेरिका नेपाली काग्रेसकी केन्द्रीय सदस्य एंव परराष्ट्र मन्त्री सुजाता कोइरालाले, न्यूयोर्कमा सेप्टेम्बर २७ आईतबार आयोजित एक कार्यक्रममा बोल्दै नेपाली काग्रेसका दुई पार्टी मिले पनि मन मिलेको अवस्था छैन भन्दै देशमा प्रजातन्त्रलाई सस्थागत गर्न, नेपाली काग्रेसका कार्यकर्ताहरु विच आपसी मदभेद त्यागेर एकता हुनुपर्ने जरुरी रहेको कुरा बताउनु भएको छ ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 29/09/2009 by जय आले
जय आले / चन्द्र तामाङ्ग (कुवेत) संसारको बिभिन्न भु-भागमा छरपष्ट रहनु भएका सम्माननीय देशवासी तथा कुवेत नगरीमा पेशारत समस्त हाम्रा पाठक बृन्दहरु; सर्वप्रथम त आम नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा कुवेतनेपाल डट कमको तर्फबाट सुस्वास्थ्य, दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Filed under: समाचार-१ | 37 Comments »
Posted on 28/09/2009 by जय आले
असोज १२- नेपालीको महान चाड बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । आज नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ ।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 28/09/2009 by जय आले
बिहानीको उज्यालोलाई पर्खदै अन्धेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, शाहसको बाटो परिवर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जतिनै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, बिजया दशमी २०६६ सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, [...]
Filed under: समाचार-१ | 2 Comments »
Posted on 27/09/2009 by जय आले
प्रधानमन्त्रीको सम्बोधनको पूर्ण विवरण, श्री सभापतिज्यू श्री महासचिवज्यू महामहिमहरु प्रतिष्ठित प्रतिनिधिमण्डलका सदस्यहरु १. सभापतिज्यू सर्वप्रथम महासभाको चालु बैठकको गरिमामय सभापति पदमा निर्वाचित हुनुभएकोमा म यहाँलाई हार्दिक वधाई ज्ञापन गर्न चाहन्छु । उपसभापतिहरुमध्ये एक भएका नाताले म यहाँको उत्तरदायित्व वहनमा मेरो प्रतिनिधिमण्डलको पूर्ण सहयोग रहने कुरामा विश्वास दिलाउन चाहन्छु । त्यसैगरी महासभाको ६३औं बैठकलाई उदाहरणीय नेतृत्व [...]
Filed under: समाचार-१ | 3 Comments »
Posted on 27/09/2009 by जय आले
सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दुःख भाग्भवेत्॥ आयु द्रोण सुते श्रीयं दशरथे सत्रुस्च याम…राघवे, ऐश्वोर्य नहुशे गतिस्च पवाने मनंच दुर्योधने, दानवा सुर्य सुते बलम हलधरे सत्यम्च कुन्ती सुते बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे ! यहाँ र यहाँको संपूर्ण परिवारका सदस्यहरु सबैलाई बिजया दशमी र दिपाबलीको शुभ-कामना ! सुख, [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 27/09/2009 by शिव पौडेल
रामकुमार श्रेष्ठ / केण्ट बेलायत omram2002@gmail.com “तपाईंको देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर गएको छ रे नि, थाहा पाउनु भयो ?” – आज बिहान नेपालको बिषयमा धेरै अभिरुचि राख्ने एक जना बेलायती मित्रले जिज्ञाशा राखे मसंग ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 27/09/2009 by जय आले
दीपक गजुरेल उपप्राध्यापक / त्रिभूवन विश्वविद्यालय (राजनीति शास्त्र) सर्वहारा वर्गको अधिनायकवाद स्थापना गर्ने लक्ष्य राखेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीले भारत सरकारलाई चिन्तित तुल्याएको छ । माओवादीको गतिविधि क्रमैसंग बिस्तार हुँदैगएको कुरा भारतका प्रधानमंत्री मनमोहन सिंह स्वयम्ले स्वीकारेका छन् । मूलरुपमा ग्रमीण क्षेत्रमा सरकारी निकाय समेतलाई प्रभावहीन बनाउँदै लगेको माओवादीलाई भारत सरकारले नियन्त्रण गर्न नसकेको वास्तविकता [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 26/09/2009 by जय आले
बिजया दशमी अनि शुभ-दिपावली २०६६ को पाबन आबसरमा स्वदेश अनि बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा सुख-शान्ति र उतरोतर प्रगतिको कामना गर्दै तपाई अनि तपाईका सम्पुर्ण परिवार, आफन्तजन अनि साथि-भाई सबैमा माता दुर्गे भाबानी अनि माता लक्ष्मी ले रक्षा गरुन ! आउदा दिनहरु सुखमय होउन भन्दैं जो, जहाँ र जसरि रहनु भएको भए पनि खुसीका साथ [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 26/09/2009 by जय आले
नयाँ दिल्ली (एजेन्सी)- भारतीय अन्तरिक्ष यान चन्द्रयानले चन्द्रमामा पानी रहेको तथ्य पत्ता लगाएको छ । चन्द्रयानले लगेको अमेरिकी उपकरणले चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटेको हो । यो पानी तरल अवस्थामा नभएर धुलो र चट्टानमा टुक्रामा रहेको छ त्यसको परिणाम निकै कम भएको बताइएको छ । चन्द्रमाको सतह मरुभूमी भन्दा पनि बढी सुख्या छ तर [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 26/09/2009 by जय आले
पिङबाट खसेर युवतीको मृत्यु पोखरा – लिङ्गे पिङ खेल्ने क्रममा पिङबाट खसेर कास्कीको लेखनाथ नगरपालिका वडा न. १२ खुदी बस्ने १८ वर्षिया कमला गुरुङको शुक्रवार मृत्यु भएको छ । प्रहरीका अनुसार दशैंको खुशीयालिमा रमाउँदै पिङ खेल्ने क्रममा खसेर गम्भीर घाइते भएकी गुरुङको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 26/09/2009 by कुवेतनेपाल डट कम
बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा समस्त हाम्रा पाठक वर्गहरु लगायत सम्पूर्ण प्रवासी नेपालीहरुलाई हार्दिक मंगलमय एवं उत्तरोत्तर प्रगतीको शुभकामना टक्र्याउन चाहन्छौं । (कुवेतनेपाल डट कम)
Filed under: समाचार-१ | 1 Comment »
Posted on 24/09/2009 by जय आले
कुवेत नगरीमा पेशारत समस्त आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु; कुवेत-अफ्रिकन इन्टरनेशनल फिलोशिपको आयोजनामा, आगामी १५ अक्टोबर २००९ उप्रान्त १६ बिदेशी राष्ट्रहरुको बिच संचालन हुन गईरहेको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा नेपाली टिमले सहभागिता जनाउँने निश्चितप्राय भएको जानकारी गराउन चाहन्छौं । र, नेपालको तर्फबाट नेपाली टिमको प्रतिनिधित्व गर्दै टुर्नामेण्टमा [...]
Filed under: समाचार-१ | 3 Comments »
Posted on 23/09/2009 by जय आले
दाङमा ३० जना एचआइभी संक्रमितहरुको मृत्यु भइसकेको एक तथ्याङ्कले देखाएको छ। एचआइभी तथा एड्स रोगीहरुको क्षेत्रमा कार्यरत एक संस्थाले यहाँ सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा उक्त रोगबाट ३० को मृत्यु भएको थाहा भएको हो । मृत्यु हुनेमध्ये १ जना नाबालक पनि रहेका छन् ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 23/09/2009 by चन्द्र तामाङ्ग
काठमाडौ – अमेरिकीले नेपाललाई आगामी पाँच वर्षको लागि झण्डै १५ अर्व ७३ करोड ४० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । अमेरिकी विकास नियोग (यूएसएआइडी) मार्फत प्रदान गरिने यो रकम नेपालमा शान्ति स्थापना, प्रजातन्त्र तथा सुशासनको सबलीकरण, सुदृढ स्वास्थ्य सेवा, आर्थिक विकास र शिक्षामा सहयोग र मानवीय संकटको बेलामा प्रयोग गरिने जनाइएको छ ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 22/09/2009 by जय आले
६-असोज, काठमाडौ । तेस्रो मुलुकमा बसोवास गरिरहेका गैरआवासीय नेपालीको तीनदिने चौथो विश्व सम्मेलन आगामी असोज २७ गतेदेखि काठमाडौँमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Filed under: समाचार-१ | 1 Comment »
Posted on 20/09/2009 by जय आले
४ असोज, काठमाडौं । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले पत्रकार ऋषि धमला, रामशुभक महतो र वीरेन्द्र के. एमको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । हातहतियार तथा खरखजाना मुद्धामा परेका पत्रकार धमला आजै राती हुने प्रधानमन्त्री माधवकुमार नेपालको अमेरिका भ्रमण टोलीमा सहभागी हुनुहुनेछ ।
Filed under: समाचार | 1 Comment »